नेपाल सरकार
आज संविधान दिवस तथा राष्ट्रिय दिवस देशभर मनाइँदै ।
Bipin Dhungana
भक्तपुर -आज संविधान दिवस तथा राष्ट्रिय दिवस देशभर मनाइँदैछ । संविधानसभाबाट (नेपालको संविधान, २०७२ साल असोज ३ गते आजकै दिन घोषणा भएको थियो । वि.सं २०७२ साल असोज ३ गते तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले संविधान जारी भएको घोषणा गर्नुभएको थियो । वर्तमान संविधान घोषणाको एक दशक पुरा भएको छ । संविधान दिवस–२०८२ लाई आज विभिन्न कार्यक्रम गरी देशभर मनाइँदैछ । सरकारले देशको परिवर्तीत राजनीतिक उपलब्धिको संरक्षण गर्ने मूल कानुन ‘संविधान’ जारी भएको दिनलाई देशव्यापी रुपमा मनाउन आह्वान गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा आज बिहान सैनिक मञ्च,
