भक्तपुर- कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी उनेपाका १५ संस्थापक नेताहरूले हाल उक्त पार्टीमा नरहेको बताएका छन्।
डा.विशाल भण्डारी, निर्देश सिलवाल, डा.अभिषेकराज सिंह, सञ्जीव भट्टराईसहित १५ जनाले सामूहिक रूपमा पार्टीमा नरहेको बताएका हुन्।

‘हामी उज्यालो नेपालका सदस्यहरू उज्यालो नेपाल पार्टीबाट अलग भएको घोषणा गर्दछौं। हामी तत्काल विचार, मूल्य र नागरिक सरोकारका आधारमा क्रियाशील रहनेछौं। यसलाई कुनै दलप्रति समर्थन वा विरोधका रूपमा नभई नागरिक चेतना र साझा हितको अभ्यासका रूपमा बुझिदिन अनुरोध गर्दछौं,’ उनले भनेका छन्।
यसरी अलग भएको बताउने केन्द्रीय नेतामा सुजन श्रेष्ठ, कुशुम घिमिरे, डा घनश्याम पाण्डे, क्षितिज भण्डारी, डा सागर ढकाल, नेत्र कार्की, विशाल गैरे, सरला लामिछाने, मीनराज आचार्य, रजिया बानु, देवेन्द्र श्रेष्ठ पनि छन्।यसरी अलग हुनेमा केही विवेकशील साझा पृष्ठभूमि भएका पनि छन्। उनीहरूले सामूहिक रूपमा विज्ञप्ति जारी गरेर उक्त जानकारी दिएका हुन्।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com