आँधीखोला संरक्षणका अभियन्ता कुटिएको घटनामा, एक जना पक्राउ, वडाध्यक्ष अझै फरार ।

 Bipin Dhungana

स्याङ्जामा आँधीखोला संरक्षण अभियन्तामाथि रड प्रहार गरी कुटपिट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी अदालतबाट म्याद लिएको छ।वडा प्रहरी कार्यालय वालिङले कुटपिट अरोप संलग्न रहेको आरोपमा वालिङ नगरपालिका– ८ का साजन पंगेनीलाई पक्राउ गरी बुधबार अदालतबाट ७ दिन म्याद लिएको हो। कुटपिटमा संलग्न वालिङ–१० का वडाध्यक्ष सुनिल खनाल भने अझै फरार रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डिएसपी प्रशन्नराज चौधरीले बताए।‘हामीले कुटपिटका घटनामा संलग्नको खोजीकार्य तीव्र पारेका छौं,’ उनले भने, ‘अहिलेसम्म भेटिएका छैनन्।’ मंगलबार वडाध्यक्ष खनाल र पंगेनीले आँधीखोला संरक्षण अभियन्ता मेघ आले र दिनकर नेपाललाई बाटो छेकेर

उज्यालो समाचार, मुख्य समाचार, राजनिती, समाचार, समाज, स्वास्थ्य  संग सबंधीत छ |

बालेनका विश्वासपात्र नगर प्रहरी प्रमुख पाण्डे लाई- निलम्बन नगर्न अदालतको आदेश ।

 Bipin Dhungana

भक्तपुर-काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन नगर्न उच्च अदालत, पाटनले अन्तरिम आदेश दिएको छ। पाण्डेलाई महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले निलम्बन गरेका थिए। निलम्बनविरुद्ध परेको निषेधाज्ञाको निवेदनमा उच्चका न्यायाधीशहरू ऋषि राजभण्डारी र डिल्लीरत्न श्रेष्ठको इजलासले निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो। राजुनाथ पाण्डे मेयर बालेन शाहनिकट हुन्। बालेनको आदेशमा आफूलाई कार्यालय प्रवेशमा रोक लगाएपछि प्रशासकीय अधिकृत गुरागाईंले उनलाई निलम्बन गरेका थिए। गुरागाई‌ंले उनलाई ६ महिनाका लागि निलम्बन गरी जाँचबुझ समिति गठन गर्ने निर्णय गरेका थिए। जाँचबुझको काम अघि बढाउन निलम्बन गर्नुपर्ने अवस्था नदेखिएको उच्च अदालतको आदेशमा उल्लेख

उज्यालो समाचार, मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज  संग सबंधीत छ |

“टिकटकबाट प्रधानमन्त्रीदेखि मेयरसम्मको आलोचना गर्ने बस्नेतलाई थप ३ दिन हिरासतमा राख्न अनुमति

 Bipin Dhungana

भक्तपुर-टिकटकर रमा बस्नेतलाई थप ३ दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ। बस्नेत सामाजिक सञ्जाल टिकटकमा नियोजित रूपमा जातीय तथा साम्प्रदायिक सद्भावमा खलल पुर्‍याउने, प्रतिष्ठित व्यक्ति र संस्थालाई लक्ष्ति गर्दै तथ्यहीन तथा भ्रामक सामग्री प्रकाशित–प्रसारित गरेको आरोपमा आइतबार पक्राउ परेकी थिइन्। खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–६ स्थायी ठेगाना भई हाल भक्तपुरमा बसोबास गदै आएकी ३१ वर्षकी बस्नेतलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको थियो ।उनीविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अनुसारको कसुरमा आइतबार नै जिल्ला अदालत काठमाडौँबाट पहिलोपटक तीन दिनको म्याद लिइएको थियो। बस्नेतले पछिल्लो पटक प्रधानमन्त्री केपी शर्मा

उज्यालो समाचार, मुख्य समाचार, समाज  संग सबंधीत छ |

कारागार चलानको दोस्रो दिनमै कैदीको रहस्यमय मृत्यु, प्रदर्शनपछि छानबिन समिति गठन ।

 Bipin Dhungana

भक्तपुर-कैलाली जिल्ला कारागारको थुनामा रहेका कैदीबन्दीको मृत्युबारे अनुसन्धानका लागि छानबिन समिति गठन गरिएको छ।कैलाली जिल्ला प्रशासन कार्यालयले सहायक प्रमुख जिल्ला अधिकारी (सीडीओ) किरण जोशीको अध्यक्षतामा बुधबार छानबिन समिति गठन गरेको हो। सोमबार डडेल्धुराको भागेश्वर गाउँपालिका वडा नम्बर ५ का २८ वर्षीय हरिश सिंह पालीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको थियो।उनी बैङ्किङ कसुरमा दोषी ठहर भई कारागारमा चलान भएका थिए। कारागार चलान भएकै दिन असार २ गते बिहान अचानक बिरामी परेपछि उपचारका लागि अस्पताल लगिएको थियो। तर, उपचारकै क्रममा उनको मृत्यु थियो। कारागार चलान भएको दोस्रो दिनमै मृत्यु

उज्यालो समाचार, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

त्रिभुवन विमानस्थलमा भारतीय महिला समातिइन्, शरीरभित्र लुकाएर ल्याउँदै थिइन् अर्धठोस सुन ।

 Bipin Dhungana

भक्तपुर-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलोभन्दा बढी सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा भारती नागरिक ५३ वर्षीया मीना सुर्जित सिंह खेमानी छिन् । उनलाई मंगलबार राति विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो । विमानस्थलको आगमन भन्सार एरियाको टनेलबाट १ किलो १५९ ग्राम सुनसहित उनलाई प्रहरीले पक्राउ गरेको हो । अर्धठोसको स्वरुपमा उक्त सुन ल्याइएको प्रहरीले बताएको छ । एयर अरेबियाको उडानमार्फत शारजाहबाट काठमाडौं आएकी उनलाई संका लागेर जाँच गर्दा सुन फेला परेको प्रहरीले बताएको छ । प्लाष्टिकले र्‍याप गरेका तीन वटा डल्ला अर्धठोस सुन उनीबाट बरामद भएको छ ।


खोला दोहनविरुद्ध बोल्दा हात भाँचिने अवस्था,रडले टुट्यो हेल्मेट वडाध्यक्षको दादागिरी ।

 Bipin Dhungana

यति खेर सामाजिक संजालमा व्यापत आईरहेको भिडियो  सामाग्री मा पिडित स्याङ्जाको आँधिखोला बचाउ अभियान चलाएका अभियन्तामािथ वालिङ– १० का वडाध्यक्ष सुनिल खनालले रड प्रहार गरेका छन्।आँधिखोला बचाउ अभियान चलाएका नदी संरक्षण अभियन्ता मेघ आले र वालिङका स्थानीय दिनकर नेपालमाथि वडाध्यक्ष खनालले रड प्रहार गरेका हुन्। अभियन्ता नेपालका अनुसार वडाध्यक्ष खनालले उनीहरुलाई यसअघि पनि धम्की दिएका थिए । ‘आँधिखोला दोहनविरूद्ध बोल्दै गर्दा वडाध्यक्षले हामीलाई धम्की दिएर निस्केका थिए, पछि बाटो छेकेर हामीलाई रड हाने,’ उनले भने, ‘मैले रड हातले छेक्दा हातमा लागेको छ, हेल्मेट पनि फुटेको छ।’आँधिखोला नदीमा गैरकानुनी रूपमा डोजर

मुख्य समाचार, समाज  संग सबंधीत छ |

संयुक्त आन्दोलनका कमाण्डरहरू कारागारमा, मिश्रलाई ३ लाख धरौटीमा छाड्न आदेश ।

 Bipin Dhungana

भक्तपुर-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई ३ लाख धरौटीमा छाड्न आदेश दिएको छ।मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश तारादेवी महर्जनको इजलासले उनलाई ३ लाख धरौटीमा छाड्न आदेश दिएको सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए। उनी मंगलबार बिहान काठमाडौं जिल्ला अदालतमा हाजिर भएका थिए।चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि जेठ ११ गते सरकारी वकिलको कार्यालय काठमाडौंले मिश्रसहित ६१ जनाविरूद्ध राज्यविरूद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराध कसुरमा मुद्दा दायर भएको थियो। त्यसमध्ये ११ जनाविरूद्ध आपराधिक उपद्रव र बाँकी ५० जनाविरूद्ध राज्यविरूद्धको कसुरमा मुद्दा दायर भएको थियो। ५०

मुख्य समाचार, राजनिती, समाचार, समाज  संग सबंधीत छ |

धम्कीपछि‘अलबिदा’ लेखेर हराएका डाक्टर सकुशल भेटिए“ ।

 Bipin Dhungana

भक्तपुर-फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका डा. केशव श्रेष्ठ सकुशल भेटिएका छन् ।काठमाडौं प्रहरी परिसरको टोलीले डा. श्रेष्ठलाई फेला पारेको हो । उनलाई तार्केश्वर नगरपालिका–३ स्थित श्रीनाथ बुटिक रिसोर्टमा भेटाएको काठमाडौं प्रहरी परिसरका एसएसपी विश्व अधिकारीले बताए । बालाजुमा भेटिएका डा. श्रेष्ठलाई प्रहरीले आफ्नो कार्यालय भद्रकालीमा ल्याउँदैछ ।फेसबुकमा लामो स्टाटस लेखेर उनी सम्पर्कविहीन भएपछि प्रहरीले खोजी तीव्र पारेको थियो ।फेसबुकमा  लेखेका थिए जिल्ला अस्पताल रामेछापबाट सरुवा भएर हेटौंडा पुगेका उनले आफूलाई झुटो आरोप लगाइएको र आर्थिक चलखेलमा सरुवा गरिएको फेसबुकमा उल्लेख गरेका छन् । उनी जेठ मसान्तमा रामेछाप अस्पतालबाट बागमती प्रदेश

उज्यालो समाचार, मुख्य समाचार, व्यक्तित्व, समाचार, स्वास्थ्य  संग सबंधीत छ |

उज्यालो समाचार

वीरगन्जको कृषि औजार कारखाना महावीर पुनको मात्र नभई हामी सबै नेपालीको हो : विद्यार्थी प्रनव अर्याल

अरनिको राजमार्गमा पर्ने साँगा–धुलिखेल सडकखण्डको काम ,बर्षाको कारण रोकियो ।

मलेशियालाई ९ विकेटले हराउँदै ,नेपाल ’यू–१६ इस्ट जोन कप’ को फाइनलमा ।

देशभर वर्षा र चट्याङ : को–को क्षेत्र छ,उच्च जोखिममा?

करेन्ट लाग्दा एकै परिवारका ३ जना घाइते, एक वर्षीया शिशु समेत अस्पतालमा