सत्तागठबन्धन बैठक सकियो, अर्को बैठक ४ बजे बस्ने

 न्युज डेस्क

काठमाडौं : सत्तागठबन्धनको बैठक दिउँसो ४ बजे फेरि बस्नेगरी सकिएको छ। आगामी मंसिर ४ मा हुने संघ तथा प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटको टुंगो लगाउन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलका सदस्यसहित गठबन्धनका शीर्ष नेताहरुको बैठक बसेको थियो। बैठक दिउँसो ४ बजे बस्नेगरी सकिएको कांग्रेस नेता रामचन्द्र पौडेलले जानकारी दिए। नेता पौडेलका अनुसार सिट बाँडफाँटमा सहमति जुट्न नसकेपछि दिउँसो ४ बजे बैठक फेरि बस्न लागेको हो। बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’,नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल,वरिष्ठ नेता झलनाथ खनाल,जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरु छलफलमा

मुख्य समाचार, राष्ट्रिय  संग सबंधीत छ |

समानुपातिक उम्मेदवारको बन्दसूची ४८ दलले दर्ता गराए

 न्युज डेस्क

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीका लागि ४८ राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची दर्ता गराएका छन् । ६८ दलले निवेदन दिएकोमा ४८ ले मात्रै उम्मेदवारको बन्दसूची दर्ता गराएको निर्वाचन आयोगले जानकारी दिएको छ । प्रतिनिधि सभामा समानुपातिल संख्या ११० रहेको छ । समानुपातिक उम्मेदवारको बन्दसूची दर्ता गर्नका लागि आयोगले आइतबार र सोमबारको कार्यतालिका तय गरेको थियो । प्रदेश सभा सदस्यका लागि पनि सोमबार र मंगलबार नै बन्दसूची दर्ता भएको छ । आयोगका अनुसार प्रदेश १ मा ३६, मधेशमा ३६, बागमतीमा ४०, गण्डकीमा ३१, लुम्बिनीमा ३२, कर्णालीमा २८, सुदूरपश्चिममा ३४ दलले बन्दसूची दर्ता

मुख्य समाचार, राष्ट्रिय, समाचार  संग सबंधीत छ |

गोठाटार गोली काण्ड : जेल जीवन विताएका व्यवसायी मोहम्मदको फिल्मी शैलीमा हत्या

 न्युज डेस्क

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-८ गोठाटारमा सोमबार समसाँझै गोली प्रहार गरेर एक व्यवसायीको हत्या भयो। गोली प्रहारबाट सर्लाहीको हरिवन नगरपालिका-२ का ५५ वर्षीय मोहम्मद दर्जी उर्फ लाल मोहम्मदको ज्यान गएको हो। उनको शरीरका विभिन्न भागमा गोली प्रहार भएको थियो। गोठाटारस्थित व्यस्त सडकमा बा६च ५१५२ नम्बरको कारबाट निस्किने वित्तिकै मोहम्मदमाथि अज्ञात समूहले गोली प्रहार गरेको थियो। मोहम्मदलाई रातो टिसर्ट लगाएका आक्रमणकारीले लखेटी लखेटी गोली प्रहार गरेको सीसीटीभी फुटेजमा देख्न सकिन्छ। गोली चलेको देखेपछि परिवारका सदस्यले प्रतिवाद गर्न खोज्दा आक्रमणकारी पेस्तोल छोडेर भागेका थिए। आक्रमणपछि घाइते भएका मोहम्मदलाई तत्काल शंखरापुरस्थित अस्पताल

मुख्य समाचार, राष्ट्रिय, समाचार  संग सबंधीत छ |

सत्ता गठबन्धनको बैठक बस्ने तयारी

 न्युज डेस्क

काठमाडौं । सत्ता गठबन्धनको बैठक मंगलबार बस्ने तयारी गरिएको छ । मंसिर ४ गते हुने निर्वाचनका लागि सिट बाँडफाँटमा सहमति जुटाउने प्रयासस्वरुप बैठक बस्न लागेको हो । यद्यपी समय तय भइनसकेको एक नेताले जानकारी दिए । नेताहरु समानुपातिक सूची तय गर्नका गठबन्धनको बैठक नै स्थगित गरेर व्यस्त बनेका थिए । समानुपातिक सूची निर्वाचन आयोगमा बुझाएसँगै गठबन्धनका नेताहरु फेरि छलफलमा जुट्न लागेका हुन् । निर्वाचन क्षेत्र बाँडफाँटका बारेमा गठबन्धन दलहरूका बीच सकारात्मक दिशामा छलफल भैरहेको छ। कतिपय क्षेत्रमा सिट बाँडफाँटमा सहमति भएको र नमिलेको विषयमा बैठक बसेर मिलाइने ती नेताको भनाइ

मुख्य समाचार, राष्ट्रिय, समाचार  संग सबंधीत छ |

स्वास्थ्य सेवा सुधारका विभिन्न माग राखेर ८ दिनदेखि अनशनमा रहेका डा. गोविन्द केसीलाई उपचारका लगि अन्यत्र लैजान सेती प्रादेशिक अस्पतालको आग्रह

 न्युज डेस्क

स्वास्थ्य सेवा सुधारका विभिन्न माग राखेर ८ दिनदेखि अनशनमा रहेका डा. गोविन्द केसीलाई उपचारका लगि अन्यत्र लैजान सेती प्रादेशिक अस्पतालले आग्रह गरेको छ । केसीको मांशपेशी सुक्दै गएको र अल्सर भई रक्तश्राबको शंका भएको भन्दै अस्पतालका प्रवक्ता डा. शेरबहादुर कमरले थप जटिलता हुन सक्ने हुनाले बहुविशेषज्ञ भएको विशिष्टिकृत अस्पतालमा स्थानान्तरणका लागि पहल गर्न आग्रह गरेका छन् । अस्पतालले विशिष्टिकृत अस्वतालमा स्थानान्तरणको पहल गरिदिन सुदूरपश्चिम मानव अधिकार आयोग, सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र संघीय स्वास्थ्य मन्त्रालयमा जानकारी गराएको छ । धनगढी स्थित कृष्णमन्दिरको धर्मशालामा अनशन बसेका केसीको स्वास्थ्यमा समस्या

मुख्य समाचार, राष्ट्रिय  संग सबंधीत छ |

माइतीघरमा संविधान जलाउने ५ जना पक्राउ

 न्युज डेस्क

संविधानविरूद्ध प्रदर्शन गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। माइतीघर मण्डलामा ‘कालो संविधान’ को संज्ञा दिएर संविधान जलाइरहेको अवस्थामा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। संविधान दिवसको दिन माइतीघरमा जम्मा भएर संविधान जलाउनेलाई पक्राउ गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता सीताराम रिजालले जानकारी दिए।


कांग्रेसले तीन बजे समानुपातिक सूची बुझाउने

 न्युज डेस्क

काठमाडौं । नेपाली कांग्रेसले समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची दिउँसो तीन बजे निर्वाचन आयोगमा बुझाउने भएको छ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले दिउँसो ३ बजेसम्म उम्मेदवारको बन्दसूची तयार पारेर निर्वाचन आयोगमा बुझाइने बताए । अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेसले समानुपातिक तर्फका उम्मेदवारको सूची बनाइरहेको छ । प्रदेशगत रुपमा बालुवाटारभित्र सातवटा ठाउँमा उम्मेदवारको सूची बनाउने काम भइरहेको उनको भनाइ छ । कांग्रेस संसदीय समितिका सदस्य, आमन्त्रित रुपमा पूर्व पदाधिकारी र केन्द्रीय सदस्य शेखर कोइराला, बालकृष्ण खाण र ज्ञानेन्द्रबहादुर कार्कीलाई छलफलमा सहभागी गराइएको छ । उनीहरु आ–आफ्नो गृह प्रदेशका समानुपातिक उम्मेदवारको सूची

मुख्य समाचार, राष्ट्रिय, समाचार  संग सबंधीत छ |

समानुपातिक सूची टुंग्याउन माओवादी केन्द्रको बैठक बस्दै

 न्युज डेस्क

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक दिउँसो २ बजे बस्ने भएको छ । समानुपातिक सूची तयार गर्न सोमवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने लागेको हो । समानुपातिक सूची तयारीका लागि गृहकार्य नपुगेकाले बैठक दिउँसो २ बजेका लागि सारिएको छ । समानुपातिक सूची तयार गर्न महासचिव देव गुरुङको संयोजकत्वमा चार सदस्यीय कार्यदल बनाएको छ । जसको सदस्यमा शक्तिबहादुर बस्नेत, मातृकाप्रसाद यादव र गिरिराजमणि पोखरेल छन् । कार्यदलले समानुपातिक सूचीका विषयमा पर्याप्त गृहकार्य गरेपछि पार्टी पदाधिकारी बैठकमा छलफल भई निर्णय हुने बताइएको छ । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने

मुख्य समाचार, राष्ट्रिय  संग सबंधीत छ |

उज्यालो समाचार

सडक पुनर्निर्माणको काम सम्पन्न नभएकाले बीपी राजमार्गको यात्रा कष्टकर ।

घरायसी विवादका कारण जनकपुरमा आफ्नै ज्वाइँले गरे ससुराको हत्या ।

रसुवा बाढीले बेपता भएका १८ जनाको खोजी कार्य जारी,सतर्कता अपनाउन आग्रह ।

कडा आन्दोलनका कार्यक्रम ल्याउने चेतावनी दिएका डाक्टरहरु आज आन्दोलनमा बिरामीलाइ भने समस्या ।

बीपी राजमार्गमा एक महिनासम्म रातीको समयमा गाडी चलाउन रोक ।