काठमाडौँ महानगरले फोहर फाल्न स्थान पहिचानको काम गर्दै

 न्युज डेस्क

काठमाडौँ महानगरपालिकाले कुहिने फोहर काठमाडौँ उपत्यकामा नै व्यवस्थापन गर्नका लागि स्थान पहिचानको काम गरिरहेको छ । सबै किसिमका फोहर बञ्चरेडाँडा पुर्‍याउँदा पटक-पटक समस्या सिर्जना भएकाले आगामी दिनमा प्रभावकारीरूपमा फोहरको दीर्घकालीन समाधानका लागि स्थान पहिचानको काममा लागेको कामपाले जनाएको छ । बञ्चरेडाँडामा हानिकारक फोहर व्यवस्थापन नगर्ने योजनाअनुरूप कामपाले यस किसिमको अध्ययन सुरु गरेको हो । फोहर व्यवस्थापन गर्न एउटा ठाउँमा कम्तीमा करिब ५० रोपनी जग्गा आवश्यक पर्ने छ । हाल कामपा र अन्य १७ स्थानीय तहसहित उपत्यकाको १८ स्थानीय तहको फोहर अन्तिम व्यवस्थापनका लागि बञ्चरेडाँडा लैजाने गरिएको छ । यो नै

मुख्य समाचार, राष्ट्रिय  संग सबंधीत छ |

बडादशैँको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना

 न्युज डेस्क

काठमाडौं – नवरात्रको पाँचौँ दिन शुक्रबार स्कन्दमाताको पूजा आराधना गरिँदैछ। स्कन्दमाता भगवती पार्वतीकै रूप हो। स्कन्दकुमार (कुमार)की माता भएकीले यिनको नाम स्कन्दमाता भएको पुराणहरूमा उल्लेख छ। गोरो वर्ण भएकी चार हात भएकी यिनको काखमा ६ मुख भएका स्कन्दकुमार छन्। यिनको यो स्वरूपलाई मातृरूप मानिन्छ। कमलको आसनमा बसेकी हुनाले स्कन्दमातालाई पद्मासना पनि भनिन्छ। नवरात्रमा प्रत्येक दिन एक– एक देवीको आराधना गर्ने परम्परा छ। घटस्थापना गरिएको स्थान वा विभिन्न शक्तिपीठमा पुगेर श्रद्धालु शक्तिस्वरूपा भगवतीको आराधना गर्छन्। पुराणहरूमा वर्षमा चार नवरात्र पर्ने उल्लेख छ। तीमध्ये पनि शरद ऋतुमा पर्ने नवरात्रमा शक्तिस्वरूपा भगवतीको आराधनाको

मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज  संग सबंधीत छ |

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले उम्मेदवारी घोषणा गर्दै

 न्युज डेस्क

काठमाडाैं – राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले शुक्रबार आफ्नो उम्मेदवारी घोषणा गर्ने भएका छन् । आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभातर्फ काठमाडौं क्षेत्र नम्बर १ बाट चुनाव लड्नेगरी उनले उम्मेदवारी घोषणा गर्न लागेका हुन् । त्यसका लागि उनले साढे १२ बजे थापा गाउँमा पत्रकार सम्मेलन गर्न लागेका हुन् । मंगलबारमात्रै मिश्र राप्रपामा प्रवेश गरेका थिए ।


प्रत्यक्षतर्फ उम्मेदवार छान्ने जिम्मा अध्यक्ष र महासचिवलाई

 न्युज डेस्क

काठमाडौं – नेकपा एमालेको सचिवालयको बैठकले समानुपातिक बन्दसूचीलाई हेरफेर गर्ने निर्णय गरेको छ। एमालेले असोज १५ गते भित्र अन्तिम बन्दसूची निर्वाचन आयोगमा बुझाउने तय भएको छ। सचिवालयको बैठकले बन्दसूची हेरफेरको जिम्मा भने अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ। ‘समानुपातिक तर्फको प्राथमिक लिष्ट हामीले तयार पारेका थियौं त्यसमा आवश्यक थप घट गर्न अध्यक्षज्यूलाई अधिकार प्रत्यायोजन गरेका छौ,’ सचिव तथा प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले भने। बैठक ओली निवास बालकोटमा बिहीबार साँझदेखि सुरु भएर अबेर रातिसम्म चलेको थियो। उक्त बैठकमा प्रदेश तथा प्रतिनिधिसभाको उम्मेदवारका बारेमा पनि प्रारम्भिक छलफल भएको छ। ‘को

मुख्य समाचार, राष्ट्रिय, समाचार  संग सबंधीत छ |

अभिनेत्री थापा राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनित

 न्युज डेस्क

अभिनेत्री रेखा थापा राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनित भएकी छन् । मंगलबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले थापालाई केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनयन गरेका हुन् । गत मङ्सिरमा भएको पार्टीको अधिवेशनमा थापा लिङ्देन समूहबाट महामन्त्रीको उम्मेदवार थिइन् । तर उनी कुन्तीकुमारी शाहीसँग पराजित भएकी थिइन् । पार्टी अध्यक्ष लिङ्देनले थापालाई यसअघि केन्द्रीय सदस्यमा मनोनित गरेका थिए ।


सेयर बजारमा सकारात्मक संकेत

 न्युज डेस्क

सेयर बजारमा सकारात्मक संकेत देखिएकाे छ । लगातार तेश्राे दिन पनि बजार बढेर बन्द भएकाे छ । बजार सुधारिँदा लगानीकर्ताहरु उत्साहित छन् । यद्ध्यपी लगानीकर्ताहरू फेस्टिभ मुडमा हुँदा काराेबार रकम भने केही प्रभावित भएकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक १६.२९ अंकले बढेर १८५३.७६ विन्दुमा पुगेकाे छ । नेप्से ०.८९ प्रतिशतले बढेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ३.८३ अंकले बढेर ३६३.४२ विन्दुमा पुगेकाे छ । कूल २२३ वटा कम्पनीकाे १७ लाख ९१ हजार ४ सय ८० कित्ता सेयर खरिदबिक्री हुँदा ६३ करोड

अर्थ, मुख्य समाचार  संग सबंधीत छ |

पुलिसको महिला टिमले पहिलो पटक क्रिकेट खेल्ने

 न्युज डेस्क

नेपाल पुलिस क्लबले पनि विभागीय महिला सिनियर क्रिकेट टिम निर्माण गरेको छ। २३ वर्ष नपुगेका खेलाडीलाई स्थायी रुपमा राख्ने गरी र सिनियर खेलाडीलाई करारमा राख्ने गरी टिम निर्माण गरेको हो। पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको महिला क्रिकेटका लागि टोली घोषणासमेत गरेको छ। पुरुषतर्फको घरेलु क्रिकेटमा भने पुलिस लामो समयदेखि नै बलियो टोलीका रुपमा स्थापित हुँदै आइरहेको छ। तर पुलिसले महिला टोली भने बनाएको थिएन। उसले सिनियर महिला टिम नै पहिलो पटक बनाएको हो । पुलिसले महिला नेपाली राष्ट्रिय क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्रीको कप्तानीमा नवौं राष्ट्रिय खेलकुदका लागि १४

खेलकुद, मुख्य समाचार  संग सबंधीत छ |

मेक्सिकोमा बन्दुकधारीद्वारा ६ प्रहरी अधिकारीको हत्या

 न्युज डेस्क

उत्तरी मेक्सिकोमा बन्दुकधारीहरूले बुधवार ६ जना प्रहरी अधिकारीको गोली हानेर हत्या गरेका छन् । क्यालेरा डे भिक्टर रोजालेसको खेलकुद केन्द्रमा तालिम भइरहेका बेला पाँच प्रहरी अधिकारीको गोली हानेर हत्या भएको हो । जाकाटेकास राज्यमा बन्दुकधारीले आक्रमण लगत्तै घटनास्थलमा पुगेका थप दुई कानून प्रवर्तन अधिकारीहरूलाई पनि गोली हानेका थिए । तिमध्ये एक जनाको मृत्यु भएको छ । आक्रमणमा लागुऔषध तस्करको संलग्नता रहेको अनुमान गरिएको छ । गत जनवरीमा जाकाटेकास राज्यको राजधानीमा गभर्नरको दरबारको अगाडि छोडिएको खेलकुद उपयोगिता गाडीमा १० शव फेला परेका थिए । यसैबीच, पछिल्लो घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको

अन्तर्राष्ट्रिय, मुख्य समाचार  संग सबंधीत छ |

उज्यालो समाचार

रसुवा बाढीले बेपता भएका १८ जनाको खोजी कार्य जारी,सतर्कता अपनाउन आग्रह ।

कडा आन्दोलनका कार्यक्रम ल्याउने चेतावनी दिएका डाक्टरहरु आज आन्दोलनमा बिरामीलाइ भने समस्या ।

बीपी राजमार्गमा एक महिनासम्म रातीको समयमा गाडी चलाउन रोक ।

सुनचाँदी व्यवसायीहरुले गरे आन्दोलन भन्छन् , विलासिता खारेज नगरेसम्म आन्दोलन गर्ने ।

४५ वर्ष पुरानो पुल भाँचिदा काभ्रे–भक्तपुर वैकल्पिक सडक ठप्प, राजधानी आवतजावत प्रभावित!