न्युज डेस्क
आइतबार अस्पतालका ओपीडी बन्द नगर्ने स्वास्थ्यमन्त्रीेको भनाइ
न्युज डेस्क

भक्तपुर : सरकारले जेठ १ गतेदेखि शनिबार र आइतबार २ दिन सार्वजनिक बिदा दिने निणर्य गरेपछि स्वास्थ्य संस्थाबाट उपलब्ध हुने सेवा के हुन्छ भन्ने बारेमा धेरै जनाको चासो बढेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्कुल र कलेजहरु पनि सरकारी कार्यालय जस्तै हप्ताको २ दिन बन्द हुने जानकारी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय भने लगातार २ दिन ओपीडी सेवा बन्द नगर्ने पक्षमा रहेको छ । अन्य सरकारी सेवा सातामा २ दिन बन्द भएपनि आइतबार अस्पतालका ओपीडी बन्द नगर्ने स्वास्थ्यमन्त्री विरोध खतिवडाले जानकारी गराउनुभयो । स्वास्थ्य संस्थाबाट उपलब्ध हुने सेवा