भक्तपुरमा दुई दिने Teaching तालिम सम्पन्न

 न्युज डेस्क

भक्तपुर, Regional English Language Office (RELO), अमेरिकी दुतावास काठमाडौंकाे आर्थिक तथा शैक्षिक सहयोगमा अमेरिकी तालिम सहजकर्ताहरू/प्रशिक्षकहरू डा. टुङ्डे सेपेली, आस्ले टेसाराेलाे र जर्ज नियरिङले हिसान भक्तपुरको सहकार्यमा Integrated Development and Transformation (IDT) Nepal काे आयाेजनामा यही असाेज १३ र १४ गते थिमि स्थित टि बी अस्पतालसँगै रहेको स्वस्तिक कलेजमा Teachers Training on Pedagogy and Diversity in English Language Teaching विषयमा दुई दिने तालिम सफलतापूर्वक सम्पन्न गरियो । यस तालिममा हिसान भक्तपुर आवद्ध र अन्य विद्यालयका ३७ जना शिक्षक-शिक्षिकाकाे सहभागिता रहेको थियो । यस कार्यक्रम हिसान भक्तपुरका अध्यक्ष तथा माेडर्न स्कुल

मुख्य समाचार, राष्ट्रिय, समाचार  संग सबंधीत छ |

दशैंको छैटौं दिन कात्यायनी देवीको पूजा गरिँदै

 न्युज डेस्क

काठमाडौंः नेपालीहरूको महान पर्व बडादशैंको छैटौं दिन आज कात्यायनी माताको पूजा आराधना गरिँदैछ। नवरात्रको छैटौं दिन कात्यायनी स्वरूप नवदुर्गा भवानीको आराधना गरिन्छ। देवी दुर्गा, आफ्नो छैटौं स्वरूपमा चन्द्रघण्टाको नामले प्रसिद्ध छन्। कात्यायनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुःखजस्ता संकट नास हुने धार्मिक विश्वास छ । यस दिन सात वर्षीया कन्यालाई ‘चण्डिका’ नामले पूजा गरिन्छ र विशेष रूपमा उनलाई अलंकार वा गरगहना चढाइन्छ। देवकार्य सिद्ध गर्न माता भवानी स्वयं कात्यायन ऋषिको आश्रममा पैदा भएको जनविश्वास छ। कात्यायनी देवीलाई वैज्ञानिक दृष्टिले ब्रह्माण्डीय सम्पूर्ण केन्द्र शक्तिको स्वरूप मानिन्छ। उनलाई विशेष गरी गुलिया

मुख्य समाचार, राष्ट्रिय, समाचार  संग सबंधीत छ |

दसैँ बिदामा आयल निगमका डिपो खुला हुने

 न्युज डेस्क

नेपाल आयल निगमले दसैँ बिदाका समयमा आफ्ना सबै डिपोहरु खुला रहने जनाएको छ । निगमले एक सूचना प्रकाशित गरी दसैँका समयमा पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि दसैंको बिदामा १३ डिपोहरु खुला राख्ने जनाएको छ । दसैँमा सार्वजनिक बिदा हुने र सार्वजनिक यातायातको चाप बढ्ने भएकाले पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि डिपोहरु खुला राख्ने निगमले निर्णय गरेको निगमका निर्देशक वीरेन्द्र गोइतले जानकारी दिए । उनका अनुसार प्रदेश १ को विराटनगर र मधेस प्रदेशको अमलेखगञ्जमा असोज १६, २९ र २१ गते डिपो खुला हुने छ भने वाग्मती प्रदेशको थानकोट र गण्डकीको पोखरामा

अर्थ, मुख्य समाचार  संग सबंधीत छ |

पछिललो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थाले एकैदिन ६३ जनामा कोरोना पुष्टि

 न्युज डेस्क

पछिललो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ५३५ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार ९ सय ४१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ३० जना र १ हजार ५९४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३३ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ५१

मुख्य समाचार, स्वास्थ्य  संग सबंधीत छ |

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेटको खेल तालिका सार्वजनिक

 न्युज डेस्क

गण्डकी प्रदेशमा २८ असोजदेखि सुरु हुने नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेटको तालिका सार्वजनिक भएको छ । २३ गतेदेखि पोखरा रंगशालामा हुने प्रतियोगिताको पहिलो खेलमा आइतबार गण्डकी प्रदेशले मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशको सामना गर्नेछ । १ कात्तिकसम्म चल्ने प्रतियोगिताको हरेक दुई दिन समूह चरणको खेलहरू हुनेछन् । प्रतियोगिताको दुवै सेमिफाइनल खेलहरू ३१ असोज र फाइनल खेल १ कात्तिकमा हुनेछ । प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट भने सम्पन्न भइसकेको छ । भदौ २३-३१​​​​​​​ गतेसम्म चलेको प्रतियोगितामा नेपाल पुलिस क्लबले स्वर्ण, त्रिभुवन आर्मी क्लबले रजत र सुदूरपश्चिम प्रदेशले कांस्य पदक जितेको थियो

खेलकुद, मुख्य समाचार  संग सबंधीत छ |

उज्यालो समाचार

रसुवा बाढीले बेपता भएका १८ जनाको खोजी कार्य जारी,सतर्कता अपनाउन आग्रह ।

कडा आन्दोलनका कार्यक्रम ल्याउने चेतावनी दिएका डाक्टरहरु आज आन्दोलनमा बिरामीलाइ भने समस्या ।

बीपी राजमार्गमा एक महिनासम्म रातीको समयमा गाडी चलाउन रोक ।

सुनचाँदी व्यवसायीहरुले गरे आन्दोलन भन्छन् , विलासिता खारेज नगरेसम्म आन्दोलन गर्ने ।

४५ वर्ष पुरानो पुल भाँचिदा काभ्रे–भक्तपुर वैकल्पिक सडक ठप्प, राजधानी आवतजावत प्रभावित!