प्रतिनिधिसभाबाट तीन विधेयक पारित, शनिवार अन्तिम बैठक

 न्युज डेस्क

प्रतिनिधिसभा बैठकले विभिन्न तीन विधेयक पारित गरेको छ । शुक्रवार बसेको बैठकले पशुस्वास्थ्य तथा पशुसेवा विधेयक, २०७९, बीमा विधेयक, २०७९ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ पारित गरेको हो । सो विधेयक पारितपछि सभामुख अग्नि सापकोटाले शनिवार दिउँसो १ बजे पुनः बस्नेगरी बैठक सकिएको घोषणा गरे । शनिवार बस्ने बैठक प्रतिनिधिसभाको अन्तिम बैठक हो । शनिवार मध्यरात १२ बजेबाट चालू प्रतिनिधिसभाको आयु सकिन लागेकाले सो बैठक अन्तिम हुने भएको हो ।


नागढुङ्गा–नौबिसे सुरुङमार्ग : मुआब्जा वितरण र भत्काउने काम जारी

 न्युज डेस्क

काठमाडौँ । नागढुङ्गा–नौबिसे सुरुङमार्गअन्तर्गत पर्ने घर तथा जग्गा अधिग्रहणको काम अझै सकिएको छैन। पूर्ण अधिग्रहणका लागि घरजग्गाको मुआब्जा वितरण र भत्काउने काम जारी रहेको नागढुङ्गा–नौबिसे सुरुङमार्ग आयोजनाले जनाएको छ । घरधनी र जग्गाधनीलाई मुआब्जा वितरण हुन बाँकी रहेकाले पूर्ण अधिग्रहण हुन नसकेको हो। ती घरमा व्यापार–व्यवसाय गर्ने व्यक्तिको मुआब्जा वितरण भने सकिएको छ। घरजग्गाको मुआब्जा पूर्ण रूपमा वितरण गर्न आर्थिक वर्ष २०७८/७९ को अन्त्य र नयाँ आर्थिक वर्षको बजेटको निकासामा ढिलाइ भएकाले पनि काम सक्न ढिलाइ भएको आयोजनाको पुनर्वास व्यवस्थापन विज्ञ पदमराज शर्माले बताउनुभयो। आयोजनामा यतिबेला मुख्य राजमार्ग छोएर विस्तार

अर्थ, मुख्य समाचार, राष्ट्रिय  संग सबंधीत छ |

महाभियोग सिफारिस समितिको बैठक बस्दै

 न्युज डेस्क

काठमाडौं– निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथि छानबिन गर्न गठित महाभियोग सिफारिस समिति बैठक शुक्रबार पनि बस्दैछ। समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। शुक्रबारको बैठकमा समितले निलम्बित प्रधानन्यायाधीश राणासँग पुन: बयान लिने भएको छ। बिहीबार कानुन व्यवसायीले दिएको बयानबारे शुक्रबारको बैठकमा राणासँग सोधपुछ गर्न लागिएको हो। समितिले शुक्रबारै बयानको कामलाई सकाउने तयारी गरेको छ। बिहीबारको बयानका क्रममा जबराले लगाएका आरोपमा नाम मुछिएका कानुन व्यवसावीयले समितिलाई जवाफ दिएका थिए।


स्वीडेनकी प्रधानमन्त्रीले दिइन् राजीनामा

 न्युज डेस्क

स्वीडेनकी प्रधानमन्त्री माग्दालेना एन्डरसनले राजीनामा दिएकी छन्। उनले नेतृत्व गरेको गठबन्धन आइतवार सम्पन्न निर्वाचनमा पराजित भएपछि उनले राजीनामा दिएकी हुन्। उनको मध्य-वामपन्थी गठबन्धन झिनो मतान्तरले दक्षिणपन्थी गठबन्धनसँग पराजित भएको छ। ९९ प्रतिशत मतगणना भइसक्दा प्रधानमन्त्री नेतृत्वको गठबन्धनले १७३ सिटमा जित हात पारेको छ भने दक्षिणपन्थी गठबन्धनले १७६ सिटमा जित हात पारेको बीबीसीले जनाएको छ। अब दक्षिणपन्थी गठबन्धनका तर्फबाट मोडरेट पार्टीका नेता उल्फ क्रिसटेरेसनको नेतृत्वमा सरकार गठन हुनेछ। यस गठबन्धनमा स्वीडेन डेमोक्रेट्स पार्टीसहितका दलहरु छन्। निर्वाचनको अन्तिम मतपरिणाम आइपुग्न बाँकी नै छ। पुन:मतगणना मार्फत अन्तिम नतिजा सार्वजनिक हुने स्वीडेनमा अभ्यास छ।

अन्तर्राष्ट्रिय, मुख्य समाचार  संग सबंधीत छ |

बुधबार ६५ अंकले बढेको सेयर बजार परिसूचक नेप्सेमा आज बिहीबार भारी गिरावट

 न्युज डेस्क

काठमाडौं । बुधबार ६५ अंकले बढेको सेयर बजार परिसूचक नेप्सेमा आज बिहीबार भारी गिरावट आएको छ । एक साता ओरोलो लागेको नेप्से बुधबार ६५ अंकले बढेको थियो तर आज ५७ अंकले घटेको हो । आज नेप्से परिसूचक २.८८ प्रतिशतले घटेर १९२४.४८ बिन्दुमा पुगेको छ । आज २३२ कम्पनीका ६९ लाख ४० हजार ५६९ कित्ता सेयर किनबेच भएको छ । आज २ अर्ब १२ करोड ५६ लाख ५५ अजार ७८७ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेन्सेटिभ इन्डेक्स पनि २.९१ प्रतिशतले घटेर ३७४.१४ को बिन्दुमा झरेको छ । आज १३

अर्थ, मुख्य समाचार  संग सबंधीत छ |

खेल रद्द हुँदा आर्मी नवौं राष्ट्रिय खेलकुदको फाइनलमा

 न्युज डेस्क

विभागीय टोली त्रिभुवन आर्मी क्लब नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहीबार तय सुदूरपश्चिम विरुद्धको पहिलो सेमिफाइनल खेल रद्द भएपछि आर्मी फाइनल पुगेको हो । त्रिवि क्रिकेट मैदानमा खेल रद्द भएपछि समूह चरणको उत्कृष्ट नतिजाका आधारमा आर्मी उपाधि नजिक पुगेको हो । आर्मी समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो । सुदुरपश्चिम समूह ‘बी’ को उपविजेता बनेको थियो । जारी प्रतियोगितामा यो रद्द भएको १७ औं खेल हो । अब आर्मीले फाइनलमा एनआरएनए स्पोर्टस् एकेडेमी र नेपाल पुलिस क्लब बीचको विजेतासँग खेल्ने छ ।


महानगरविरुद्ध सडक व्यापारीको विरोध प्रदर्शन

 न्युज डेस्क

काठमाडौँ — सडकपेटी र गल्लीहरूमा व्यापार गर्न नदिएको भन्दै सडक व्यापारीहरूले बिहीबार विरोध प्रदर्शन गरेका छन् । बिहीबार नेपाल स्वरोजगार व्यापार श्रमिक संघको नेतृत्वमा व्यापारीहरूले काठमाडौं महानगरपालिका कार्यालयअगाडि विरोध प्रदर्शन गरेका हुन् । महानगरपालिकाभित्र रहेका सडकपेटी र गल्लीहरुमा व्यापार गरेर जीविकोपार्जन गर्ने निम्नवर्गीय स्वरोजगार श्रमिकको सामान कब्जा र गिरफ्तार गर्नेलगायतका कारबाही गरेको भन्दै व्यापारीहरूले महानगर कार्यालय अगाडि धर्ना दिएका हुन् । स्वरोजगार श्रमिकलाई बेरोजगार बनाउने काम महानगरपालिकाले गरेको उनीहरूको आरोप छ ।


कोरोना बिमाको साढे १० अर्ब बाँकीमध्ये एक अर्ब भुक्तानी गर्दै सरकार

 न्युज डेस्क

काठमाण्डाै -नेपाल सरकारले कोरोना बिमा दाबी रकम भुक्तानी गर्न एक अर्ब रुपैयाँ निकासा गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना बिमा दाबी भुक्तानी गर्न बाँकी रकमका लागि बिमा समितिमार्फत रकम वितरण गर्ने निर्णय गरेको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार केही दिनभित्र बजेट समितिमार्फत भुक्तानी प्रक्रिया अगाडि बढ्नेछ । बिमा समितिको तथ्यांकअनुसार एक लाख ११ हजार आठ सय ९९ वटा पोलिसीको दाबी भुक्तानी भएको छैन । सो पोलिसीमार्फत १० अर्ब ५२ करोड रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ । सो रकम सरकारको दायित्वअन्तर्गत पर्छ । सरकारले आफ्नो दायित्व रकम भुक्तानी गरेपछि मात्रै बिमितलाई

मुख्य समाचार, समाचार  संग सबंधीत छ |

उज्यालो समाचार

अरनिको राजमार्ग पहिरोको कारण अवरुद्ध ।

सडक पुनर्निर्माणको काम सम्पन्न नभएकाले बीपी राजमार्गको यात्रा कष्टकर ।

घरायसी विवादका कारण जनकपुरमा आफ्नै ज्वाइँले गरे ससुराको हत्या ।

रसुवा बाढीले बेपता भएका १८ जनाको खोजी कार्य जारी,सतर्कता अपनाउन आग्रह ।

कडा आन्दोलनका कार्यक्रम ल्याउने चेतावनी दिएका डाक्टरहरु आज आन्दोलनमा बिरामीलाइ भने समस्या ।