काठमाडौं महानगरमा आजदेखि कुहिने र नकुहिने फोहोर छुट्याएर मात्रै सङ्कलन हुने

 सुबाश चौलागाई

काठमाडौं/ काठमाडौं महानगरपालिकामा आजदेखि कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र सङ्कलन गरिने भएको छ। फोहोर सङ्कलन हप्तामा चार दिने हुने महानगरले जनाएको छ। जसमा आइतबार र बुधबार कुहिने र सोमबार र शुक्रबार नकुहिने फोहोर सङ्कलन गरिने भएको छ।  फोहोर स्रोतमा नै वर्गीकरण गर्नुपर्नेछ। वर्गीकरण नगरिए सङ्कलन नगरिने र प्रत्येक पटक ५०० रुपैयाँ जरिवाना गरिने महानगरको वातावरण तथा कृषि विभागले जनाएको छ। वातावरण तथा कृषि विभागले भनेको छ‚ “स्रोतमा नै फोहोरको पृथकीकरण नगरेमा फोहोर सङ्कलन नगर्ने र काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा ५१ (थ) तथा

मुख्य समाचार, समाचार  संग सबंधीत छ |

नेपालमा आज थप २ सय ५ जनामा कोरोना संक्रमण

 सुबाश चौलागाई

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २ सय ५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ९० जनाको नमूना परीक्षण गरिएको थियो । १ हजार १ सय ९९ जनाको पीसीआर र १ हजार ८ सय ९१ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा २ सय ५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । शनिबार ५१ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर १ हजार ३ सय ८५ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु

मुख्य समाचार, राष्ट्रिय, समाचार  संग सबंधीत छ |

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गठबन्धनलाई निरन्तरता दिन सुझाव

 सुबाश चौलागाई

काठमाडौं– सत्तारुढ नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा शनिबार पनि विभिन्न पदाधिकारीले आ–आप्mना धारणा व्यक्त गरे। उनीहरूले पार्टी संरचना, गठबन्धन सरकारमा कांग्रेसले नेतृत्व गरेपछि भएका गतिविधिमाथि प्रकाश पारे। बैठकमा गण्डकी प्रदेश अध्यक्ष शुक्रराज शर्माले प्रदेश सभापतिहरूको एक मत विषय प्रस्तावित मर्यादाक्रम नमिलेको भन्ने रहेको बताए। सबै ठाउँको सभापति माथिल्लो कमिटीको सदस्य हुने व्यवस्था भए पनि प्रदेश सभापति किन केन्द्रीय सदस्य नहुने भनेर उनले पार्टी नेतृत्वसँग प्रश्न गरे। केन्द्रले प्रदेशलाई सहयोग नगरे ठूलो समस्या हुनेतर्फ उनले शीर्ष नेतृत्वको ध्यानाकर्षण गराए। थोरै मतले पराजित भएकाहरूलाई पनि जितेकाहरूले सँगै लिएर जाने वातावरण निर्माण

मुख्य समाचार, समाचार  संग सबंधीत छ |

माओवादी अध्यक्ष प्रचण्डले आज र भोलि उच्चस्तरीय भेटवार्ता गर्ने

 सुबाश चौलागाई

काठमाडौं: भारत भ्रमणमा रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज र भोलि उच्चस्तरीय भेटवार्ता गर्ने भएका छन्। प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार आज प्रचण्डले भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नड्डासँग भाजपा मुख्यालयमा भेटवार्ता गर्नेछन्। यसैगरी उनले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशमन्त्री एस जयशङ्करसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ। उनले भोलि बिहान भारतीय प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेटवार्ता गर्नेछन् । अध्यक्ष प्रचण्ड भोलि नै स्वदेश फर्कने कार्यक्रम छ। करिब डेढ महिना पहिले नेपालका लागि तत्कालिन भारतीय राजदूत क्वात्राले अध्यक्ष प्रचण्डलाई

मुख्य समाचार, समाचार  संग सबंधीत छ |

प्रतिनिधि सभाको उपसभामुख छान्न आज मतदान हुँदै

 सुबाश चौलागाई

काठमाडौं : प्रतिनिधि सभाको उपसभामुख छान्न आज मतदान हुँदैछ । उपसभामुख छान्नको लागि प्रतिनिधि सभामा दिउँसो ३ बजे मतदान हुन लागेको हो । उपसभामुखका लागि दुईजनाको उम्मेदवारी परेको छ। सत्तारूढ गठबन्धनले नेपाली कांग्रेस संसदीय दलका सचेतक पुष्पा भुसाललाई उठाएको छ। प्रमुख प्रतिपक्षी नेकपा एमालेले विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ। भुसालको प्रस्तावकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ र समर्थकमा लक्ष्मीकुमारी चौधरी छन्। यस्तै, भट्टराईको प्रस्तावकमा एमाले संसदीय दलका सचेतक शान्ता चौधरी र समर्थकमा सांसद कृष्णभक्त पोखरेल छन्। भुसाल यसअघि उपसभामुखमा पराजित भएकी थिइन्। तत्कालीन सत्ता गठबन्धनबाट उम्मेवार बनेकी डा.शिवमाया

मुख्य समाचार, समाचार  संग सबंधीत छ |

चिनियाँ नेता लिउको भेटघाट जारि

 सुबाश चौलागाई

भक्तपुर/ चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओले नेपालका प्रमुख वामपन्थी शक्तिहरु मिलेर अघि बढेको हेर्ने चीनको चाहना रहेको बताएका छन्। नेपाल भ्रमणमा रहेका लिउले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाललाई भेटेर वाम एकताको चाहना प्रकट गरेका हुन् । नेकपा माओवादी केन्द्र, एमाले र एकीकृत समाजवादीका नेतासँग सोमबार र मंगलबार भएका भिन्नाभिन्नै भेटमा चिनियाँ नेता लिउले वामपन्थी शक्तिबीचको एकता भए ‘चीनलाई राम्रो लाग्ने’ बताएको ती भेटमा सहभागी नेताहरुले जानकारी दिएका छन्। ‘साइलेन्ट डिप्लोम्यासी’मा माहिर मानिने चिनियाँ नेताले नेपालका वाम दलहरु मिल्ने वा नमिल्ने विषय यहाँका

मुख्य समाचार, समाचार  संग सबंधीत छ |

जसपा औपचारिक विभाजनतिर उन्मुख,वीरगन्जमा उपेन्द्र पक्षीय बैठक सुरु हुँदै

 सुबाश चौलागाई

भक्तपुर/ फुटको संघारमा पुगेको सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) को अध्यक्ष उपेन्द्र यादव पक्षीय केन्द्रीय समितिको बैठक आज वीरगन्जमा सुरु हुँदै छ। यता काठमाडौंमा सोही पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई पक्षको बैठक मंगलबारदेखि जारी छ। दुई अध्यक्ष यादव र भट्टराईबीचको विवादले जसपा औपचारिक विभाजनतिर उन्मुख भएको हो। छुट्टै बैठकका लागि अध्यक्ष यादवसहितका नेताहरू मंगलबारै वीरगन्ज पुगिसकेका छन्।


कांग्रेस केन्द्रीय समिति बैठकको प्रस्ताव : प्रदेश र संघीय निर्वाचनमा गठबन्धन

 सुबाश चौलागाई

भक्तपुर /कांग्रेस सभापति शेरबहादुर देउवाले आसन्न प्रदेश तथा संघीय निर्वाचनमा गठबन्धन गरेर जाने प्रस्ताव अगाडि बढाएका छन् । संस्थापनइतर समूहले आसन्न निर्वाचनमा गठबन्धन नबनाउन दबाब दिइरहेका वेला केन्द्रीय समितिमा बलियो बहुमतमा रहेका सभापति देउवा गठबन्धनको पक्षमा उभिएका छन् । तर, संस्थापन पक्षकै केही नेताले गठबन्धन नगर्न सुझाएका छन् । मंगलबार बैठकमा गठबन्धनको विपक्षमा धारणा राखेका संस्थापन पक्षका केन्द्रीय सदस्य गुरु बराललाई एक्लै जितेर देखाउन चुनौती दिएका देउवाले बुधबार गठबन्धनको विकल्प नरहेको बताएका हुन् । ‘हामी संकटको समयमा छौँ । संकटको वेला हामीलाई अरू पार्टीको साथ चाहिएको छ र अरूलाई हाम्रो साथ आवश्यक छ,’ बैठकमा देउवाले

मुख्य समाचार, समाचार  संग सबंधीत छ |

उज्यालो समाचार

काँग्रेस संसदीय दलको बैठक स्थगित

सहकारी प्रकरणमा संसदीय छानबिन समिति अस्वीकार गर्ने रास्वपाको निर्णय

रास्वपा संसदीय दलको बैठक आह्वान

मन्त्रिमण्डल पुर्नगठनको तयारीमा प्रधानमन्त्री

२०८४ को निर्वाचनमा भाग लिने चन्द नेतृत्वको नेकपाको निर्णय