भक्तपुर-पश्चिम नेपालमा मौसम बदली भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार राति कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।यसैबीच सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डडेल्धुरामा हिमपात सुरु भएको छ। स्थानीय नागरिकले सामाजिक सञ्जालमार्फत जानकारी गराएअनुसार शुक्रबार साँझ करिब ९ बजेदेखि बागबजार, खलङ्गा, स्याले बजार र हगुल्टेको लेक लगायतका स्थानमा हिमपात भइरहेको छ।
महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मध्यम हिमपात र वर्षाको सम्भावना छ। बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानमा पनि हिमपात हुन सक्ने जनाएको छ। तीमध्ये एक–दुई स्थानमा चट्याङसहित असिना पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
पूर्वी नेपालमा कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ।
जनजीवन, पर्यटन तथा स्वास्थ्यमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। यद्यपि यस वर्षको हिउँदे वर्षा र हिमपातले उच्च हिमाली तथा पहाडी क्षेत्रमा राहत पुग्ने मौसमविद्को भनाइ छ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com