न्युज डेस्क
शिवरात्रीमा मानव धर्म सेवाद्वारा रक्तदान र महान सत्सङ् कार्यक्रम आयोजना
न्युज डेस्क
काठमाडौं । हिन्दुहरुको महान चाड महाशिवरात्रीको अबसर पारेर नेपाल मानव धर्म सेवा समिति काठमाण्डौले रक्तदान कार्यक्रम र महान सत्सङ् कार्यक्रमको आयोजना गरेको छ । समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा ७० जनाले रक्तदान गरेका छन् । समितिले नै आयोजना गरेको महान सत्सङ्ग कार्यक्रममा समितिकी केन्द्रिय प्रमुख महात्मा चमेली बाइजीले वेलपत्र रुपी सत, तम र रज गुण शिवलार्इ चढाउनुपर्ने बताउनुभयो । मनुष्य शरिर नै साधनाको धाम भएकोले अहिले नै हामीले मोक्षको यात्रा अगाडि बढाउनुपर्नेमा पनि उहाँले जोड दिनुभयो । कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, ̏भगवान शिव पनि सधैभरी ध्यान गर्नुहुन्थ्यो । उहाँले कसको