न्युज डेस्क
सिरोहियाको पक्राउ बदनियतपूर्ण ढङ्गले प्रतिशोध पूरा गर्न गरिएको बहाना: गगन थापा
न्युज डेस्क

काठमाडाैं,नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कान्तिपुर पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहियालाई कानुन विपरीतको काम गरेको भनेर पक्राउ गरेको भनिए पनि बदनियतपूर्ण ढङ्गले प्रतिशोध पुरा गर्न गरिएको बहानामात्रै भएको टिप्पणी गरेका छन् । मंगलबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत उनले राज्य सत्ताको पहुँचको दुरुपयोग गर्दै गृहमन्त्री रवि लामिछानेले आफूमाथि प्रश्न गर्नेहरूलाई रोक्न, विषयान्तर गर्न र आफ्नो अपराध ढाकछोप गर्न दुष्प्रयास भएको बताएका छन् । ‘आज कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई कानुन विपरीतको काम गरेको भनेर पक्राउ गरेको भनिए पनि यो बदनियतपूर्ण ढङ्गले प्रतिशोध पुरा गर्न गरिएको बहाना मात्र हो’, थापाले भनेका छन्,