वागीश्वरी कलेजमा गुरुपुर्णिमा सम्पन्न

 न्युज डेस्क

भक्तपुर। वागीश्वरी कलेजमा स्नातक तह बि.ए. दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा गुरुपूर्णिमा सम्पन्न भएको छ ।  सोमबार कलेजमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरुले दही तथा रातो टिका गुरुहरुलाई लगाई दिनुका साथै केक काटेर विद्यार्थीहरुको तर्फबाट कलम उपाहार दिएका थिए ।  कार्यक्रममा बोल्नुहुँदै कलेजका संयोजक ज्ञानसागर प्रजापतिले विद्यार्थीहरु विदेश पलायन नभई स्वदेशमै आफ्नो पसिना बगाई नेपालको विकासमा योगदान गर्न आग्रह गर्नुभयो ।  त्यसैगरि कलेजका प्राचार्य धनकुमार श्रेष्ठले कार्यक्रमका लागी सम्पूर्ण विद्यार्थीहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।  उक्त कार्यक्रममा विद्यार्थीहरु सरिना वाडेले गुरुपुर्णिमा र रामहरि चोलागाईले महर्षी व्यासको वारेमा आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।   


हालै आयरल्याण्डमा भएको मानिस र कुकुरको विवाहको सत्यता

 न्युज डेस्क

मानव–पशु विवाह भनेको जनावर र मानव बीचको विवाह हो। यो विषय पौराणिक कथा र जादुई कथा मा देखा परेको छ।मानव–पशुबन्धन मानिसहरू र जनावरहरू बीचको पारस्परिक रूपमा लाभदायक र गतिशील सम्बन्ध हो जुन दुवैको स्वास्थ्य र कल्याणको लागि आवश्यक व्यवहारहरूद्वारा प्रभावित हुन्छ। यसमा, अन्य चीजहरू बीच, मानिसहरू, जनावरहरू र वातावरणको भावनात्मक, मनोवैज्ञानिक, र शारीरिक अन्तरक्रियाहरू समावेश छन्।       यस्तै एक महिलाले भर्खरै कुकुरसँग विवाह गरेकी छिन् | उत्तरी आयरल्याण्डकी विल्हेल्मिना मोर्गन नामकी महिला  आफ्नो कुकुर, हेनरीसँग आठ वर्षअघि विवाह गरेको दाबी गर्छिन्। उनले भनिन्, ‘अहिलेसम्म मैले भरपर्दो श्रीमान् भेटिनँ र संसारमा

मुख्य समाचार, समाज  संग सबंधीत छ |

वेष्टइण्डिएस बिरुद्ध नेदरल्यान्ड को सुपर ओवरमा रोमान्चक जित

 न्युज डेस्क

तकासिङहा क्रीकेट क्लब मा भएको क्रीकेट म्याचमा ३७४ को लक्ष्य पछ्याको Netherland ले आफ्नो ९ Wicket गुमाएर ३७४ रन बनायो र खेल ‘superover’मा पुग्यो | पहिले batting गर्न आएको Netherland ले अन्तिम बलमा Logan van Beek ले ३ छक्का र ३ चौका को बारी मा ३० रन बनायो | ३१ रन को लक्ष्य पाएको वेष्टइन्दिएस ले अन्तिम सिक्स बलमा २ Wicket गुमाउदै मात्र ८ रन बनायो |


जसपाको केन्द्रीय समिति बैठक सुरु

 न्युज डेस्क

काठमाडौं । जनता समाजवादी पार्टीको केन्द्रीय समितिको बैठक सुरु भएको छ । आइतबारदेखि सुरु भएको पार्टीको विधान अधिवेशनको पूर्वसन्ध्यामा शनिबार काठमाडौंको एक होटलमा जसपाको केन्द्रीय समिति बैठक बसेको हो । आइतबारदेखि काठमाडौंको कमलादीमा सुरु हुने जसपाको विधान अधिवेशन तीन दिनसम्म चल्नेछ । पार्टीले पहिलोपटक आयोजना गर्न लागेको अधिवेशनमा पार्टी अध्यक्ष उपेन्द्र यादवले विधानको मस्यौदा प्रस्तुत गर्ने जसपाका एक नेताले जानकारी दिए ।


उज्यालो समाचार

कडा आन्दोलनका कार्यक्रम ल्याउने चेतावनी दिएका डाक्टरहरु आज आन्दोलनमा बिरामीलाइ भने समस्या ।

बीपी राजमार्गमा एक महिनासम्म रातीको समयमा गाडी चलाउन रोक ।

सुनचाँदी व्यवसायीहरुले गरे आन्दोलन भन्छन् , विलासिता खारेज नगरेसम्म आन्दोलन गर्ने ।

४५ वर्ष पुरानो पुल भाँचिदा काभ्रे–भक्तपुर वैकल्पिक सडक ठप्प, राजधानी आवतजावत प्रभावित!

भक्तपुर फिस ‘टनेल एक्स्पोमा २० हजार भन्दा बढीले गरे अवलोकन – विध्यार्थीहरुलाई विशेष छुट ।