न्युज डेस्क
कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका दिन चियापान कार्यक्रम नगर्ने
न्युज डेस्क

काठमाडौँ- सत्तारुढ नेपाली कांग्रेसले दसैँको अवसरमा गर्दै आएको चियापान कार्यक्रमको आयोजना यस वर्ष नगर्ने भएको छ । असोज २३ गते कोजाग्रत पूर्णिमाको दिन प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता गर्ने निर्वाचन कार्यतालिका रहेको जनाउँदै नेपाली कांग्रेसले चियापान नगरिने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका हुन् । विसं २०३३ सालमा बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किए पछि २०३४ सालदेखि प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको दिन कांग्रेसले चियापान कार्यक्रम गर्दै आएको छ । कोभिड महामारीको बेलामा पनि कांग्रेसले चियापन समारोह आयोजना गरेको थिएन ।
चार घण्टापछि नारायणगढ- मुग्लिन सडक खुल्यो , सवारी आवागमन सहज हुँदै
न्युज डेस्क

काठमाडौं । विहानदेखि अवरुद्ध बनेको नारायणगढ मुग्लिन सडक खण्ड ४ घण्टापछि सञ्चालनमा आएको छ । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित सत्र किलोको पहिरो हटाएपछि सो सडक खण्ड दुईतर्फी नै खुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । गएराती देखि परेको अविरल बर्षाका कारण सो स्थानमा पहिरो गएको थियो । बिहान ८ बजेर २० मिनेटमा गएको पहिरो साढे ११ बजे सञ्चालनमा आएको प्रहरीले जनाएको छ । पहिरो खुलेपछि जाममा फसेका सवारीसाधन गन्तव्य तर्फ लागेका छन् । सडक खुले पनि सवारीको लाम लामो भएकाले यातायातको चाप बढेको छ ।
कांग्रेसको कोइराला समूहको छुट्टै बैठक बस्दै
न्युज डेस्क

काठमाडौँ – नेपाली कांग्रेसको शेखर कोइराला पक्षले बैठक बोलाएको छ । कोइराला समूहले आज दिउँसो २ बजे बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा छुट्टै बैठक बोलाएको हो । आजको भेलामा यसअघि गरिएका खबरदारी अभियानको समीक्षालगायतका बिषयमा छलफल गर्नुका साथै पार्टीका तर्फबाट बनेका उम्मेदवारबारेमा छलफल गरिनेछ।
आज महानवमी,सिद्धिदात्री देवीको उपासना गरिँदै
न्युज डेस्क

काठमाडौं । नवरात्रको आज नवौं तथा अन्तिम दिन। आज विशेषगरी दुर्गाको नवौं स्वरुप सिद्धिदात्री देवीको पूजाआराधना गरिन्छ। नवरात्रभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरीको पूजाआराधना गरिएको थियो। महाअष्टमीका दिन हातहतियार, मेसिन र सवारीसाधनको पूजा नगरेकाहरूले आज बलीसहित विश्वकर्माको पूजा गर्ने गर्छन्। आजै नवदुर्गाको प्रतिकको रुपमा नौ कन्याहरूको पूजासमेत गरिन्छ। कुमारी, त्रिमूर्ति, कल्याणी, रोहिणी, काली, चण्डिका, शाम्भवी, दुर्गा र सुभद्राको स्वरुपमा नौ कन्याको पूजा गरिन्छ। आज नेपाली सेनालगायत सुरक्षा निकायले कोतमा रहेको हातहतियारको