उज्यालो नेपाल पार्टी
निर्वाचनको मुखैमा उज्यालो नेपालका १५ नेताले पार्टी छाडे
Bipin Dhungana
भक्तपुर- कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी उनेपाका १५ संस्थापक नेताहरूले हाल उक्त पार्टीमा नरहेको बताएका छन्। डा.विशाल भण्डारी, निर्देश सिलवाल, डा.अभिषेकराज सिंह, सञ्जीव भट्टराईसहित १५ जनाले सामूहिक रूपमा पार्टीमा नरहेको बताएका हुन्। ‘हामी उज्यालो नेपालका सदस्यहरू उज्यालो नेपाल पार्टीबाट अलग भएको घोषणा गर्दछौं। हामी तत्काल विचार, मूल्य र नागरिक सरोकारका आधारमा क्रियाशील रहनेछौं। यसलाई कुनै दलप्रति समर्थन वा विरोधका रूपमा नभई नागरिक चेतना र साझा हितको अभ्यासका रूपमा बुझिदिन अनुरोध गर्दछौं,’ उनले भनेका छन्। यसरी अलग भएको बताउने केन्द्रीय नेतामा सुजन श्रेष्ठ, कुशुम घिमिरे, डा घनश्याम पाण्डे, क्षितिज भण्डारी,
