सिट बाँडफाँटको कार्यदलको बैठक बस्ने, बाँकी कामको जिम्मा देउवा र प्रचण्डलाई

 न्युज डेस्क

काठमाडौं । सत्ता गठबन्धनका दलहरुले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँट गर्न बनाएको कार्यदलले आज आफ्नो प्रतिवेदन शीर्ष नेताहरुलाई बुझाउने भएको छ । आज बिहान नौ बजे बस्ने कार्यदलको बैठकले प्रतिवेदनलाई अन्तिम रुप दिने र शीर्ष नेताहरुलाई बुझाउने कार्यदलका एक जना सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । ‘प्रतिवेदन तयार पारिसकेका छौं, बिहीबार नै शीर्ष नेताहरुलाई बुझाउँदै’ सञ्चारमन्त्रीसमेत रहेका कार्कीले भने । यही साउन २० गते बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तालमेल गर्ने निर्णय गर्दै सिट बाँडफाँटका

मुख्य समाचार, राष्ट्रिय, समाचार  संग सबंधीत छ |

४४ स्थानीय तहले अहिलेसम्म पेस गरेनन् बजेट

 न्युज डेस्क

काठमाडौं– नयाँ आर्थिक वर्ष सुरु भएर दुई महिना बित्न लाग्दा पनि अझै ४४ वटा स्थानीय तहले चालु आर्थिक वर्ष २०७९/८० को बजेट पेस गरेका छैनन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार अटेरी गरी बजेट पेश नगर्ने स्थानीय तहमा मधेश प्रदेशमा ३३, लुम्बिनी प्रदेशमा ६, कर्णाली प्रदेशमा ३ र सुदूरपश्चिम प्रदेशमा २ वटा रहेका छन् । नियममा स्थानीय तहले असार मसान्त भित्र चालु आर्थिक वर्षको बजेट पेश गरिसक्नु पर्ने व्यवस्था रहेको छ । तर केही स्थानीय तहले भने अटेरी गरी बजेट नै पेश नगरी बसेका छन् । बजेट पेश

मुख्य समाचार, राष्ट्रिय, समाचार  संग सबंधीत छ |

सन्दीप लामिछानेविरुद्ध प्रहरीमा उजुरी

 न्युज डेस्क

काठमाडौं– राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरीमा उजुरी परेको छ। काठमाडौंको एक कलेजमा अध्ययनरत १५ वर्षीया किशोरीले गौशला प्रहरी वृत्तमा उजुरी दिएकी काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआइजी रविन्द्र धानुकले जानकारी दिए। मंगलबार साँझ परेको उजुरीमाथि अध्ययन भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले पीडित किशोरीको स्वास्थ्य जाँच गरी घटना भएको स्थानको प्रमाण संकलनको प्रक्रिया अघि बढाएको छ। लामिछानेले गत भदौ ५ गते उनलाई जबर्जस्ती करणी गरेको उजुरीमा उल्लेख रहेको बताइएको छ। सन्दीप हाल क्यारेवियन प्रिमियर लिग (सिपिएल) खेल्न वेष्ट इन्डिजमा छन्। पाँच टी–२० र तीन एकदिवसीय क्रिकेट श्रृंखला खेल्न उनी

मुख्य समाचार, राष्ट्रिय, समाचार  संग सबंधीत छ |

सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दै

 न्युज डेस्क

काठमाडौं – सत्ता गठबन्धनको सिट बाँडफाँड कार्यदलको बैठक आज पनि बस्दैछ । कार्यदलको बैठक आज साँझ ५ बजेका लागि बोलाइएको छ । कार्यदलले सहमति भएको विषयसहितको प्रतिवेदन आज शीर्ष नेतालाई बुझाउने भएको छ। मंगलबार अबेरसम्म कार्यदल बैठक बसेको थियो । कार्यदल करिब करिब सहमतिनजिक रहेको नेपाली कांग्रेसका नेता तथा सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । ‘आज साँझ बैठक बस्छ । करिब करिब सहमतिनजिक छौँ,’ उनले ने, ‘सहमति लिपिबद्ध गरेर नेतृत्वलाई जानकारी गराउँछौँ । प्रतिवेदन शीर्ष नेतालाई बुझाउँछौँ ।’ दलहरूलाई प्राप्त मतअनुसार र केही राजनीतिक विषयलाई समेत मध्यनजर गरी

मुख्य समाचार, राष्ट्रिय, समाचार  संग सबंधीत छ |

कामपा मेयर बालेन शाहले असन क्षेत्रको फुटपाथको व्यापार र अवैध संरचना हटाउन निर्देशन

 न्युज डेस्क

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले असन क्षेत्रको फुटपाथको व्यापार र अवैध संरचना हटाउन निर्देशन दिएका छन् । यससँगै महानगर प्रहरी लगाएर फुटपाथ पसलहरु हटाउन थालेको छ । असनको इन्द्रचोक क्षेत्र लगायतमा अव्यवस्थित रुपमा सञ्चालनमा भइरहेका पसलहरु, पार्किङ तथा असनका गल्ली गल्लीमा राखिएका फुटपाथ पसल प्रहरीले हटाउन थालेको छ । असन क्षेत्रमा पसलको एरियाभन्दा बाहिर पनि झुन्ड्याएर तथा फुटपाथ मिचेर राखिएका भाँडाकुँडा, क्रिष्टलका सामग्रीहरु, लत्ता कपडा, खेलौना आदि लगायत सामग्रीहरु भोलि बिहानसम्म हटाउन निर्देशन दिइएको छ । अटेर लगाएमा प्रहरीले ती पसल जफत गर्ने बताइएको छ ।


उज्यालो समाचार

प्रजनन क्षमता बढी भएको बेलामा नै सन्तान जन्माउन राम्रो हुने, प्रधानमन्त्री ओलीको भनाई ।

विलासी करको विरोधमा आन्दोलन सुनचाँदी व्यवसायी गरे आन्दोलन स्थगित, आज देखि पसल सञ्चालनमा आउने ।

अरनिको राजमार्ग पहिरोको कारण अवरुद्ध ।

सडक पुनर्निर्माणको काम सम्पन्न नभएकाले बीपी राजमार्गको यात्रा कष्टकर ।

घरायसी विवादका कारण जनकपुरमा आफ्नै ज्वाइँले गरे ससुराको हत्या ।