नेपाली काँग्रेसका सभापति गगन थापाले आफूले सधैँ सजिलो बाटो छाडेर अफ्ठ्यारो बाटो रोज्ने गरेको बताउनुभएको छ । आज काठमाडौमा आयोजित कार्यक्रममा उहाँले पार्टी र निर्वाचन दुवैैतिर अफ्ठ्यारो बाटो रोजेको बताउनु भयो । थापाले पार्टीभित्र सजिलो बाटो छोडेर अफ्ठ्यारो बाटो रोज्दा पार्टीबाट पाँच वर्षका लागि निष्कासनमा परेको बताए । विशेष महाधिवेशनमा पार्टीको कार्यकर्ताले दिएको साथले नै आफू पार्टीभित्रै रहन सफल भएको उहाँको तर्क छ ।
उहाँकाअनुसार विशेष महाधिवेशनमा समर्थन नपाएको भए आज आफू निष्कासित सदस्यका रूपमा जनतामाझ उभिनुपर्ने अवस्था आउने थियो । उहाँले आगामी निर्वाचनमा पनि काठमाडौंको क्षेत्र नम्बर ४ आफ्नो लागी सहज भएपनि जानाजानी अफ्ठ्यारो बाटो रोजेको बताउनु भयो ।
काठमाडौँ वा सर्लाहीबाट उम्मेदवार बन्ने विषयमा चर्चा भइरहँदा अन्य दलहरूले काठमाडौंमा उम्मेदवार समेत नछानेको उल्लेख गर्नुहुँदै उहाँले काठमाडौँ आफ्नो लागि धेरै सहज निर्वाचन क्षेत्र भएको टिप्पणी गर्नुभयो ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com