सुनको भाउ घटदा, चाँदीको मुल्य बढ्यो ।

 Bipin Dhungana

भक्तपुर- आज सुनको भाउ तोलाको एक लाख ९० हजार छ सय रुपैयाँ पुगेको छ । सुनको भाउ आज तोलामा एक सय रुपैयाँले घटेको हो । आज सुनको भाउ तोलाको एक लाख ९० हजार छ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९३ हजार सात सय रुपौयाँ थियो । हिजोको तुलनामा आज चाँदीको भाउ भने बढेको छ । चाँदी आज तोलामा पाँच रुपैयाँले बढेर तोलाको दुई हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


नेपाल टेलिकमको बिलिङमा भ्रष्टाचार: प्रबन्ध निर्देशक सहित १८ जनाविरुद्ध मुद्दा ।

 Bipin Dhungana

भक्तपुर- नेपाल टेलिकमको बिलिङमा भ्रष्टाचार गरेको अभियोगमा प्रबन्ध निर्देशक संगीता पहाडी, पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेलसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पहाडी, पौडेलसहित १८ विरुद्ध आइतवार विशेष अदालतमा मुद्दा दायर गरेको हो। उनीहरूले नेपाल टेलिकमको बिलिङ प्रणाली मर्मत गर्न ठेक्का प्रणाली लम्ब्याएर भ्रष्टाचार गरेको आरोप अख्तियारले लगाएको छ। प्रतिवादी विरुद्ध ३३ करोड ४८ लाख रुपैयाँ बिगो मागदाबी गरेको छ। बिलिङ प्रकरणमा ९ करोड ८८ लाख रुपैयाँ हानि नोक्सानी गरेको देखिएकाले हानि नोक्सानी गरे बराबरको रकम असुल उपर गर्न समेत अख्तियारले मागदाबी गरेको छ। विशेष अदालतका

अर्थ, मुख्य समाचार, समाचार, समाज  संग सबंधीत छ |

नागढुङ्गा–नौबिसे सडक खण्ड कामले तिब्रता लिदै, पाँच दिन सडक बन्द ।

 Bipin Dhungana

भक्तपुर- सडक मर्मत तथा स्तरोन्नतिको काम भइरहेकोले भोलिदेखि थप पाँच दिन बन्द हुने भएको छ । गत जेठ १० गतेदेखि आजसम्म बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेको नागढुङ्गा–नौबिसे सडक खण्ड आज फेरि समय थप गरेर सडक बन्द गर्नुपरेको आयोजनाले जनाएको छ । नागढुङ्गा–नौबिसे सडक खण्ड बन्द हुने अवधिमा साना तथा मझौला गाडीहरूका लागि सीतापाइला–रामकोट–धार्के सडक र सामाखुशी–टोखा–छहरे–त्रिशूली –गल्छी सडक विकल्पका रूपमा प्रयोग गर्न सकिने सूचनामा उल्लेख छ ।


३ हजारले सस्तो भयो सुन- यस्तो आयो आइतबारको नयाँ भाउ ?

 Bipin Dhungana

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल एक लाख ९० हजार ७०० कायम भएको छभने सोही परिमाणको चाँदीको मूल्य दुई हजार १४५ निर्धारण भएको छ। शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा तीन हजारले घटेको छ। चाँदीको मोल पनि तोलामा ५ ले घटेको छ। अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य तीन हजार ३११ डलर कायम भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमरूले जनाएका छन्‌


“भक्तपुरमा गुञ्जिए गायक केकेका अमर गीतहरू: तेस्रो पुण्यतिथिमा भव्य सांगीतिक श्रद्धाञ्जली”

 Bipin Dhungana

भक्तपुर-भारतीय ईण्डियन फिल्म क्षेत्रका एक नामुद कलाकार गायक कृष्णकुमार कुन्नथ ‘केके’ को तेस्रो पुण्यतिथिको अवसरमा भक्तपुरमा आयोजना गरिएको सांगीतिक श्रद्धाञ्जली कार्यक्रम मन छुने बन्यो। केकेप्रति श्रद्धा अर्पण गर्न आयोजित कार्यक्रममा उनका सदाबहार गीतहरू गुञ्जिए, र उपस्थित हरेक दर्शक भावविह्वल भए। कार्यक्रम भक्तपुरको रमणीय कौसी रेष्ट्रोमा भव्यरूपमा सम्पन्न भएको छ । श्रद्धाञ्जली कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ साहित्यकर्मी सुबास चन्द्र ढुंगेल, विशिष्ट अतिथि भक्तपुर सांगीतिक समाजका अध्यक्ष अल्बर्ट बज्राचार्य, तथा आराधना सांगीतिक समूह र संगीतग्राम गुरुकुल नेपालका प्रतिनिधिहरू थिए। अतिथिहरूले केकेको तस्बिरमा पुष्प गुच्छा अर्पण गर्दै हृदयदेखि श्रद्धाञ्जली व्यक्त गरे। कार्यक्रमको विशेष

अन्तर्राष्ट्रिय, मनोरंजन, मुख्य समाचार, साहित्य  संग सबंधीत छ |

बकर ईद मनाइँदै, मुस्लिम धर्मावलम्बीहरु ।

 Bipin Dhungana

भक्तपुर -आज देशभरका बकर ईद (इदुल जोहा) अर्थात मस्जिदमा मनाइँदै छन् । इदुल फित्र र रमजान ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि समेत रहेको छ । आज बिहानै मुस्लिम धर्मावलम्बीहरुले स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्ने समेत गर्द छन् ।


बाजुराको बाम्का बजारमा भीषण आगलागी: एकैचोटि ४० भन्दा बढी पसल खरानी!

 Bipin Dhungana

भक्तपुर -बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा शुक्रबार दिउँसो एकाएक लागेको भीषण आगलागीले सम्पूर्ण बजार क्षेत्र ध्वस्त पारेको छ। आगलागीबाट ४० भन्दा बढी पसल पूर्ण रूपमा जलेर नष्ट भएका छन्।स्थानीय नवदुर्गा होटलमा रहेको ग्यास सिलिन्डर पड्किएर आगलागी सुरु भएको जिल्ला प्रहरी कार्यालय, बाजुराले जानकारी दिएको छ। प्रहरीका अनुसार आगो दिउँसो ३:५५ बजे लागेको हो। बुढीगंगा नगरपालिकामा दमकल उपलब्ध नभएकाले डोजर र पानीट्यांकरको सहायताले आगो नियन्त्रणको प्रयास भइरहेको छ।आगलागीस्थलमै रहेका मेयर रामबहादुर बानियाँ भन्छन्,”निकै ठूलो आगलागी भएको छ। कम्तीमा ४० वटा पसल पूर्ण रूपमा ध्वस्त छन्। मानवीय क्षति भने भएको

उज्यालो समाचार, मुख्य समाचार, शिक्षा, समाचार, समाज  संग सबंधीत छ |

फौजी कीराले मकैे नष्ट परेपछि ,रामेछापका किसान चिन्तित ।

 Bipin Dhungana

भक्तपुर-रामेछापमा फौजी कीराले मकैे नष्ट पार्न थालेपछि किसानहरु चिन्तित भएका छन् । मन्थली नगरापालिका, रामेछाप नगरपालिका, लिखु तामाकोशी, गोकुलगङ्गा, खाँडादेवी गाउँपालिकालगायत विभिन्न पालिकाका खेतबारीमा लगाइएको मकैमा फौजी कीराले दुःख दिने गरेको छ । शुरुमा पात खाने र विस्तारै मकैको गुबो नै खाइदिने गरेपछि मकैको गुबोबाट निस्कने धानचमरा र मकैको डाँठमा निस्कने बेला भएको सुत्ला पनि कीराका कारण निस्कन सकेको छैन् केही निस्किहाले भने पनि त्यो धानचमराले काम नगर्ने, घोगा नलाग्ने, पात ठुटै पारेर खानेजस्ता समस्या भएको छ । फौजी कीरा नियन्त्रण नगर्ने हो भने मकैबाली सखाप परिदिने अवस्था भएको मन्थली

उज्यालो समाचार, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

उज्यालो समाचार

४५ वर्ष पुरानो पुल भाँचिदा काभ्रे–भक्तपुर वैकल्पिक सडक ठप्प, राजधानी आवतजावत प्रभावित!

भक्तपुर फिस ‘टनेल एक्स्पोमा २० हजार भन्दा बढीले गरे अवलोकन – विध्यार्थीहरुलाई विशेष छुट ।

वीरगन्जको कृषि औजार कारखाना महावीर पुनको मात्र नभई हामी सबै नेपालीको हो : विद्यार्थी प्रनव अर्याल

अरनिको राजमार्गमा पर्ने साँगा–धुलिखेल सडकखण्डको काम ,बर्षाको कारण रोकियो ।

मलेशियालाई ९ विकेटले हराउँदै ,नेपाल ’यू–१६ इस्ट जोन कप’ को फाइनलमा ।