अमेरिकासँग भएको स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) को विषयमा आफूलाई आरोप नलगाउन एमालेका अध्यक्ष ओलीको चेतावनी

 न्युज डेस्क

असार २०, २०७९ सोमबार काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारूढ दलका नेताहरूलाई अमेरिकासँग भएको स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) को विषयमा आफूलाई आरोप नलगाउन चेतावनी दिनुभएको छ । आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्ता गठबन्धन दलका नेताहरूले आफू प्रधानमन्त्री हुँदा नै सुटुक्क एसपीपीमा हस्ताक्षर गरेको भ्रम फैलाइरहेको भन्दै जथाभाबी नबोल्न चेतावनी दिनुभएको हो । ओलीले एसपीपीबारे कहिले के भयो भन्ने विषयमा पनि संसदमा तर्क पेस गरिरहनुभएको छ । यसअघि उहाँले सरकारले हरेक क्षेत्रमा अत्ति नै गर्न थालेको आरोप लगाउनुभयो ।


कोरोनाका संक्रमितको सङ्ख्या बढ्दै जाँदा ओमिक्रोन भेरियन्टको उपप्रजाति बीए फाइभ पुष्टि

 न्युज डेस्क

काठमाडौं  असार १९, २०७९ पछिल्लो समय नेपालमा कोरोना भाइरसका संक्रमितको सङ्ख्या बढ्दै जाँदा ओमिक्रोन भेरियन्टको उपप्रजाति बीए फाइभ पुष्टि भएको छ । धुलिखेल अस्पतालमा अनुवांशिक परीक्षण गर्दा ओमिक्रानको भेरियन्टको उपप्रजाति बीए फाइभ पुष्टि भएको अस्पतालले जनाएको छ । धुलिखेल अस्पतालमा अनुवांशिक परीक्षण गर्दा अर्थात् जिन सिक्वेन्सिङ गर्दा ओमिक्रोनको उपप्रजाति बीए फाइभ  पुष्टि भएपनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र टेकुस्थित राष्ट्रिय प्रयोगशालालाई जानकारी छैन । यता राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा.रुणा झाले संक्रमितहरुको अनुविंशक परीक्षणलाई जारी राख्ने बताइन् ।  उता स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले हालसम्म संक्रमितहरुको जिन सिक्वेन्सिङ

मुख्य समाचार, स्वास्थ्य  संग सबंधीत छ |

भक्तपुरमा २१ वर्षीया महिला बलात्कृत

 न्युज डेस्क

भक्तपुरमा २१ वर्षीया महिला बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको अभियोगमा सूर्यविनायक नगरपालिका–२ बालकोट बस्ने २५ वर्षीय मनिष खत्रीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका–९ बासघारीस्थित रुहोसा रिसोर्टमा ती महिलालाई मनिषले बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कार गरेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।


भक्तपुरको प्राथमिकतामा शिक्षा र संस्कृति

 न्युज डेस्क

भक्तपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९–०८० का लागि दुई अर्ब १८ करोड रुपैयाँको बजेट ल्याएको छ। शुक्रबार नगरसभामा नगर प्रमुख सुनिल प्रजापतिले बजेट पेश गरेका हुन्। नगरपालिकाले शिक्षा र संस्कृतिलाई प्राथमिकता दिँदै ती क्षेत्रका लागि ४२ करोड ४४ लाख ८ हजार रुपैयाँ (१९.४३) प्रतिशत बजेट विनियोजन गरेको छ। नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालका लागि अनुदानबापत ८ करोड, वडा–वडामा प्राथमिक स्वास्थ्य उपचार केन्द्र निर्माणका लागि २ करोड ८३ लाख २० हजार विनियोजन गरिएको छ। नगरपालिकाभित्रका सम्पदा संरक्षणमा ९ करोड विनियोजन गरिएको छ। भौतिक पूवार्धार निर्माणका लागि ३९ करोड ४८ लाख विनियोजन गरिएको

मुख्य समाचार, स्थानीय  संग सबंधीत छ |

नागरिकता विधेयक अघि बढाउन राष्ट्रियसभाको बैठकमा सांसदहरुको माग

 न्युज डेस्क

राष्ट्रियसभाको बैठकमा सांसदले नागरिकतासम्बन्धी विधेयक शीघ्र अघि बढाउने गरी प्रक्रिया सुरुआत गर्न सरकारसँग आग्रह गरेका छन् । शुक्रबारको बैठकमा सांसद जितेन्द्रनारायण देवले संविधानमा रहेको नागरिकतासम्बन्धी व्यवस्थाका विषयमा सहमति गरी विधेयक अघि बढाउन सरकारसँग आग्रह गरे । उनले भने “ संविधानमा भएको व्यवस्था बाझिने गरी कानुन बनाए । ” सांसद रामचन्द्र राईले केही सीमित व्यापारिका हितमा हुनेगरी बजेटमा करको दर फेरबदल हुनु उचित नभएको टिप्पणी गरे । उनले नागरिकतासम्बन्धी विषय जनताको दैनिकीसँग जोडिएको विषय भएकाले यससम्बन्धी विधेयक सदनमा प्रस्तुत गर्न माग गर्दै  ढिलै भए पनि गृहमन्त्रालयले यस सम्बन्धमा पहल गरेकामा सरकारलाई

मुख्य समाचार  संग सबंधीत छ |

हप्ताको अन्तिम दिन आज सेयर बजार दोहोरो अङ्कले घट्यो

 न्युज डेस्क

भक्तपुर  :  आज कारोबार हुने हप्ताको अन्तिम दिन सेयर बजार दोहोरो अङ्कले घटेको छ । सेयर  बजार परिसूचक नेप्से आज १९ दशमलव ९७ अङ्कले घटेर २ हजार ३ सय ५६ दशमलव २० बिन्दुमा झरेको छ । सबै समूहको सेयर आज ओरालो लागेको छ । नेप्से घटे पनि कारोबार रकममा भने सामान्य सुधार आएको छ । २ सय २६ वटा कम्पनीका ४५ लाख ७४ हजार कित्ता सेयर १ अर्ब ४९ करोड ६२ लाख रुपैयाँमा कारोबार भएका छन् । आज सबैभन्दा धेरै गुहेश्री मर्चेन्ट एन्ड फाइनान्स कम्पनीको सेयर झन्डै ४ प्रतिशतले घटेको छ भने

अर्थ  संग सबंधीत छ |

२२ गतेदेखि जेठ १३ गतेसम्म एक महिना बिदा दिने त्रिविको निणर्य

 न्युज डेस्क

भक्तपुर  :  त्रिभुवन विश्वविद्यालयले वैशाख २२ गतेदेखि आगामी जेठ १३ गतेसम्म एक महिना बिदा दिने निणर्य गरेको छ । यो बिदा त्रिवि अन्तर्गत रहेका आंगिक क्याम्पसहरुमा लागू हुने जनाइएको छ । त्रिविले एक सूचना प्रकाशित गरेर हिजो बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले चालू शैक्षिक सत्रको वर्षे विदाको रुपमा १ महिना विदा दिइने उल्लेख गरिएको छ । परीक्षा चलिरहेको भए परीक्षा यथावत रुपमा नै सञ्चालन हुने सूचनामा उल्लेख गरिएको छ ।


वृद्ध भत्ताको सुरुवात एसका अध्यक्ष नेपालले गरेको दाबी

 न्युज डेस्क

 भक्तपुर  :  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वृद्ध भत्ता लगायतका सामाजिक सुरक्षा भत्ताको सुरुवात आफूहरुले गरेको दाबी गर्नुभएको छ । राजधानीमा आयोजित आज पार्टी एकीकरण कार्यक्रममा अध्यक्ष नेपालले २०५१ सालमा केपी ओली एमाले अध्यक्षले नभई आफूहरुले सामाजिक सुरक्षा भत्ताको सुरुवात गरेको जानकारी गराउनुभयो ।उहाँले २०५१ सालमा बुढापाकालाई वृद्धभत्ता दिने काम , अपाङ्गता भएका, एकल महिलाहरुलाई, वृद्ध भत्ता दिनुपर्ने व्यवस्था गरेको जिकिर गर्नुभयो । ओली सरकारमा हुँदा भ्रष्टाचार गर्ने काम मात्र गरेको उहाँको दाबी छ ।


उज्यालो समाचार

भोलि साउन एक गतदेखि दैनिक १२ घण्टा धरहरा खुल्ने ।

२४ लाख ५० हजार रुपैयाँ घुस माग गरेको आधारमा , मालपोत कार्यालय भक्तपुरका प्रमुखसहित तीन जनालाई पक्राउ ।

खहरे खोलाको लेदाले बीपी राजमार्गको सडक अवरुद्ध।

आफ्नो जग्गा भन्दा पनि आफू र आफ्नो घर सुरक्षितको बारेमा सोचौं:स्वास्थ्यमन्त्री किरण थापा

सत्यतथ्य बाहिर ल्याउन सहयोग पुगोस् भनेर राजीनामा दिएको गुप्ताको भनाई ।