तिर्थ नेपाली-
भक्तपुर -नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले निर्वाचन नलड्ने घोषणा गरेपछि डडेलधुरास्थित उनको निर्वाचन क्षेत्रबाट कांग्रेस नेता नैनसिंह महर प्रतिनिधि सभा सदस्य निर्वाचनमा होमिएका छन्।
आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कांग्रेस सभापति गगन थापाले डडेलधुराबाट नैनसिंह महरलाई उम्मेदवारको टिकट दिएका हुन्। महर नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्यसमेत हुन्।महरले शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनले लेखेका छन्,
“कांग्रेस हाम्रो विगत मात्र होइन, हाम्रो चेतना र संस्कार हो।समय बदलियो, अनुहार बदलिए,तर विश्वास कहिल्यै बदलिएन।
त्यही भरोसाको निरन्तरता— डडेलधुराबाट नैन सिंह महर।”
देउवाले निर्वाचन नलड्ने निर्णय गरेपछि कांग्रेसभित्र नयाँ नेतृत्व अघि सार्ने तयारीस्वरूप महरलाई उम्मेदवार बनाइएको पार्टी स्रोतले जनाएको छ। डडेलधुरामा कांग्रेसको परम्परागत प्रभाव रहेकाले यो निर्वाचनलाई चासोका साथ हेरिएको छ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com