एकीकृत समाजवादीले समानुपातिक सूची भोलि टुंग्याउने

 न्युज डेस्क

नेकपा एकीकृत समाजवादीले ४ मंसिरमा हुने चुनावको समानुपातिक पद्धतितर्फको उम्मेदवारको बन्द सूची सोमबार टुंग्याउने भएको छ । उपमहासचिव जगन्नाथ खतिवडाका अनुसार सोमबार बस्ने सचिवालय बैठकले बन्द सूची टुंगो लगाउनेछ । प्रदेशबाट आएको नाम अहिले मिलाउने काम भइरहेको उनले बताए । एकीकृत समाजवादीले वरिष्ठ, यसअघि समानुपातिक सांसद नभएका लगायतलाई समानुपातिक सूचीमा प्राथमिकता दिने छ। निर्वाचन आयोगले समानुपातिक सूची बुझाउने समय असोज ३ गतेसम्मलाई दिएको छ । प्रत्येक दलले संविधान अनुसारको क्लस्टर मिलाएर ११० जनाको नाम पठाउनुपर्छ ।


निर्वाचन प्रक्रिया आजबाट सुरु

 न्युज डेस्क

काठमाडौं/मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रक्रिया आजबाट सुरु हुँदैछ । आज र भोलि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने कार्यतालिका निर्वाचन आयोगको छ । यससँगै दलहरु समानुपातिक उम्मेदवार टुंगो लगाउने अन्तिम कसरतमा जुटेका छन् । दलहरूले प्रतिनिधिसभाका लागि बढीमा एक सय १० र प्रदेश सभाका लागि बढीमा दुई सय २० सहित तीन सय ३० उम्मेदवार चयन गर्नेछन्। मिश्रित निर्वाचन प्रणालीअनुसार संघ र प्रदेशमा ६० प्रतिशत प्रत्यक्ष र ४० प्रतिशत समानुपातिक सांसद हुन्छन् । जसअनुसार दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा एक सय ६५

मुख्य समाचार, राष्ट्रिय, समाचार  संग सबंधीत छ |

एमाले सचिवालय बैठक बस्दै, समानुपातिक उम्मेदवार टुंग्याउने

 न्युज डेस्क

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्न लागेको हो । बैठकले समानुपातिकतर्फको उम्मेदवारको नामावली टुंग्याउने छ । एमाले प्रचार विभागका प्रमुख पृथ्वी सुब्बा गुरुङले निर्वाचन आयोगको निर्देशिकाअनुसार समानुपातिक उम्मेदवार छनोटका आधारबारे जानकारी गराइएको अब टुङ्ग्याइने बताए । संघीयतर्फ एक सय १० र प्रदेशतर्फ दुई सय २० उम्मेदवार टुंग्याउनुपर्नेछ । ४ मंसिरमा तय भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रक्रिया आइतबार आजबाट सुरु हुँदैछ । आज र भोलि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने कार्यतालिका निर्वाचन आयोगको छ ।


बेलायती महारानी एलिजाबेथको अन्तेष्टीमा चीनका प्रतिनिधीमाथि रोक

 न्युज डेस्क

बेलायती महारानी एलिजाबेथ द्वितीयाको शव राखिएको कक्षमा चिनियाँ सरकारी प्रतिनिधिलाई रोक लगाइएको छ । आगामी सोमबार राष्ट्रिय सम्मानका साथ हुने अन्त्येष्टिको समयसम्म महारानीको शव वेस्टमिन्स्टर हलमा राखिएको छ । चिनियाँ प्रतिनिधिमण्डलले वेस्टमिन्स्टर हलमा प्रतिबन्ध लगाइएको जानकारी आफूले पाइनसकेको चिनियाँ प्रतिनिधिले बताएका छन् । गतवर्ष चीनले बेलायतले उइघुर मुस्लिममाथि दुव्र्यवहार गरेको आरोप लगाएका कारण सात सांसदलगायत नौ जना बेलायतीमाथि यात्रा प्रतिबन्ध लगाउनुका साथै उनीहरूको सम्पत्ति रोक्का गर्ने निर्णय गरेको थियो । सोही कारण एलिजाबेथको अन्तेष्टीमा चिनिया प्रतिनिधिलाइ रोक लगाएको हुन सक्ने अनुमान गरिएको छ । चीनले बेलायती सांसद र नागरिकलाई प्रतिबन्ध

अन्तर्राष्ट्रिय, मुख्य समाचार  संग सबंधीत छ |

सरकार र मिटरब्याज पीडित संघर्ष समितिबीच पाँचबुँदे सहमति

 न्युज डेस्क

काठमाडौंः गृह मन्त्रालय र मिटर ब्याज तथा ठगीविरुद्ध किसान मजदूर संघर्ष समितिबीच ५ बुँदे सहमति भएको छ। गृहमन्त्री बालकृष्ण खाँण्डको उपस्थितिमा शनिबार मन्त्रालयमा भएको पाँच बुँदे सहमति पत्रमा मन्त्रालयका तर्फबाट मिटरब्याज अपराध नियन्त्रण सिफारिस कार्यदलका संयोजकसमेत रहेका सहसचिव डा. भीष्मकुमार भुसाल तथा संघर्ष समितिको तर्फबाट अध्यक्ष रामसुरत गुप्ताले हस्ताक्षर गरेका छन्। सहमतिपछि संघर्ष समितिले काठमाडौंको माइतीघरमा साढे एक महिनाभन्दा लामो समयदेखि गर्दै आएका आन्दोलनका कार्यक्रम स्थगित हुने भएको छ। मन्त्रालय र समितिबीच मीटरब्याजी परिवारको सम्पत्ति छानबिनका सम्बन्धमा कार्यदलको सिफारिस बमोजिम गर्ने, मिटरब्याजीको निरन्तर मानसिक प्रताडना तथा हिंसाको कारण मृत्यु भएका

मुख्य समाचार, राष्ट्रिय  संग सबंधीत छ |

प्रतिनिधि सभाको अन्तिम बैठक आज

 न्युज डेस्क

काठमाडौं : प्रतिनिधि सभाको ५ वर्षको कार्यकाल प्रभावकारी नरहेको सांसदले बताएका छन्। शुक्रबार बसेको बैठकबाट बाहिरिएपछि सञ्चारकर्मीले राखेको जिज्ञासामा प्रमुख प्रतिपक्ष दल एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रतिनिधिसभाको कार्यकाल प्रभावकारी नभएको बताए। उनले सभामुख अग्निप्रसाद सापकोटाले निष्पक्ष भूमिका ननिभाएको आरोप लगाए। ‘संसद्लाई प्रभावकारी बनाउने कुरामा विभिन्न किसिमका समस्याहरू देखा परे। जननिर्वाचित प्रतिनिधिमूलक संस्थाले प्रभावकारी ढंगले भूमिका खेल्नुपर्ने त्यो खालको भूमिका रहेन,’ पोखरेलले भने, ‘नेतृत्व गर्ने पात्रको भूमिका धेरै महत्वपूर्ण हुन्छ। अहिलेको सभामुखज्यूले वास्तवमा एउटा प्रतिनिधिसभाको नेतृत्वको गर्ने व्यक्तिको भन्दा पनि गठबन्धनको एउटा बफादार कार्यकर्ताको रूपमा भूमिका खेल्नुभयो। त्यो बडो दुःखद्

अर्थ, मुख्य समाचार, राष्ट्रिय  संग सबंधीत छ |

आजदेखि सहुलियत पसल सञ्चालन

 न्युज डेस्क

काठमाडौँ — दसैं–तिहार र छठमा अधिकतम खपत हुने वस्तु हुन्, चिनी र घिउ । तर यिनै वस्तु नराखी सरकारले असोज १ देखि कात्तिक १५ सम्म सुपथ मूल्य पसल सञ्चालन गर्दै छ । यी पसलबाट चिनी, घिउलगायत खाद्यान्न वस्तुमा छुट दिने निर्णय भइसकेको छ । तर, शनिबारदेखि सञ्चालनमा आउने छुट पसलमा चिनी र घिउ छैनन् । चाडबाडमा सहुलियत दरमा चिनी मुख्यत: साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिक्री गर्छन् । घिउको हकमा दुग्ध विकास संस्थान (डीडीसी) ले छुट दिने गर्छ । तर, यी निकायसँग चिनी र घिउ मौज्दात छैन । ‘दूध अभावका कारण डीडीसीले घिउ

अर्थ, मुख्य समाचार, व्यक्तित्व, समाचार  संग सबंधीत छ |

पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय १० जनामा कोरोना संक्रमण पृष्टि

 न्युज डेस्क

पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय १० जनामा कोरोना संक्रमण पृष्टि भएको छ । ३८ सय २७ जनामा परीक्षण गरिएकोमा पीसीआरबाट ६० र एन्टीजेन विधिबाट ५० जना गरी उक्त संक्रमण पृष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज यसैगरी, १ सय २६ जना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ । देशभर कोरोना सक्रिय संक्रमितको संख्या २ हजार ६२ रहेको छ ।


उज्यालो समाचार

अरनिको राजमार्ग पहिरोको कारण अवरुद्ध ।

सडक पुनर्निर्माणको काम सम्पन्न नभएकाले बीपी राजमार्गको यात्रा कष्टकर ।

घरायसी विवादका कारण जनकपुरमा आफ्नै ज्वाइँले गरे ससुराको हत्या ।

रसुवा बाढीले बेपता भएका १८ जनाको खोजी कार्य जारी,सतर्कता अपनाउन आग्रह ।

कडा आन्दोलनका कार्यक्रम ल्याउने चेतावनी दिएका डाक्टरहरु आज आन्दोलनमा बिरामीलाइ भने समस्या ।