न्युज डेस्क
राष्ट्रपतिविरुद्ध आन्दालनको घोषणा
न्युज डेस्क

काठमाडाैं | सत्ता गठबन्धन निकट विद्यार्थी संगठनहरुले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध आन्दोलनको घोषणा गरेका छन् । बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी विद्यार्थी संगठनहरुले आन्दोलनको घोषणा गरेका हुन् । जसअनुसार बुधबार माइतीघरमा कार्टुन प्रदर्शनी तथा सडक प्रदर्शन गर्ने, देशव्यापी संयुक्त विरोध प्रदर्शन गर्ने जस्ता कार्यक्रम तय गरिएको छ । यस्तै असोज ७ गते राजधानीमा सडक बहस सञ्चालन गर्ने जनाइएको छ । राष्ट्रपतिले संविधानबमोजिम नागरिकता विधेयक पारित नगरेपछि विद्यार्थी संगठन रुष्ट भएका हुन् ।
राष्ट्रपति भण्डारीविरुद्ध आक्रामक बन्दै सत्ता गठबन्धन
न्युज डेस्क

काठमाडौं । गठबन्धनका शीर्ष नेताहरुलाई कानुनविदहरुले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सर्वोच्च अदालत जान सकिने सुझाव दिएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा बुधबार साँझ गठबन्धनका नेताहरुले कानुनविदहरुसँग परामर्श गरेका थिए। सदनबाट पारित गरेर दोस्रोपटक प्रमाणीकरणका लागि सरकारले राष्ट्रपतिलाई नागरिकता सम्बन्धी विधेयक पठाएकोमा मंगलबारसम्मको समयसीमामा राष्ट्रपतिले प्रमाणीकरण गरिनन्। राष्ट्रपति भण्डारीले विधेयक अस्वीकृत गरेसँगै गठबन्धनले छलफललाई तीब्रता दिएको छ। बुधबार बिहान गठबन्धनको बैठकले भण्डारीको कदमले संवैधानिक व्यवस्थामाथि प्रहार भएको निष्कर्ष निकालेको थियो। साँझको कानुन विदहरुसँगको परामर्शमा कानुनविदहरुले राष्ट्रपति भण्डारीको कदम असंवैधानिक भएकोले कानुनी उपचार खोज्न सकिने राय दिएको सरकारका प्रवक्ता तथा नेपाली कांग्रेसका