न्युज डेस्क
कोडष्वर ६.० राष्ट्रियस्तरको प्रतियोगिता सम्पन्न, नेपाली विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्ने अवसर
न्युज डेस्क

काठमाडौं, चैत १ – नेपालका विद्यार्थीहरूका लागि प्रविधिमा आधारित सबैभन्दा प्रतिष्ठित प्रतियोगितामध्ये एक कोडष्वर ६.० राष्ट्रियस्तरको प्रतियोगिता मार्च १२, २०२४ मा ललितपुरस्थित बेम ह्याप्पियालिटीमा भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगिताले नेपाली विद्यार्थीहरूलाई कोडिङ, रोबोटिक्स, कृत्रिम बुद्धिमत्ता (AI) तथा अन्य नवीन प्रविधिहरूमा आफ्नो क्षमता प्रदर्शन गर्ने सुनौलो अवसर प्रदान गरेको छ। प्रतियोगितामा पायोनियर प्यासिफिक स्कूल, बुद्धिलभिङ्गस्टोन स्कूल, एपिएफ ग्रान्ड स्कूल, हिमालय वोहित हाई स्कूल, रिभाइवल पब्लिक स्कूल, बक्सवुड्स विद्यालय स्कूल, केन्द्रिय विद्यालय कालिमाटी, युनियन स्कूल लगायत विभिन्न विद्यालयका २०० भन्दा बढी विद्यार्थीहरू सहभागी भए। उनीहरूले आफ्ना नवप्रवर्तनशील परियोजनाहरू प्रस्तुत गर्दै प्रतिस्पर्धात्मक