दक्षिण कोरियामा Jeju Air विमान दुर्घटना: २८ जनाको मृत्यु, उद्धार कार्य जारी

 न्युज डेस्क

मुआन, दक्षिण कोरिया – दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा Jeju Air को Boeing 737-800 विमान दुर्घटनाग्रस्त भएको छ। विमानमा १७५ जना यात्रु र ६ जना चालक दलका सदस्य सवार थिए। अवतरणको क्रममा विमान रनवेबाट चिप्लिएर बाहिरी पर्खालमा ठोक्किँदा आगलागी भएको अधिकारीहरूले जनाएका छन्। घटनास्थलमा उद्धार प्रयास: घटनास्थलमा तत्कालै उद्धार टोली परिचालन गरिएको छ। हालसम्म २८ जनाको मृत्यु पुष्टि भइसकेको छ भने २ जनालाई जीवितै उद्धार गरिएको छ। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। विमानको समस्या: प्रारम्भिक अनुसन्धान अनुसार विमानको अवतरण गियरमा समस्या आएको हुनसक्ने बताइएको छ। प्रत्यक्षदर्शीहरूले अवतरणको क्रममा विमान

उज्यालो समाचार, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

सुर्यविनायकको राष्ट्रिय प्राणी उद्यानको निर्माणलाई तीव्रता दिने मन्त्री शाहीको प्रतिबद्धता

 न्युज डेस्क

भक्तपुर – बन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीले सुर्यविनायकमा रहेको राष्ट्रिय प्राणी उद्यानको निर्माणलाई विशेष निर्णयमार्फत अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। मंगलबार नेपाल प्रेस सोसाइटीले सूर्यविनायकमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा मन्त्री शाहीले आगामी आर्थिक वर्षमा करिब १ अर्ब बजेट विनियोजन गरेर अन्तर्राष्ट्रिय स्तरको उद्यान बनाउन गम्भीर प्रयत्न गर्ने बताए। “आउँदो आर्थिक बर्षमा करिब १ अर्ब बजेट बिनियोजन गरेर अन्तरराष्ट्रिय स्तरको उद्यान बनाउन मेरो गम्भीर प्रयत्न रहनेछ। यो प्राणी उद्यानको मुलुकमा अर्को कुनै विकल्प छैन,” मन्त्री शाहीले भने। “त्यसैले यसको निर्माण कार्यलाई प्राथमिकता दिनु जरुरी छ।” उनले यस

मुख्य समाचार  संग सबंधीत छ |

दुर्गम गाउँमा परीक्षा केन्द्र: हिडेर घण्टौं यात्रा गर्न बाध्य विद्यार्थी

 न्युज डेस्क

कैलाली, महोन्याल गाउँपालिकाले यस वर्ष कक्षा ८ का वार्षिक परीक्षाहरू गाउँपालिकाको केन्द्रमै सञ्चालन गर्ने निर्णय गरेको छ। यो निर्णयले दुर्गम वस्तीका बालबालिका र अभिभावकहरूलाई गम्भीर समस्यामा पारेको छ। कतिपय विद्यार्थीलाई परीक्षा दिनका लागि दुईदेखि तीन दिनको पैदल यात्रा गर्नुपर्ने भएको छ, जसले उनीहरूको शारीरिक र मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पार्न सक्छ। यस्तो लामो यात्राका लागि खाने, बस्ने, वा आकस्मिक स्वास्थ्य सेवाको कुनै व्यवस्था नगरिएको अभिभावकहरूको गुनासो छ। नेपालको संविधानले आधारभूत शिक्षा अनिवार्य र निशुल्क बनाउने व्यवस्था गरेको छ भने बालबालिका सम्बन्धी ऐन २०७५ ले बालबालिकालाई कुनै पनि प्रकारको यातना दिन

उज्यालो समाचार, मुख्य समाचार  संग सबंधीत छ |

एनपीएल फाइनलमा जितपछि जनकपुर समर्थकहरू माथि कुटपिट: दोषीको खोजी तीव्र

 न्युज डेस्क

नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलमा जनकपुर बोल्ट्सको रोमाञ्चक जितले उत्साहको वातावरण सिर्जना गर्यो। तर, खेलपछि त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानबाहिर अप्रत्याशित हिंसात्मक घटनाले त्यो उत्साहमा खलल पुर्‍यायो। जनकपुर बोल्ट्सका समर्थकहरूलाई खेलपछि केही अज्ञात समूहले लक्षित गर्दै कुटपिट गरेको छ। प्रत्यक्षदर्शीहरूको अनुसार, खेलपछि मैदानबाट बाहिरिने क्रममा जनकपुरका समर्थकहरूलाई शारीरिक आक्रमण गरिएको थियो। घटनास्थलमा ठूलो भिड जम्मा भएपछि स्थिति तनावपूर्ण बन्यो, र सुरक्षाकर्मीहरूको हस्तक्षेपका बाबजुद आक्रमणकारीहरू घटनास्थलबाट भाग्न सफल भए। घटनाको जानकारी पाएपछि प्रहरी प्रशासनले दोषीहरूको पहिचान र खोजी तीव्र बनाएको जनाएको छ। जनकपुरका समर्थकहरूले आक्रमणकारीहरूको कानूनी दायरामा ल्याउनको लागि गम्भीर

खेलकुद, मुख्य समाचार  संग सबंधीत छ |

भ्रष्टाचारको यहि रफ्तार रहिरहे ३ बर्षमा नेपाल अल्बानिया बन्ने : अभियान्ता पाठक

 न्युज डेस्क

भक्तपुर। भ्रष्टाचार विरोधी अभियन्ता हेम पाठकले देशमा भ्रष्टाचार यही रफ्तारमा अघि बढ्ने हो भने नेपाललाई अल्बानिया हुनबाट कसैले पनि बचाउन नसक्ने बताएका छन्। बुधबार नेपाल प्रेस सोसाइटीले सूर्यविनायकमा आयोजना गरेको “भ्रष्टाचार विरोधी अभियन्ता हेम पाठकसँगको साक्षात्कार कार्यक्रम” बोल्दै उनले भने, “कुनै बेला पुर्बी युरोपमा अवस्थित अल्बानिया भन्ने देश विकसित थियो, पछि त्यहाँका शासकले विचौलियासँग मिलेर देशलाई भ्रष्टाचारमा चुर्लुम्म डुबाएका कारण उक्त देश अन्धकारमा धकेलिएको छ।” उनले कुनै पनि देशको सरकारले विचौलिया र माफियाहरूसँग मिलेर उनीहरूलाई लाभ हुने निर्णय सरकारबाट गराउँदै जान्छ भने त्यो देशको हविगत ढिलो चाँडो अल्बानिया जस्तै हुने

मुख्य समाचार, समाचार  संग सबंधीत छ |

महावीर पुनको संघर्ष र नेपालका भविष्यका लागि एक प्रेरणा

 न्युज डेस्क

नेपालको प्रगति र विकासको मार्गको इतिहास धेरै गाह्रो र चुनौतीपूर्ण रहेको छ। सरकारको असहयोग र राजनीतिक अस्थिरताका कारण नेपालमा रहेका मानिसहरू प्रायः आफ्ना संघर्षहरूको सामना गर्दै, भविष्यको सुन्दरता र समृद्धिको लागि प्रयास गर्दै छन्। नेपालका लागि केही व्यक्तिहरूको संघर्ष न केवल व्यक्तिगत उत्कृष्टता र समर्पणको उदाहरण बनेका छन्, तर यसले समाज र राष्ट्रको भविष्यलाई नयाँ दिशा पनि दिएको छ। महावीर पुन, यस्ता व्यक्तित्वमध्ये एक हुन्, जसले नेपालको दुर्गम इलाकाहरूमा प्रविधिको पहुँच पुर्याउन र ग्रामीण विकासका लागि ठूलो योगदान दिएका छन्। यद्यपि, उनको यात्रा सजिलो थिएन। उनले धेरै बाधाहरूको सामना गरे,

राष्ट्रिय  संग सबंधीत छ |

जनस्वास्थ्य कार्यालय भक्तपुरको पत्रकार तथा स्वास्थ्यकर्मीहरुसँग अन्तरक्रिया सम्पन्न

 न्युज डेस्क

भक्तपुर। जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरले “स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरुको पत्रकार तथा स्वास्थ्यकर्मीहरुसँग अन्तरक्रिया” कार्यक्रम सम्पन्न गरेको छ। आइतबार जनस्वास्थ्य कार्यलयमा आयोजित कार्यक्रममा विभिन्न स्वास्थ्य चुनौतीहरूबारे जानकारी आदानप्रदान गर्नुका साथै जनस्वास्थ्य कार्यालयले गरेको प्रगतिको बारेमा छलफल गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापतिले हालको डेंगु रोगको गम्भीरता र सञ्चारकर्मीहरूको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै भने, “सामुदायिक स्तरमा डेंगु रोगको बारेमा जनचेतना फैलाउने कार्यमा पत्रकारहरूले महत्त्वपूर्ण योगदान पुर्‍याउनु पर्दछ। यो समय डेंगु नियन्त्रणको लागि जनचेतना र सहयोग आवश्यक रहेको छ।” जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख शान्तिराम खतिवडाले डेंगु रोगको रोकथाममा

स्वास्थ्य  संग सबंधीत छ |

बेलायतको रेडिङ्गमा ‘लाइफटायम एचिभमेन्ट कम्युनिटि अवार्डबाट न्यौपाने सम्मानित l

 न्युज डेस्क

बेलायत- बेलायतको रेडिङ्गमा बिगत दुई दशक देखि सामाजिक कार्यमा सक्रिय सामाजिक ब्यक्तित्व कृष्ण न्यौपाने ‘लाइफटायम एचिभमेन्ट कम्युनिटि अवार्ड’बाट सम्मानित हुनुभएको छ । ३१ अक्टोवर २०२४ का दिन रेडिङ्गवरो काउन्सिलमा मेयर  Glenn Dennis बाट कृष्ण न्यौपाने ‘लाइफटायम एचिभमेन्ट कम्युनिटि अवार्ड’बाट सम्मानित हुनु भएको छ l समुदायका जल्दाबल्दा मुद्दाहरु र स्थानीय बिकाससंग प्रत्यक्ष सरोकारराख्ने क्षेत्रमा महत्वपुर्ण र दरिलो योगदान पुर्याएका व्यक्तिले यस्तो अवार्ड प्राप्त गर्ने गर्छन l उक्त कम्युनिटी अवार्ड कार्यक्रमको संचालन तथा समन्वय रेडिङ्ग स्थित ‘एकता र जातीय समानताका लागि गठबन्धन’ भन्ने संस्थाले गरेको थियो । यस कार्यक्रममा बिबिध विधामा २०

मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज  संग सबंधीत छ |

उज्यालो समाचार

अरनिको राजमार्गमा पर्ने साँगा–धुलिखेल सडकखण्डको काम ,बर्षाको कारण रोकियो ।

मलेशियालाई ९ विकेटले हराउँदै ,नेपाल ’यू–१६ इस्ट जोन कप’ को फाइनलमा ।

देशभर वर्षा र चट्याङ : को–को क्षेत्र छ,उच्च जोखिममा?

करेन्ट लाग्दा एकै परिवारका ३ जना घाइते, एक वर्षीया शिशु समेत अस्पतालमा

वायुसेवा निगमको सदृढीकरण अपरिहार्य रहेको पर्यटनमन्त्री पाण्डेको भनाई ।