“कैलाली कारागार भित्र अन्तर-कैदी झडप: ४७ घाइते, एकको मृत्यु” कारागार तनावग्रस्त ।
Bipin Dhungana
भक्तपुर-कैदीबिच झडप हुदाँ एक जनाको मृत्यु भएपछि धनगढीस्थित कैलाली कारागार तनावग्रस्त बनेको छ । शुक्रबार मध्यराति दुई पक्षबिच झडप भएको थियो । झडपमा धनगढी उपमहानगरपालिका –४ का ४० वर्षीय भरत चौधरीको मृत्यु भएको छ । झडपमा ४७ जना कैदी घाइते भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो । घाइते कैदीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । दुई जना गम्भीर घाइतेलाई आइसियू र बाँकीलाई कोरोनाकालमा बनाइएको सेतीको कोभिड अस्पतालमा राखेर उपचार भइरहेको छ । अस्पतालमा घाइते कैदीका आफन्त र पत्रकारलाई प्रवेश गर्न रोक लगाइएको छ । अस्पताल
