काठमाण्डौ- दाङमा बस दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका छन। पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको लमही नगरपालिका–१ कौडियामा डडेल्धुराबाट काठमाडौँतर्फ आउँदै गरेको ना ८ ख ७४५५ नम्बरको बस पुलबाट खोलामा खस्दा दुर्घटना भएको हो ।
आज बिहान करिब ३ बजे बस दुर्घटनामा परेको वडा प्रहरी कार्यालय लमहीले बताएको हो । दुर्घटनामा २२ जना यात्रु घाइते भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।
घाइतेलाई उद्धार गरी लमही अस्पताल पठाएको छ । घाइतेहरूको अहिले लमही अस्पतालमा उपचार भइरहेको छ । २२ जना घाइतेलाई उपारका लागि लमही अस्पताल लगिएको छ । जसमध्ये दुई जनालाई थप उपचारका लागि बाहिर पठाउनुपर्ने हुनसक्ने प्रहरी निरीक्षक पाण्डेले जानकारी दिनुभयो । बस दुर्घटनाका कारण के हो भनेर अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।
बसमा ३८ जना सवार रहेको थिए । प्रहरीका अनुसार पट्टा भाँचिएर बस दुर्घटना भएको प्रारम्भिक बयानका क्रममा बस चालकले बयान दिएका छन् ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com