आईजीपी नियुक्तिविरुद्ध विश्वराज पोखरेलको रिट सर्वोच्चद्वारा खारेज

 न्युज डेस्क

२०७९ असार ३१ गते प्रहरी महानिरीक्षकमा धिराजप्रताप सिंहलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध एआईजी विश्वराज पोखरेलले हालेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासले सिंहलाई आईजीपी नियुक्त गर्ने सरकारको निर्णय कानुनसम्मत भएको ठहर गरेको हो । यो आदेशसँगै एआईजी पोखरेलसामु प्रहरी प्रधान कार्यालयमा हाजिर हुने वा राजीनामा दिने मात्र विकल्प छ ।


श्रीलंकाका राष्ट्रपतिले राजीनामा पत्रमा हस्ताक्षर गरे

 न्युज डेस्क

श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले राजीनामा पत्रमा हस्ताक्षर गरेका छन् । श्रीलंकाका सञ्चारमाध्यमका अनुसार राजापाक्षेको राजीनामा १३ जुलाईमा सभामुखले सार्वजनिक गर्ने छन् ।  ‘राष्ट्रपतिको राजीनामा पत्रमा हस्ताक्षर गरी वरिष्ठ सरकारी अधिकारीलाई हस्तान्तरण गरेका थिए । ती अधिकारीले राजीनामा पत्र संसद सभामुखलाई बुझाउने छन् । उक्त पत्रको जानकारी पाएका सभामुख महिन्दा यापा अबेवर्देनाले भोलि गोटाबाया राजापाक्षेको राष्ट्रपतिको कार्यकाल समाप्त भएको सार्वजनिक घोषणा गर्नेछन्,’ श्रीलंकाको समाचार संस्था डेली मिररले लेखेको छ । राजापाक्षेले हाल सेनाको साथमा सुरक्षित स्थानमा रहेको बताइएको छ । ९ जुलाईमा नागरिकले गरेको प्रदर्शनअघि राष्ट्रपति राजापाक्षेलाई सुरक्षित स्थानमा लिइएको थियो

अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

अमेरिकामा फेरि अर्को गोलीकाण्ड : ३ को मृत्यु, २ जना घाइते

 न्युज डेस्क

२७ असार २०७९, सोमबार लस एन्जेलस । अमेरिकामा फेरि अर्को गोली काण्ड भएको छ । गोली प्रहारबाट तीन जनाको मृत्यु भएको छ भने अरु दुई जना घाइते भएका छन् ।देशको क्यालिफोर्नियामा आइतबार बिहान घटना भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै विभिन्न सञ्चार माध्यमहरूले जनाएका छन् । स्थानीय समय अनुसार राती १२:४५ बजे घटना भएको हो । आक्रमणकारीले चार पुरुष र एक महिलालाई गोली प्रहार गरेको थियो । ती मध्ये तीन पुरुषको मृत्यु भएको छ भने घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचार गराइएको छ ।अमेरिकामा गोली प्रहारका घटना निरन्तर हुन थालेका छन् । गोली प्रहारका

अन्तर्राष्ट्रिय, मुख्य समाचार  संग सबंधीत छ |

प्रथम एन्जल्स एसइइ कप छात्र फुटसल प्रतियोगिता भोलिदेखि हुने

 न्युज डेस्क

असार २७, २०७९ काठमाडौं एन्जल्स हार्ट कलेजको आयोजनामा प्रथम एन्जल्स एसइइ कप छात्र फुटसल प्रतियोगिता मंगलबारदेखि हुने भएको छ । प्रतियोगितामा ३० टिमको सहभागिता रहने एन्जल्स हार्ट एजुकेसन फाउन्डेसनले जनाएको छ । एन्जल्स हार्टले पहिलो पटक फुटसल आयोजना गर्न लागेको हो । चारदिने प्रतियोगिताका खेलहरु मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमीको ए वान फुटसलमा हुनेछ ।  लिग कम नकआउट आधारमा हुने प्रतियोगिताका विजेताले ३० हजार र उपविजेताले २० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।


चिनियाँ नेता लिउ प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगे

 न्युज डेस्क

प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ बालुवाटार पुगेका छन् । बालुवाटार स्रोतका अनुसार उनीहरुबीच संवाद जारी छ । लिउ आइतबार बिहान चार दिने भ्रमणमा नेपाल आएका हुन् ।  उनले राष्ट्रपति विद्यादेवी भण्डारी, एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनाल, परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यक्रम छ । लिउ देउवालाई भेटेपछि परराष्ट्रमन्त्री खड्कालाई भेट्न सिंहदरबार आउनेछन् । त्यसपछि आइतबार बेलुकी साढे ६ बजे खड्काले लिउलाई सम्मानमा रात्रिभोज दिँदैछन् । विदेश विभाग

मुख्य समाचार, राष्ट्रिय, समाचार  संग सबंधीत छ |

नेताका नामका ट्रस्टमा ब्रह्मलुट भइरहेको छ : उपसभापति गुरुङ

 न्युज डेस्क

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेताका नाममा खुलेका ट्रस्ट र फाउन्डेसनका नाममा राज्यकोषबाट बजेट हाल्ने र ब्रह्मलुट गर्ने काम भइरहेको बताएका हुन् । उनले त्यो काम सरसर्ती भ्रष्टाचार भएको समेत भनेका छन् । श्रीलंकामा भएको घटनासँग जोड्दै उपसभापति गुरुङले नेताका नाममा खुलेका ट्रस्टमा बजेट लगानी गर्ने काम अहिल्यैबाट छोड्नुपर्ने बताएका छन् । उनले सामाजिक सन्जालमा लेखेका छन्, ‘सुशील कोइराला सभापति भएकै बेलामा मैले केन्द्रीय समितिको बैठकमा भनेको थिएँ–नेताहरुको नाममा खोलेको ट्रस्ट/फाउन्डेसनहरुमा राज्यकोषबाट बजेट हाल्ने र ब्रह्मलुट गर्ने काम भइरहेको छ। यो भ्रष्टाचार हो । रोक्नु पर्छ ।’ तर त्यसयता पनि

मुख्य समाचार, राष्ट्रिय, समाचार  संग सबंधीत छ |

जर्नादन शर्मालाई अर्थमन्त्रीबाट हटाइने

 न्युज डेस्क

अर्थमन्त्री जर्नादन शर्मा पदबाट हटाइने भएका छन् । उनी बजेट निर्माणमा करको विषयमा विवादमा परेकाले हटाइने बुझिएको छ । आज नेकपा माओवादी केन्द्रको बैठकमा पनि जर्नादनलाई हटाउनुपर्ने माग उठेको छ । सत्ता गठबन्धनको नेपाली काँग्रेसका नेताहरुले पनि उनलाई हटाउन माग गरिरहेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले शर्मालाई हटाउनेबारे नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफल गरिसकेको बुझिएको छ । अर्थमन्त्रालयमा बजेटसँग असम्बन्धित व्यक्ति रातारात छिरेको विषय चर्चामा छ । त्यसको सीसीटीभी गायब बनाइएको विषय चर्चामा छ ।


४/१२ हेरेर मात्र ‘सेयर बजारलाई संशाेधन गर्नु हुँदैन’

 न्युज डेस्क

नेपाल वित्त संस्था संघका अध्यक्ष सरोज काजी तुलाधरले राष्ट्र बैंकको नीतिका कारण सेयर बजार नघटेको बताएका छन्। व्यवस्थापन संघ नेपालले आयोजना गरेको मौद्रिक नीति सम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।उनले भने, “अहिले बजारमा राष्ट्रबैंकका कारणले सेयरबजार घटेको भन्ने पनि सुनिन्छ, तर मलाई त्यस्तो लाग्दैन। कतिपयले ४/१२ का नीतिका कारण बजार घटेको भन्छन् तर मलाई त्यस्तो लाग्दैन।” राष्ट्र बैंकले सेयर बजार मात्र नहेरी समग्र अर्थतन्त्रलाई हेरेर मौद्रिक नीति बनाउने उनी बताउँछन् । “यदि ४/१२ हटाएर सेयर बजार सधैँ बढी मात्र रहने भएत ठिकै होला तर त्यस्तो हैन भने जे

अर्थ, मुख्य समाचार, राष्ट्रिय, समाचार  संग सबंधीत छ |

उज्यालो समाचार

सर्पको टोकाइबाट छाउगोठमा सुतेकी महिलाको मृत्यु।

कपिलवस्तुमा बस अनियन्त्रित भएर दुर्घटना हुदाँ २६ जना घाइते ।

आज यी प्रदेशमा भारी वर्षा र चट्याङको सम्भावना ?

प्रजनन क्षमता बढी भएको बेलामा नै सन्तान जन्माउन राम्रो हुने, प्रधानमन्त्री ओलीको भनाई ।

विलासी करको विरोधमा आन्दोलन सुनचाँदी व्यवसायी गरे आन्दोलन स्थगित, आज देखि पसल सञ्चालनमा आउने ।