मासु र बलि निषेधित: नेपालका गजने गाउँमा खाने मानिसलाई प्रवेश निषेध

 न्युज डेस्क

म्याग्दी जिल्लाको गजने गाउँले एक अद्वितीय र अनौठो परम्परा कायम राख्दै आएको छ, जसले बाहिरी संसारको चासोलाई निकै आकर्षित गरेको छ। यस गाउँमा आजसम्म कसैले मासु वा मदिरा सेवन गरेका छैनन्, र कुनै पनि धार्मिक अनुष्ठानमा पशुबलि चढाइएको छैन। गजनेका बासिन्दाहरू पूर्ण शाकाहारी जीवनशैलीको कडाइका साथ पालना गर्छन्। यहाँ कुनै पनि जनावरको मासु या अन्य पशुजन्य उत्पादन प्रयोग गर्नु पूर्ण रूपमा निषेध गरिएको छ। गाउँको वातावरण शुद्ध, पवित्र, र सुसंस्कृत छ, जहाँ स्वच्छता र स्वास्थ्य जीवनको प्रमुख अंश मानिन्छ। गाउँलेहरूको विश्वास छ कि जनावरहरूको हिंसा नगरी, शुद्ध भोजन र अहिंसात्मक

मुख्य समाचार, राष्ट्रिय, समाचार  संग सबंधीत छ |

सर्वोत्कृष्ट फेष्टिभ सङ मोडल अवार्ड राज टाईगरलाई

 न्युज डेस्क

काठमाडौं । सर्वोत्कृष्ट फेष्टिभ सङ मोडल अवार्ड राज टाइगरले चुम्नुभएको छ । विगत एक दशकदेखि नेपाली म्युजिक भिडियो मोडलमा सक्रिय उहाँले चौथो स्पर्श म्युजिक भिडियो अवार्ड २०२४ मा सर्वोत्कृष्ट पुरुष मोडल फेस्टिभ सङ गीतको बोल ‘केलाई पिर लिन्छौ मायाले’ बाट अवार्ड प्राप्त गर्नुभएको हो । स्पर्श मिडिया एन्ड इन्टरटेन्मेन्ट प्रेजेन्ट नेपाल र इन्टरनेसनल र ब्राइट इभेन्ट म्यानेजमेन्टको आयोजनामा भएको कार्यक्रममा अभिनेता शिव श्रेष्ठलाई नेपाली र विदेशी चलचित्रमा पुर्‍याउनुभएको अतुलनीय योगदानको कदर स्वरूप नेपालको पहिलो इन्टरनेसनल सुपरस्टार विभूषणबाट सम्मान प्रदान गरिएको छ । कार्यक्रममा अभिनेत्री रिमा विश्वकर्मालाई म्युजिक भिडियो क्विन सम्मान

मुख्य समाचार  संग सबंधीत छ |

ब्रहमनगर समाज सुधार समिति: पञ्च्याँन भगवती मन्दिरमा घटस्थापनसहित विशेष पूजापाठको साथ दशैंको शुभारम्भ

 न्युज डेस्क

भक्तपुर, असोज १७ – सु.न.पा. ३, भक्तपुरको ब्रहमनगर टोल  सुधार समितिको आयोजनामा विशेष पूजापाठका साथ दशैंको विधिवत प्रारम्भ गरिएको छ। समितिकी अध्यक्ष मीना कार्कीको नेतृत्वमा, उपाध्यक्ष मोहन रेग्मी, सचिव नवराज भट्टराई, सदस्य रियान खड्का,सानो भाई बस्नेत लगायतका पदाधिकारीहरूको उपस्थितिमा आज बिहान शुभ साइतमा पूजा प्रारम्भ भएको हो। समाजका सदस्यहरूले विशेष आस्थाका साथ देवी दुर्गाको पूजा गरे। यस अवसरमा समितिका पदाधिकारीहरूले दशैंका लागि शुभकामना व्यक्त गर्दै आ-आफ्ना विचार राखे। अध्यक्ष मीना कार्कीले भनिन्, “दशैं हाम्रो संस्कृति र परम्पराको धरोहर हो। यस पर्वले समाजमा आपसी प्रेम, सद्भाव र एकता फैलाउने अवसर प्रदान

मुख्य समाचार, राष्ट्रिय, स्थानीय  संग सबंधीत छ |

धादिङको पहिरोमा पुरिएको बसको खोजीमा तीव्रता, यात्रुहरूको अवस्था अझै अज्ञात

 न्युज डेस्क

धादिङ, असोज १३ – गोरखाबाट काठमाडौंतर्फ जाँदै गरेको यात्रुबाहक बस धादिङको झ्याप्ले खोलामा खसेको पहिरोले पुरिएको खबर आएको छ। गोरखा दरौदी यातायात प्रा. लि. को बस (ना ४ ख २२७०), जसले गोरखाको लापुबेसीबाट यात्रुहरूलाई काठमाडौं पुर्याउँदै थियो, पहिरोमा पुरिएपछि सम्पर्कविहीन भएको छ। बसमा सवार यात्रुहरूका बारेमा कुनै पनि ठोस जानकारी प्राप्त भएको छैन, र उद्दार कार्यलाई कठिनाई भएको छ। धादिङको उक्त क्षेत्र लगातारको वर्षाका कारण पहिरोको उच्च जोखिममा रहेको छ, जसले गर्दा उद्दार टोलीले तत्कालै उक्त स्थानसम्म पुग्न समस्या भोगिरहेको छ। सम्पर्कविहीन भएको यो बस अस्ति नै गोरखाबाट छुटेको थियो

उज्यालो समाचार, मुख्य समाचार, राष्ट्रिय, समाचार  संग सबंधीत छ |

जापानमा कीर्तिमानी वर्षा, बाढीले हजारौंलाई सुरक्षित स्थानमा सारियो

 न्युज डेस्क

टोकियो: जापानमा भारी वर्षापछि आएको बाढीका कारण ६ जनाको मृत्यु भएको पुष्टि भएको छ भने १० जना अझै हराइरहेका छन्। कीर्तिमानी वर्षाले इशिकावा प्रिफेक्चरको केही क्षेत्रलाई बाढी र पहिरोको चपेटामा पारेको हो। शनिबारदेखि सुरु भएको भारी वर्षाले सोमबार मध्याह्नसम्म इशिकावा प्रिफेक्चरका वाजिमा र सुजु शहरमा ठूलो क्षति पुर्याएको छ। आइतबार मात्र यी दुवै सहरमा एकै दिनमा महिनाभरि पर्ने पानी खसेको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन्। बाढीले जनजीवन अस्तव्यस्त पारेको छ, हजारौं नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ, र उद्धार कार्यमा सेना र आपतकालीन टोलीहरू परिचालित भएका छन्। स्थानीय प्रशासनले जोखिमयुक्त क्षेत्रमा

अन्तर्राष्ट्रिय, मुख्य समाचार  संग सबंधीत छ |

काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टीको पत्रकार सम्मेलन आज

 न्युज डेस्क

काठमाडौं,   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पत्रकार सम्मेलन आयोजना गर्दैछ। पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए अनुसार, सम्मेलन दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालयमा हुनेछ। यस बीचमा, सहकारी प्रकरणमा संलग्नता देखिएका सभापति रवि लामिछानेका साझेदार छविलाल जोशी पक्राउ परेका छन्। जोशीको पक्राउपछि लामिछानेलाई पनि सरकारले पक्राउ गर्न थालेको समाचार बाहिर आएपछि रास्वपा पार्टीमा तनाव र तरंग बढेको छ। पार्टीका नेताहरूले पत्रकार सम्मेलनमा यो विषयमा थप स्पष्टीकरण दिने तयारी गरेका छन्।


भक्तपुर महोत्सव आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्ने लाइफलाइन : कविदास

 न्युज डेस्क

भक्तपुर । भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष कविदास श्रेष्ठले ‘भक्तपुर सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव’ आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्ने लाइफलाइन भएको बताएका छन् । मङ्गलबार नेपाल प्रेस सोसाइटीसँगको साक्षात्कार कार्यक्रमका बोल्दै अध्यक्ष श्रेष्ठले भने, “महोत्सव भक्तपुरको आर्थिक गतिविधि सशक्त बनाउने र आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्ने एउटा लाइफलाइन साबित हुनेछ, महोत्सवको उद्देश्य आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्नुका साथै भक्तपुरको व्यापारिक गतिशीलतालाई बलियो बनाउनु हो। ” अध्यक्ष श्रेष्ठले भने। उनले भक्तपुरजस्तो ऐतिहासिक तथा सांस्कृतिक सम्पदाले भरिएको सहरमा एउटा स्थायी प्रदर्शनी स्थलको खाँचो रहेको र यसले थप पर्यटक भित्र्याउन मद्दत गर्ने पनि बताए। महोत्सवमा

मुख्य समाचार  संग सबंधीत छ |

बुढानिलकण्ठमा ह्याम्स अस्पतालद्वारा निशुल्क बाल स्वास्थ्य शिविर

 न्युज डेस्क

काठमाडौं | ह्याम्स अस्पताल काठमाडौंको नेतृत्वमा, बुढानिलकण्ठ नगरपालिकाको सहकार्यमा, २०८१ भदौ २९ गते, शनिबार, राष्ट्रिय बाल दिवसको अवसरमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। नगरपालिकाका बालबालिकाहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै आयोजित यस शिविरमा १४० भन्दा बढी बालबालिकाहरूले विभिन्न स्वास्थ्य जाँच र उपचार सेवाहरू प्राप्त गरेका छन्। स्वास्थ्य शिविरमा ह्याम्स अस्पतालका विशेषज्ञ चिकित्सकहरूको टोलीले बालबालिकाहरूलाई निशुल्क स्वास्थ्य जाँच गरेका थिए। शिविरमा डा. प्रोपर्टी भण्डारी, डा. सुमन चौलागाईं (नाक, कान, घाँटी रोग विशेषज्ञ), डा. रुक्मा आचार्य (बाल रोग विशेषज्ञ), डा. अर्चना पोखरेल (आँखा रोग विशेषज्ञ) र डा. सबिका महर्जन (दन्त रोग विशेषज्ञ) सहितको

मुख्य समाचार, राष्ट्रिय, स्वास्थ्य  संग सबंधीत छ |

उज्यालो समाचार

भ्रष्टाचारको यहि रफ्तार रहिरहे ३ बर्षमा नेपाल अल्बानिया बन्ने : अभियान्ता पाठक

महावीर पुनको संघर्ष र नेपालका भविष्यका लागि एक प्रेरणा

बेलायतको रेडिङ्गमा ‘लाइफटायम एचिभमेन्ट कम्युनिटि अवार्डबाट न्यौपाने सम्मानित l

३५ बोरा प्लास्टिकका माला बरामद -काठमाडौं महानगर

११ वर्षकै उमेरमा यूट्युबमा १ लाख सब्सक्राइबर: तनहुँका सञ्जोक अधिकारीको कीर्तिमान