दशैंको तेस्रो दिन, आज चन्द्रघण्टा देवीको पूजा गरिँदै

 न्युज डेस्क

काठमाडौं– दशैंको तेस्रो दिन आज बुधबार चन्द्रघण्टा भगवतीको पूजा अर्चना हुँदैछ। दशैं घर र विभिन्न शक्तिपीठहरुमा भगवती दुर्गाको एक रुप चन्द्रघण्टाको पूजा आराधना गरिँदैछ। घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्नुपर्ने धार्मिक व्यवस्था रहेको छ। नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा अर्चना र उपासना गर्ने गरिन्छ। दशैंको तेस्रो दिन बुधबार देशभरीका नवदुर्गाका मन्दिर र शक्तिपीठहरुमा बिहानैदेखि भक्तजनहरुको भीड लागेको छ। काठमाडौं उपत्यकाभित्र शोभा

मुख्य समाचार, राष्ट्रिय, समाचार  संग सबंधीत छ |

ख्वप कलेज फुटसल टुर्नामेन्ट २०७९

 न्युज डेस्क

भक्तपुरमा ख्वप कलेज फुटसल टुर्नामेन्ट २०७९ हुने भएको छ । ख्वप कलेज देकोचा भक्तपुरको आयोजनामा बुधबारदेखि हुन लागेको टुर्नामेन्ट दुई दिन चल्नेछ । प्रतियोगितामा उत्कृष्ट टिमलाई कलेजको वार्षिकोत्सवको अवसरमा पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्ने जनाइएको छ । प्रतियोगिता अन्तर्गत छात्र र छात्रा गरी दुई समूहमा हुनेछन् । पहिलो दिन छात्रतर्फ आठवटा र छात्रातर्फ चारवटा खेल हुनेछन् । प्रतियोगितामा कलेजको विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षाशास्त्र सङ्कायमा स्नातकदेखि स्नातकोत्तर तहसम्मका विद्यार्थी सहभागी हुने जनाइएको छ । प्रतियोगिता भक्तपुरको सूर्यविनायकस्थित हेल्थी फुटसल इटबु सूर्यविनायकमा हुने जनाइएको छ ।


दशैंको दोस्रो दिन आज ब्रम्हचारिणी भगवतीको पूजा गरिँदै

 न्युज डेस्क

काठमाडौं – बडादशैंको दोस्रो दिन आज नवदुर्गा मध्येकी दोस्रो देवी ब्रह्मचारिणीको पूजा आराधना गरी मनाइदैछ । आज दशैँ घर अथवा पूजा कोठामा दुर्गा स्थापना गरिएको स्थलमा ब्रह्मचारिणीको स्तुति गरी मनाइने शास्त्रीय विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । नव दुर्गामध्ये पहिलो दिन शैलपुत्रीको पूजा आराधना गरिन्छ भने दोस्रो दिन ब्रह्मचारिणीको स्तुति गर्ने चलन छ । पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाचौँ दिन स्कन्दमाताको स्तुति गरिन्छ । त्यस्तै छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा

मुख्य समाचार, राष्ट्रिय, व्यक्तित्व, समाचार, समाज  संग सबंधीत छ |

नेपाल सरकारले आफ्नै लगानीमा सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार गर्न बोलपत्र आह्वान

 न्युज डेस्क

नेपाल सरकारले आफ्नै लगानीमा सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार गर्न बोलपत्र आह्वान गरेको छ । जापानी सहयोग नियोग (जाइका) ले सूर्यविनायक–धुलिखेल सडक खण्ड ८ लेनमा विस्तारको परियोजनाबाट हात झिकेपछि सरकार आफैंले यो सडक दुई खण्डमा विभाजन गरेर विस्तार गर्न लागेको हो । सडक विभागको सूर्यविनायक धुलिखेल र धुलिखेल–सिन्धुली सडक आयोजनाका अनुसार साँगा–धुलिखेल खण्डको निर्माणका लागि टेन्डर आह्वान भइसकेको छ । आयोजनाका प्रमुख रवीन्द्रलाल दासका अनुसार करिब साढे ९ अर्ब लागतमा सरकारले आफ्नै स्रोतबाट यो खण्ड विस्तार गर्न लागेको हो ।‘सूर्यविनायक–साँगा खण्डको पनि केही दिनमै टेन्डर प्रकाशित हुन्छ,’ उनले भने, ‘दुवै खण्डलाई एक

मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज  संग सबंधीत छ |

मनास्लुमा हिमपहिरो, केही आरोही बेपत्ता भएको आशंका

 न्युज डेस्क

गोरखाको मनास्लु हिमाल क्षेत्रमा हिम पहिरो गएको छ। सोमबार अपरान्ह चुमनुब्री गाउँपालिका-१ स्थित मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार इम्याजिन नेपालको टोलीका लागि क्याम्प ३ देखि क्याम्प ४ मा सामान पुर्‍याउन जाँदा हिमपहिरो खसेको हो। हिमपहिरोमा परी केही आरोही वेपत्ता भएको भनिए पनि यकिन विवरण भने प्राप्त भएको छैन। साथै हिमपहिरो जाँदा दर्जन बढी व्यक्ति घाइते पनि भएका छन् । हाल उद्धारका लागि त्यसतर्फ हेलिकप्टर गएको तर, मौसम खराबीले कठिनाइ भएको बताइएको छ ।


थप ५३ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि

 न्युज डेस्क

देशभर थप ५३ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । २ हजार ६२४ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ३९ तथा एन्टिजेन विधिबाट १४ जनामा सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यही अवधिमा थप ८४ जना निको पनि भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार १७८ पुगेको छ । कोभिड–१९ को नेपालमा हालसम्म १२ हजार १७ जनाको मृत्यु भइसकेको छ ।


आजदेखि दशैँ सुरु, घर-घरमा घटस्थापना गरिँदै

 न्युज डेस्क

काठमाडौं । आज घटस्थापना । हरेक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको पर्व दशैँ आजदेखि सुरु भएको छ । दशैँको पहिलो दिन आज घर-घरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दशैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो ठाउँबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैँ घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोप्ने गरिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । विजयादशमीको

मुख्य समाचार, राष्ट्रिय, समाज  संग सबंधीत छ |

उज्यालो समाचार

सडक पुनर्निर्माणको काम सम्पन्न नभएकाले बीपी राजमार्गको यात्रा कष्टकर ।

घरायसी विवादका कारण जनकपुरमा आफ्नै ज्वाइँले गरे ससुराको हत्या ।

रसुवा बाढीले बेपता भएका १८ जनाको खोजी कार्य जारी,सतर्कता अपनाउन आग्रह ।

कडा आन्दोलनका कार्यक्रम ल्याउने चेतावनी दिएका डाक्टरहरु आज आन्दोलनमा बिरामीलाइ भने समस्या ।

बीपी राजमार्गमा एक महिनासम्म रातीको समयमा गाडी चलाउन रोक ।