बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता भेटिएन

 रामहरि चौलागाईं

काठमाण्डौ/बजेट निर्माणको क्रममा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिलाई सहभागी गराएर करका दर हेरफेर गराएको विषयमा छानबिन गर्न बनेको संसदीय समितिले आज (शुक्रवार) आफ्नो प्रतिवेदन सभामुखलाई बुझाउँदैछ । समितिले शुक्रवार सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाउने र संसदमा प्रस्तुत गरेपछि मात्रै प्रतिवेदनमा उल्लेख भएका कुरा सार्वजनिक हुने समितिका सदस्य एवं माओवादी केन्द्रका नेता देव गुरूङले बताए । बिहीवार समितिको म्यादको अन्तिम दिन दिनभर समितिले यसबारे काम गरेको थियो । प्रतिवेदनमा सर्वसम्मति भयो वा भएन भन्ने प्रश्नमा गुरुङले भने, ‘मल्टी पार्टी डेमोक्रेसीमा जे हुनुपर्ने हो त्यही भयो ।’ गुरुङको अभिव्यक्ति अनुसार समितिका

मुख्य समाचार, राष्ट्रिय, समाचार  संग सबंधीत छ |

राष्ट्रिय अनुसन्धानमा प्रधानमन्त्री देउवाको ठाडो हस्तक्षेप

 रामहरि चौलागाईं

काठमाडौं । गठबन्धन सरकारको हस्तक्षेपको तारो राष्ट्रिय अनुसन्धान विभाग बन्न पुगेको छ । निजामती प्रशासन र नेपाल प्रहरीमा एकपछि अर्को हस्तक्षेप गर्दै आएको सरकारले दलीय भागबन्डा पु-याउन राष्ट्रिय अनुसन्धान विभागमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी ) दरबन्दी थप्ने गृहकार्य अन्तिम चरणमा पु-याएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको राष्ट्रिय अनुसन्धान विभागमा प्रधानमन्त्री शेरबहादुर देउवाकै रुचिअनुसार नयाँ एआईजी थप गर्न लागिएको हो । आवश्यकताका आधारमा भन्दा पनि नेताहरूको रुचिअनुसार एआईजी पद थप गर्न लागिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान निर्देशक यदुलाल खरेलले आगामी

मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज  संग सबंधीत छ |

आज मौद्रिक नीति ल्याउने तयारी

 रामहरि चौलागाईं

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ०७९/८० को मौद्रिक नीति आज सार्वजनिक गर्दैछ । त्यसअघि आज बिहान ८ बजे राष्ट्र बैंक सञ्चालक समितिको बैठकले मौद्रिक नीति पारित गर्नेछ । राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले शुक्रबार बिहान सञ्चालक समितिको बैठक डाकिएको बताए । उनका अनुसार शुक्रबार नै मौद्रिक नीति आउने सम्भावना छ । गभर्नर अधिकारीले बिहीबार अर्थ मन्त्रालयसमेत सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई मौद्रिक नीतिका विषयमा ब्रिफिङ गरिसकेका छन् ।


आज पनि प्रतिनिधि सभा बैठक बस्दै

 रामहरि चौलागाईं

काठमाडौं– आज शुक्रबार पनि प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने तय भएको छ। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विशेष सेवा विधेयक, २०७६’ छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्ने सम्भावित कार्यसूची छ। यसैगरी, गृहमन्त्री बालकृष्ण खाणले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको कारागार विधेयक, २०७६ छलफलका लागि सदनमा प्रस्तुत गर्ने कार्यसूची रहेको छ । नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ छलफलका लागि सदनमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि प्राप्त संशोधनलाई निर्णयार्थ पेस गर्ने कार्यसूची समेत

मुख्य समाचार, राष्ट्रिय, समाचार  संग सबंधीत छ |

बाढीले मेलम्ची-हेलम्बु सडकखण्ड अवरुद्ध

 रामहरि चौलागाईं

काठमाडौं : गए रातिको वर्षासँगै आएको बाढीले मेलम्ची-हेलम्बु सडकखण्डको ठाउँ-ठाउँमा बाटो बगाउँदा यातायात सेवा अवरुद्ध भएको छ। बाढीले हेलम्बुको चनौटेमा गत वर्षको बाढीपछि बनाइएको सडक क्षतविक्षत बनेको स्थानीय बलसित खड्काले जानकारी दिए। यस्तै हेलम्बुको ढुङ्गेबजार र मेलम्चीको सीमखेतमा पनि सडक अवरुद्ध भएको मेलम्चीका श्याममणि चालिसेले बताए। गए राती भारी वर्षा हुँदा हेलम्बुका ग्याल्थुमलगायत क्षेत्रका बासिन्दा घर बाहिर बस्न बाध्य भएका थिए। गए राति सिन्धुपाल्चोकको मेलम्ची खोलास्थित नाकोते र आसपासमा भारी वर्षा भएको थियो। जलसतह बढेपछि मेलम्चीको तटीय क्षेत्रमा बाढी तथा भिरालो जमिन भएको ठाउँमा पहिरो जानसक्ने भएकाले सतर्कता अपनाउन स्थानीय

मुख्य समाचार, समाचार  संग सबंधीत छ |

द्वन्द्वकालीन घटनाका पीडकलाई उन्मुक्ति दिने कानुन ल्याउदै सरकार

 रामहरि चौलागाईं

काठमान्डौ/सर्वोच्च अदालत ऐनका केही व्यवस्था खारेज गरेको ९ वर्षपछि सरकारले ऐन संशोधन विधेयक संसद्मा दर्ता गराएको हो । गैरसांसद गोविन्द कोइराला बन्दीले माओवादीलाई फाइदा पुग्नेगरी संसद्मा पीडितलाई सम्बोधन नगरी संक्रमणकालीन न्यायमार्फत् गैरन्यायिक हत्याका अपराधिलाई उन्मुक्ति दिनेगरी संसद्मा विद्येयक दर्ता गरेका हुन् । छोटो र गैरन्यायिक बाटोबाट पीडकलाई उन्मुक्ति हुनेगरी सशस्त्र युद्धक्रममा भएका आपराधिक घटना सामसुम पार्न खोजिरहेकै बेला नयाँ कडीका रूपमा यो विधेयक संसद्मा दर्ता भएको हो । सरकारले संसद्मा गत शुक्रबार दर्ता गराएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य, न्याय तथा मेलमिलाप आयोग ऐन २०७१ संशोधन गर्न बनेको विधेयकमा गम्भीर

मुख्य समाचार, समाचार  संग सबंधीत छ |

संसदीय विशेष छानबिन समितिले आज निवर्तमान अर्थमन्त्री शर्मासँग छलफल गर्ने

 रामहरि चौलागाईं

काठमाडौँ – बजेट निर्माणमा अनधिकृत व्यक्ति सहभागी बनाएकोबारे छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले आज निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग छलफल गर्ने भएको छ । आज बस्ने समितिको बैठकमा निवर्तमान अर्थमन्त्री शर्मालाई बोलाइएको समिति सदस्य बिमला बिकले जानकारी दिएकी छन् । मंगलबार बसेको समितिको बैठकले सिसिटिभी फुटेज डिलिट भएको भए रिकभर गर्न सकिन्छ त ? भनेर विज्ञहरुको राय लिएको थियो । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले डिलिट भएको सिसिटिभी फुटेज रिकभरको लागि प्रक्रिया अघि बढाएको छ। नेपाल प्रहरीको साइबर ब्यूरो र नेपाल इन्जिनियरिङ अध्ययन

मुख्य समाचार, राष्ट्रिय, समाचार  संग सबंधीत छ |

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइने

 रामहरि चौलागाईं

काठमाण्डौ/एक दशकदेखि मृगौला रोगको उपचार गर्दै आएको र प्राय: धेरै मृगौला रोगीबाट प्रसंशा बटुलिरहेको भक्तपुरको शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई सरकारले स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्ने भएको छ । विशिष्टिकृत स्वास्थ्य सेवासँगै चिकित्सा शिक्षाको समेत अध्ययन गर्ने थलोका रुपमा प्रतिष्ठानका रुपमा विकास गर्न लागिएको हो । मृगौला रोगको उपचारका लागि १० वर्षअघि स्थापना भएको शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले कलेजो, मुटु र पेटसम्बन्धी विशिष्टिकृत सेवा उपलव्ध गराउँदै आएको छ । एकसय शैय्याको यो अस्पतालले १० वर्षमा नौ सय जनाको मृगौला प्रत्यारोपण गरिसकेको छ । नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपणसँगै

मुख्य समाचार, राष्ट्रिय, समाचार  संग सबंधीत छ |

उज्यालो समाचार

बेलायतको क्याम्बर्लीमा आनी छोइङको कन्सर्ट हुँदै

लगानी सम्मेलनः नेपालमा ढुक्क भएर लगानी गर्न अपिल

आजदेखि पूर्वी सीमानाका बन्द

नेपाल भ्रमण उपलब्धीमूलक हुने विश्वास गरेकाे छु : अमिर शेख

सरकारमा आएर आफूलाई थुन्ने पहिलो निर्णय गन् रास्वपा सभापति लामिछानेको कांग्रेसलाई चुनौती