चितबनको भरतपुर महानगरपालिकामा गठबन्धन उम्मेदवार रेणुले बढाइन् मतान्तर, पछाडि परे विजय

 सुबाश चौलागाई

भक्तपुर/चितबन भरतपुर महानगरपालिकाको सत्तारुढ गठबन्धनबाट मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले फराकिलो मतान्तरले अगाडि बढेकी छन्। बुधबार बिहान २६ हजार २५८ मत गणना हुँदा रेणुले ९ हजार ४४७ मत प्राप्त गरेकी छन्। एमालेका उम्मेदवार विजय सुवेदीले ८ हजार ५४ मत प्राप्त गरेका छन्। यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार २६५ मत प्राप्त गरेका छन्। उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ११ हजार २६५ र राप्रपाका हिमला गुरुङले ६ हजार ५७७ मत प्राप्त गरेकी छन्। भरतपुर महानगरपालिकामा एक लाख २७ हजार ८३९ मत खसेको छ।


मध्यपुर थिमीको मतगणना सकियो : आफ्नै ज्वाइँलाई हराएर मेयर बने जेठान

 सुबाश चौलागाई

भक्तपुर । भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा आफ्नै ज्वाइँलाई पराजित गरी जेठान मेयरमा निर्वाचित भएका छन् । गठबन्धनबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका सुरेन्द्र श्रेष्ठले बहिनी ज्वाइँ नेकपा एमालेका मदनसुन्दर श्रेष्ठलाई पराजित गरी मेयर बनेका हुन् । अन्तिम मत परिणामअनुसार मेयरमा निर्वाचित सुरेन्द्रले १५ हजार ९८ मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी एवं निवर्तमान नगर प्रमुख एमालेका मदनसुन्दर (जगूलु) श्रेष्ठले ११ हजार ३५ मत पाएका छन् । त्यस्तै उपप्रमुखमा गठबन्धनकै नेकपा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठले १२ हजार १०२ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वी एमालेकी उत्तरा नेपालले ८ हजार ९६३ मत

मुख्य समाचार, समाचार  संग सबंधीत छ |

मध्यपुर थिमिमा ज्वाईलाई हराएर जेठान मेयर बन्दै

 सुबाश चौलागाई

भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठ विजयको नजिक पुगेका छन् । एमालेबाट मेयरमा उम्मेदबारी दिएका मदनसुन्दर श्रेष्ठलाई तीन हजार पाँंच सय भन्दा वढी फरक पारिरहेका सुरेन्द्र विजयी नजिक पुगेका हुन् । मध्यपुर थिमि नगरपालिकाकामा जम्मा नौ वटा वडाहरु छन् । अहिलेसम्म सात वटा वडाको मतगणणा सकिसकेको छ । अव वडा नं ८ र ९ गरी दुई वटा मात्रै वडाको मतगणणा बाँंकी रहेको छ । यो दुई वटा वडामा पाँंच हजार सात सय मत खेसेको थियो । यो दुबै वटा वडामा एमाले बलियो मानिंदैन । यसअघि यहाँं नेपाल

समाचार, समाज  संग सबंधीत छ |

स्थानीय तह निर्वाचन : अझै आएन ८ जिल्लाको नतिजा

 सुबाश चौलागाई

शनिबार सम्पन्न भएको स्थानीय तह निर्वाचनको मतगणना जारी रहेपनि विभिन्न ८ जिल्लाका स्थानीय तहका अन्तिम नतिजा आउन सकेको छैन । कपिलबस्तु, रुपन्देही, नवल परासी (बर्दघाट सुस्ता पश्चिम), पर्सा, रौतहट, महोत्तरी, सुनसरी र झापा जिल्लाका कुनै पनि स्थानीय तहको नतिजा आउन नसकेको हो । तीमध्ये केही स्थानीय तहमा त मतगणना समेत हुन सकेको छैन । बाँकी स्थानीय तहमा भने मतगणना जारी रहेको छ ।


आगामी वर्षको बजेट कृषि उत्पादनमा केन्द्रीत हुन्छ : अर्थमन्त्री शर्मा

 सुबाश चौलागाई

सरकारले आगामी आर्थिक वर्षको बजेट कृषि उत्पादन बढाउन केन्द्रीत गर्ने भएको छ । विदेशबाट बढ्दो कृषिजन्य वस्तुको आयात न्यूनीकरण गर्न स्वदेशमै कृषि उत्पादन बढाउनतर्फ आगामी आर्थिक वर्षको बजेट केन्द्रीत गरिने भएको हो । अर्थमन्त्री जनार्दन शर्माले आज प्रतिनिधिसभामा विनियोजन बजेट पेस गर्दै आगामी वर्षमा कृषि क्षेत्रलाई विषेश प्राथामिकतामा राखिने जानकारी दिए । उनले कृषि उत्पादन वृद्धि गर्न कृषि अनुसन्धान, मल, बिउ, तालिम र प्राविधि, मेसिनरी सामानमा किसानको पहुँच बढाइने जानकारी दिए । यस्तै, किसानलाई यी वस्तुको सहज उपलब्धता गराउँदै खेतीयोग्य सबै बाँझो जमिनको उपयोग गर्न विषेश योजना ल्याउने उनले बताए

अर्थ, राष्ट्रिय, समाचार  संग सबंधीत छ |

काठमाडौंको उपमेयरमा सुनिता डंगोलको प्रारम्भिक अग्रता

 सुबाश चौलागाई

काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले प्रारम्भिक अग्रता लिएकी छन् । काठमाडौंको वडा नम्बर १, २ र ३२ को गणना भइरहँदा उनले ३९५ मत ल्याउँदै फराकिलो प्रारम्भिक अग्रता बनाएकी छन् । उनलाई राप्रपाकी उम्मेदवार विनिता मगैयाले पछ्याइरहेकी छन् । उनले ८५ मत पाएकी छन् ।


भक्तपुरको तीन नगरमा कांग्रेस र एकमा नेमकिपाको अग्रता

 सुबाश चौलागाई

भक्तपुरको चार नगरपालिकामध्ये तीन नगरमा नेपाली कांग्रेस र एक नगरमा नेपाल मजदूर किसान पार्टीले अग्रता लिएका छन् । नेकपा एमाले विजयी हासिल गर्दै आएको सूर्यविनायक, चाँगुनारायण र मध्यपुरथिमिमा नेपाली कांग्रेसले र भक्तपुर नगरमा नेमकिपाले अग्रता लिएको हो । राति १ बजेदेखि मतगणना सुरु गरिएको सूर्यविनायक नगरको वडा नं १ सिरुटारको मतगणनामा नगर प्रमुखमा कांग्रेसका निशान ढुङ्गेलले ४६३ मत ल्याउँदा एमालेका उम्मेदवार वासुदेव थापाले ४२८ मत प्राप्त गरेका छन् ।  यस्तै सूर्यविनायकको उपप्रमुखमा एमालेको उम्मेदवार सरिता भट्टराईले ४३२ मत ल्याएर अग्रता कायम गर्नुभएको छ भने गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का श्यामसुन्दर बस्नेत २२६ मतसहित

मुख्य समाचार, समाज  संग सबंधीत छ |

उज्यालो समाचार

कडा आन्दोलनका कार्यक्रम ल्याउने चेतावनी दिएका डाक्टरहरु आज आन्दोलनमा बिरामीलाइ भने समस्या ।

बीपी राजमार्गमा एक महिनासम्म रातीको समयमा गाडी चलाउन रोक ।

सुनचाँदी व्यवसायीहरुले गरे आन्दोलन भन्छन् , विलासिता खारेज नगरेसम्म आन्दोलन गर्ने ।

४५ वर्ष पुरानो पुल भाँचिदा काभ्रे–भक्तपुर वैकल्पिक सडक ठप्प, राजधानी आवतजावत प्रभावित!

भक्तपुर फिस ‘टनेल एक्स्पोमा २० हजार भन्दा बढीले गरे अवलोकन – विध्यार्थीहरुलाई विशेष छुट ।