न्युज डेस्क
फोहोरका गाडीलाई अवरोध गरेपछि बन्चरेडाँडामा हवाई फायर
न्युज डेस्क

मंगलबार, साउन ३१, २०७९ काठमाडौं । काठमाडौंबाट फोहोर बोकेर गएका गाडीलाई अवरोध गरेपछि बन्चरेडाँँडामा प्रहरीले हवाई फायर गरेको छ । प्रहरीले अवरोध हटाउन अश्रुग्याँस र हवाई फायर गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी भरत बोहराले जानकारी दिए । स्थानीयले फोहोरका गाडीलाई अगाडि जान दिएका छैनन् ।
नेप्से फेरि ओरालो यात्रामा
न्युज डेस्क

काठमाडाैं | साउन ३१, २०७९ शेयर बजारको मापक नेप्से परिसूचकको वृद्धि एक दिन मात्रै टिकेको छ । पछिल्लो एक सातादेखि लगातार घटिरहेको नेप्से परिसूचक सोमवार ५५.८८ अंकले बढे पनि मंगलवार पुनः घटेको छ । सोमवार २०६५.६९ विन्दुमा पुगेको नेप्से मंगलवार २४.८३ अंकले घटेर २०४१.०६ विन्दुमा आइपुगेको छ । मंगलवार नेप्से १.२० प्रतिशतले घट्दा कारोबार भने ६४ लाख कित्ताको भएको छ । यसबाट कुल २ अर्ब ४७ करोड रुपैयाँको कारोबार भएको छ । मंगलवार बजार घटेको दिन अपर हेवाखोला हाइड्रोपावर कम्पनीले भने सबैभन्दा बढी कमाएको छ । यो कम्पनीले ९.९९ प्रतिशतले कमाउँदा अन्य