काठमाडौँ महानगरमा ‘पूर्ण खोप सुनिश्चित अभियान’ सुरु — ५ वर्षमुनिका बालबालिकाको खोप स्थिति बुझ्न घर-घरमा अध्ययन

 न्युज डेस्क

काठमाडौँ, २०८२ वैशाख २४ (बुधवार) — काठमाडौँ महानगरपालिकाले ‘पूर्ण खोप सुनिश्चित अभियान’ आजदेखि सुरु गरेको छ। महानगरका ३२ वटै वडामा सञ्चालन हुने यो अभियान वैशाख २४ देखि २७ गते (बुधवारदेखि शनिवार)सम्म चार दिन सञ्चालन हुनेछ। उक्त अभियान अन्तर्गत ५ वर्षमुनिका बालबालिकाहरूले खोप प्राप्त गरेका छन् वा छैनन् भन्ने अवस्था बुझ्नका लागि स्वास्थ्यकर्मी र स्वयंसेवकहरूको टोलीले घर-घरमै पुगेर विवरण संकलन गर्नेछ। यस अभियानको उद्देश्य खोपबारे जनचेतना अभिवृद्धि गर्नुका साथै अभिभावकहरूलाई जानकारी गराउनु हो, ताकि कुनै पनि बालबालिका खोपबाट बञ्चित नहोस्। विशेषगरी काठमाडौँ महानगरपालिका–३२ नं. वडामा समेत अभियानलाई सफल बनाउने उद्देश्यले टोलीहरू

उज्यालो समाचार  संग सबंधीत छ |

भारतले पाकिस्तान प्रशासित कश्मीरको मुफ्फरबादमा गराएको हवाई आक्रमणले दक्षिण एसियामा फेरि चुलियो तनाव

 न्युज डेस्क

मुफ्फरबाद, पाकिस्तान प्रशासित कश्मीर:भारत र पाकिस्तानबीचको लामो समयदेखि चलिरहेको राजनीतिक तथा सैन्य तनाव फेरि एकपटक चुलिएको छ। हालै सार्वजनिक गरिएको एक तस्वीरमा पाकिस्तान प्रशासित कश्मीरस्थित मुफ्फरबाद क्षेत्रमा भारतले हवाई आक्रमण गर्नुभन्दा केही समय अगाडि लिइएको दृश्य देखिन्छ। रातको समयमा खिचिएको उक्त तस्वीरमा सहरको बस्तीहरू र टाढाका पहाडी भूभागमा देखिएको उज्यालो तथा धुवाँले तनावपूर्ण परिस्थितिको संकेत दिन्छ। भारतले पुलवामा आक्रमणमा ४० भन्दा बढी सुरक्षाकर्मीको मृत्यु भएपछि उक्त हमलालाई आतंकवादी गतिविधिको जवाफस्वरूप गरिएको दाबी गर्दै आएको छ। भारतले पाकिस्तानको भूमिमा रहेका आतंकी शिविरहरूलाई लक्षित गर्दै ‘सर्जिकल स्ट्राइक’ गरेको जनाए पनि पाकिस्तानले भारतीय

अन्तर्राष्ट्रिय, उज्यालो समाचार, मुख्य समाचार  संग सबंधीत छ |

ईपीएस शाखामा धर्ना, विद्यार्थी माथि लाठीचार्ज, पत्रकारलाई समेत धम्की ।

 न्युज डेस्क

भक्तपुर – ललितपुर जिल्लाको ग्वार्कोमा रहेको वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखामा कोरिया जान पाउनु पर्ने माग राखेर धर्ना दिन पुगेका युवामाथि प्रहरीले लाठीचार्ज गरेको हो  ।धर्नामा हस्तक्षेप गर्न पुगेका प्रहरीले पत्रकारहरूलाई पनि अभद्र व्यवहार गरेका हुन्। उक्त घटनामा प्रहरीले पत्रकारहरूलाई फोटो नखिच्न भनेका थिए ।यदि फोटो खिचेको खण्डामा प्रत्रकारहरुलाई समेत नियन्त्रणमा लिने धम्की दिएका सहभागी एक युवक बताएका छन् । भाषा परीक्षा पास गरेको १८ महिना बितिसक्दा पनि कोरिया जान नपाएपछि सरकारलाई दबाब दिन तीन दिनदेखि धर्नामा बसेका थिए ।  


लगातार परेको वर्षाको कारण ‘भिजिबिलिटी’ कमजोर हुँदा ,उडान प्रभावित ।

 न्युज डेस्क

  भक्तपुर – केहि दिन देखि लगातार परेको पानीले गर्दा देशको उडान प्रभावित भएको छ । प्रतिकूल मौसमका कारण ‘भिजिबिलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशका विभिन्न ठाँउमा विमानस्थलको उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । रामेछापबाट लुक्ला उड्ने समिट र तारा एअरका तीन विमान लुक्लाको खराब मौसमका कारण डाइभर्ट भएका छन् । वर्षा रोकिएसँगै काठमाण्डौ विमानस्थलसहित काठमाण्डौबाहिरका क्षेत्रीय विमानस्थलबाट सामान्य रूपमा विमान सञ्चालन भइरहेका विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले जानकारी दिनुभएको छ । दुर्गम क्षेत्रका विमानस्थलमा केही उडान अवरुद्ध भएका छन् भने नेपाल वायु सेवा निगमको काठमाण्डौ–थामखर्क गन्तव्यको उडान

समाज  संग सबंधीत छ |

सामुदायिक विद्यालयमा जनप्रतिनिधि लगायतले आफ्ना छोराछोरीलाई , पठनपाठन गराउन निर्देशन

 न्युज डेस्क

भक्तपुर- काभ्रेको मण्डनदेउपुर नगरपालिकाले शिक्षक, जनप्रतिनिधि, कर्मचारीलगायतले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पठनपाठन गराउन निर्देशन दिएको छ ।नगरले सार्वजनिक सूचना निकालेर सामुदायिक विद्यालय शैक्षिक सुधार योजनाअन्तर्गत मण्डनदेउपुर नगरभित्रका जनप्रतिनिधिदेखि कर्मचारीसम्मका छोराछोरीलाई सामुदायिक विद्यालयमा पठनपाठन गराउन निर्देशन दिएको हो । गएको चैत २६ गते नगर शिक्षा समितिको बैठकले गरेको निर्णयलाई अनिवार्य रूपमा कार्यान्वयन गर्न गराउन सूचित गरिएको मेयर टोकबहादुर वाइबाले बताउनुभयो । नगरले निर्णय गरेको तर सबैले कार्यान्वयन नगरेकाले सूचनामार्फत निर्देशन गरिएको उहाँको भनाइ छ । साथै जनप्रतिनिधि, शिक्षक, नगरका कर्मचारी तथा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घका पदाधिकारीलाई यो वैशाख

मुख्य समाचार, समाज  संग सबंधीत छ |

एनआरएनए राजनीति गर्ने ठाउँ नभएको परराष्ट्रमन्त्री डा. आरजु राणाको भनाई ।

 न्युज डेस्क

भक्तपुरमा-परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र राजनीति नगर्न आग्रह गर्नुभएको छ । आज काठमाडौंमा गैर आवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशनलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री राणाले आग्रह गर्नुभएको हो । परराष्ट्रमन्त्री राणाले एनआरएनएमा रहेर देश समृद्ध बनाउन सहयोग गर्नुपर्ने बताउनुभयो । राजनीति गर्नेलाई समृद्धि कसरी ल्याउन सकिन्छ रु भन्नेकुरा राम्रोसँग जानकारी नहुने भन्दै विदेशमा देखेका र भोगेका कुरालाई नेपालमा आएर परिणाम दिन सकिने बताउनुभयो । परराष्ट्रमन्त्री डा. राणाले गैरआवासीय नेपालीहरु आफ्नो परिवार, समाज, गाउँ र समुदाय विकास गर्ने महत्वपूर्ण माध्यम रहेको उल्लेख गर्नुभयो । उहाँले राजनीति गर्ने

समाचार  संग सबंधीत छ |

चिकित्सकका मागप्रति सरकार संवेदनशील भएको मन्त्री प्रदीप पौडेललेको भनाई ।

 न्युज डेस्क

भक्तपुर :सरकारी सरह भत्ता नदिने निजी मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने स्वास्थ्यमन्त्रीको चेतावनी : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आवासीय चिकित्सकहरूलाई आठौँ तहको भत्ता नदिने निजी मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने चेतावनी दिएका छन्। शुक्रबार मन्त्रालयमा छलफल गर्न पुगेको आवासीय चिकित्सकहरू र नेपाल चिकित्सक संघका प्रतिनिधिहरूको छलफलमा स्वास्थ्यमन्त्री पौडेलले निजी मेडिकल कलेजमा अध्ययन गर्ने आवासीय चिकित्सकहरूलाई निर्बाध रूपमा काम गर्ने वातावरण मिलाउन र सरकारी कलेज सरह आठौँ तहको भत्ता तत्काल दिन आग्रह गरेका हुन्। यदि यो नभए निजी मेडिकल कलेजहरूलाई दिएको सम्बन्धन खारेज गरिने समेत उनले चेतावनी दिएका छन्। स्वास्थ्यमन्त्री पौडेलले

समाचार  संग सबंधीत छ |

एक शिक्षकको ज्यान गयो, नौबुँदेमा हस्ताक्षर भयो, बाँकीले रमाइलो पाए

 न्युज डेस्क

काठमाडौं – “शिक्षक आन्दोलन सकियो!” भन्ने खबर सुन्नासाथ धेरैले राहतको सास फेरे। तर राहतको त्यो सासमा लुकेको थियो एक शिक्षकको मृत्यु, एक पत्रकारको आँखाको क्षति, र हजारौं विद्यार्थीको समयको बलिदान। आन्दोलनले देशभरको ध्यान खिच्यो, शिक्षामा सुधारको आवाज उठायो, तर अन्त्यमा के प्राप्त भयो? न विधेयक, न ठोस नीति। प्राप्त भयो त केवल सरकारसँग गरिएको नौबुँदे सहमति— जुन कागजमा त छ, तर कार्यान्वयनको ग्यारेन्टी छैन। यस आन्दोलनमा सहभागी भएका शिक्षकहरूले सडक ओगटेका थिए। उनीहरूले आँसु बगाए, चिच्याए, बोले— “शिक्षामा राजनीति हटाऊ!” तर आन्दोलनको अन्त्यमा थोरैले सेल्फी खिचे, चिया खाए, काठमाडौंबाट घर

समाचार  संग सबंधीत छ |

उज्यालो समाचार

अरनिको राजमार्गमा पर्ने साँगा–धुलिखेल सडकखण्डको काम ,बर्षाको कारण रोकियो ।

मलेशियालाई ९ विकेटले हराउँदै ,नेपाल ’यू–१६ इस्ट जोन कप’ को फाइनलमा ।

देशभर वर्षा र चट्याङ : को–को क्षेत्र छ,उच्च जोखिममा?

करेन्ट लाग्दा एकै परिवारका ३ जना घाइते, एक वर्षीया शिशु समेत अस्पतालमा

वायुसेवा निगमको सदृढीकरण अपरिहार्य रहेको पर्यटनमन्त्री पाण्डेको भनाई ।