न्युज डेस्क
टी–२० विश्वकप क्रिकेटको ट्रफी भक्तपुर दरबार स्क्वायरमा
न्युज डेस्क

टी–२० विश्वकप क्रिकेटको ट्रफी आज बुधबार भक्तपुर दरबार स्क्वायरमा प्रदर्शन गरिएको छ । अस्ट्रेलियामा १६ अक्टोबरबाट टी–२० विश्वकप क्रिकेट आयोजना हुँदैछ । नेपाल क्रिकेट संघ (क्यान) ले विश्वकप ट्रफी भक्तपुरमा प्रदर्शन गरेको हो । ट्रफी प्रदर्शनमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वखेलाडी शरद भेषवाकर, मेहबुब आलम र राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान रुविना क्षेत्री पुगेका थिए । खेलाडीले पालैपालो ट्रफी बोकेर दर्शक तथा समर्थकबीच प्रदर्शन गरेका थिए । ट्रफी प्रदर्शनमा अभिनेता सरोज खनाल लगायत गएका थिए ।
सत्ता गठबन्धनले सिट बाँडफाँट आज टुंग्याउने
न्युज डेस्क

१५ भदौ, काठमाडौं /सत्ता गठबन्धनका नेताहरुले प्रतिनिधि सभाको सिट बाँडफाँटलाई आज टुंग्याउने तयारी गरेका छन् । सो तयारी अनुसार गठबन्धनमा आबद्ध दलहरुको छुट्टाछुट्टै र संयुक्त बैठक आज बस्दै छ । गठबन्धनका शीर्ष नेताहरुको बैठक आज ५ बजे बोलाइएको छ । कांग्रेसका एक नेताले अनलाइनखबरसँग भने, ‘प्रतिनिधि सभामा कुन दलले कति सीट प्राप्त गर्ने भन्ने कुरा आजको बैठकबाट टुंगिने सम्भावना छ ।’ गठबन्धनका नेताहरुको बैठक बस्नुअघि सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक बिहान ९ बजे बालुवाटारमा बस्दै छ । कांग्रेसले कति सिट दाबी गर्ने भनेर साझा धारणा बनाउन शीर्ष