जापानमा कीर्तिमानी वर्षा, बाढीले हजारौंलाई सुरक्षित स्थानमा सारियो

 न्युज डेस्क

टोकियो: जापानमा भारी वर्षापछि आएको बाढीका कारण ६ जनाको मृत्यु भएको पुष्टि भएको छ भने १० जना अझै हराइरहेका छन्। कीर्तिमानी वर्षाले इशिकावा प्रिफेक्चरको केही क्षेत्रलाई बाढी र पहिरोको चपेटामा पारेको हो। शनिबारदेखि सुरु भएको भारी वर्षाले सोमबार मध्याह्नसम्म इशिकावा प्रिफेक्चरका वाजिमा र सुजु शहरमा ठूलो क्षति पुर्याएको छ। आइतबार मात्र यी दुवै सहरमा एकै दिनमा महिनाभरि पर्ने पानी खसेको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन्। बाढीले जनजीवन अस्तव्यस्त पारेको छ, हजारौं नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ, र उद्धार कार्यमा सेना र आपतकालीन टोलीहरू परिचालित भएका छन्। स्थानीय प्रशासनले जोखिमयुक्त क्षेत्रमा

अन्तर्राष्ट्रिय, मुख्य समाचार  संग सबंधीत छ |

काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टीको पत्रकार सम्मेलन आज

 न्युज डेस्क

काठमाडौं,   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पत्रकार सम्मेलन आयोजना गर्दैछ। पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए अनुसार, सम्मेलन दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालयमा हुनेछ। यस बीचमा, सहकारी प्रकरणमा संलग्नता देखिएका सभापति रवि लामिछानेका साझेदार छविलाल जोशी पक्राउ परेका छन्। जोशीको पक्राउपछि लामिछानेलाई पनि सरकारले पक्राउ गर्न थालेको समाचार बाहिर आएपछि रास्वपा पार्टीमा तनाव र तरंग बढेको छ। पार्टीका नेताहरूले पत्रकार सम्मेलनमा यो विषयमा थप स्पष्टीकरण दिने तयारी गरेका छन्।


भक्तपुर महोत्सव आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्ने लाइफलाइन : कविदास

 न्युज डेस्क

भक्तपुर । भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष कविदास श्रेष्ठले ‘भक्तपुर सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव’ आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्ने लाइफलाइन भएको बताएका छन् । मङ्गलबार नेपाल प्रेस सोसाइटीसँगको साक्षात्कार कार्यक्रमका बोल्दै अध्यक्ष श्रेष्ठले भने, “महोत्सव भक्तपुरको आर्थिक गतिविधि सशक्त बनाउने र आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्ने एउटा लाइफलाइन साबित हुनेछ, महोत्सवको उद्देश्य आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्नुका साथै भक्तपुरको व्यापारिक गतिशीलतालाई बलियो बनाउनु हो। ” अध्यक्ष श्रेष्ठले भने। उनले भक्तपुरजस्तो ऐतिहासिक तथा सांस्कृतिक सम्पदाले भरिएको सहरमा एउटा स्थायी प्रदर्शनी स्थलको खाँचो रहेको र यसले थप पर्यटक भित्र्याउन मद्दत गर्ने पनि बताए। महोत्सवमा

मुख्य समाचार  संग सबंधीत छ |

बुढानिलकण्ठमा ह्याम्स अस्पतालद्वारा निशुल्क बाल स्वास्थ्य शिविर

 न्युज डेस्क

काठमाडौं | ह्याम्स अस्पताल काठमाडौंको नेतृत्वमा, बुढानिलकण्ठ नगरपालिकाको सहकार्यमा, २०८१ भदौ २९ गते, शनिबार, राष्ट्रिय बाल दिवसको अवसरमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। नगरपालिकाका बालबालिकाहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै आयोजित यस शिविरमा १४० भन्दा बढी बालबालिकाहरूले विभिन्न स्वास्थ्य जाँच र उपचार सेवाहरू प्राप्त गरेका छन्। स्वास्थ्य शिविरमा ह्याम्स अस्पतालका विशेषज्ञ चिकित्सकहरूको टोलीले बालबालिकाहरूलाई निशुल्क स्वास्थ्य जाँच गरेका थिए। शिविरमा डा. प्रोपर्टी भण्डारी, डा. सुमन चौलागाईं (नाक, कान, घाँटी रोग विशेषज्ञ), डा. रुक्मा आचार्य (बाल रोग विशेषज्ञ), डा. अर्चना पोखरेल (आँखा रोग विशेषज्ञ) र डा. सबिका महर्जन (दन्त रोग विशेषज्ञ) सहितको

मुख्य समाचार, राष्ट्रिय, स्वास्थ्य  संग सबंधीत छ |

रवि लामिछाने दोषी ठहर: गोर्खा मिडिया नेटवर्कमार्फत करोडौँ सहकारी रकम अपचलनको आरोप

 न्युज डेस्क

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारीबाट आएको करोडौँ रकम अपचलनको आरोपमा दोषी ठहर भएका छन्। सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले लामिछानेलाई दोषी ठहर गरेको छ। समितिले सहकारीमा प्रत्यक्ष रूपमा लामिछानेको संलग्नता नदेखिए पनि गोर्खा मिडिया नेटवर्कमार्फत अपचलनमा उनको भूमिका रहेको ठहर गरेको हो। सहकारीमा बचत रकमको अपचलनमा उनको प्रत्यक्ष संलग्नता प्रमाणित नभए पनि सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा गएको रकममा रवि लामिछाने दोषी रहेको समितिको प्रतिवेदनले पुष्टि गरेको छ। अनुसन्धानका क्रममा करोडौँ रकम गोर्खा मिडियामा स्थानान्तरण भएको देखिएको र त्यसमा लामिछानेको भूमिका स्पष्ट भएको समितिले

मुख्य समाचार, राष्ट्रिय, समाचार  संग सबंधीत छ |

मेमोरी किङ्ग अर्पण शर्मा अन्तराष्ट्रिय स्तरको ‘सर्टिफिकेट अफ अनर’ द्वारा सम्मानित

 न्युज डेस्क

काठमाडौं। ‘मेमोरी किङ’ अर्पण शर्माले इंग्ल्यान्डको ग्लोबल बुक अफ एक्सिलेन्सबाट सम्मान स्वरूप सर्टिफिकेट अफ अनर प्राप्त गरेका छन्। स्मरणशक्ति प्रशिक्षणमा पुर्‍याएको योगदानको कदर गर्दै, ग्लोबल बुक अफ एक्सिलेन्सले उनलाई काठमाडौँमा आयोजित एक कार्यक्रममा यो अवार्ड प्रदान गरेको हो। यो सम्मानपत्रमा यूकेका अध्यक्ष म्यानुअल एन्टोनियो र भारतका अध्यक्ष मनीष कुमारको हस्ताक्षर रहेको छ। बेलायतको ग्लोबल बुक अफ एक्सिलेन्सले समाजमा महत्वपूर्ण योगदान दिने व्यक्तिहरूलाई सम्मान गर्दै आएको छ। अर्पण शर्मालाई यो अवार्ड प्रदान गर्नुले उनको कडा परिश्रम र समर्पणलाई अन्तर्राष्ट्रिय स्तरमा उच्च सम्मान दिएको हो। उक्त संस्थाले शर्माको शिक्षणले मानिसहरूलाई सकारात्मक प्रभाव

मुख्य समाचार  संग सबंधीत छ |

३७औँ विश्व ओजोन दिवसको अवसरमा त्रिभुवन विश्वविद्यालयमा “ओजोनको लागि जीवन” विषयक कार्यशाला सम्पन्न

 न्युज डेस्क

काठमाडौ, १६ सेप्टेम्बर २०२४ — ३७औँ विश्व ओजोन दिवसको अवसरमा त्रिभुवन विश्वविद्यालयको केन्द्रीय जलविज्ञान तथा मौसम विज्ञान विभाग (CDHM) र अन्तर्राष्ट्रिय विश्वविद्यालय जलवायु गठबन्धन (IUCA)को सहकार्यमा “ओजोनको लागि जीवन: शैक्षिक क्षेत्र, व्यवसायिक तथा नीति-निर्माताहरूको भूमिका” शीर्षकमा आधा-दिनको कार्यशाला सफलतापूर्वक सम्पन्न भयो। कार्यक्रममा विज्ञान तथा प्रविधि संस्थान (IoST)का डीन प्रा. डा. बिनिल अर्याल, विज्ञान र प्रविधि मन्त्रालयका सचिव बिष्णु बाबु पुडासैनी, इन्जिनियरिङ संस्थान (IoE)का प्राध्यापक प्रा. डा. खेम पौडेल, र आइसीमोडका वरिष्ठ वैज्ञानिक डा. भुपेश अधिकारीलगायतका प्रतिष्ठित वक्ताहरूले छलफल गरे। उक्त कार्यशालामा वक्ताहरूले ओजोन तह संरक्षणमा शैक्षिक क्षेत्र, व्यवसायिक र नीति-निर्माताबीचको

मुख्य समाचार, राष्ट्रिय, समाचार  संग सबंधीत छ |

प्रधानन्यायाधीशमा राउत सिफारिस

 न्युज डेस्क

काठमाडौं । संवैधानिक परिषद्को आजको बैठकले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश प्रकाशमान सिंह राउतलाई भावी प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको संवैधानिक परिषद्को बैठकले भावी प्रधानन्यायाधीशमा राउतलाई सिफारिस गर्ने निर्णय गरेको उपसभामुख इन्दिरा राना मगरले जानकारी दिइन् । सर्वोच्च अदालतका वर्तमान प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको आगामी असोज १९ गते पदावधि सकिँदैछ । न्याय परिषद्ले रिक्त प्रधानन्यायाधीश पदमा वरिष्ठतम् न्यायाधीशमध्येबाट नाम सिफारिस गरेर संवैधानिक परिषद्मा पठाएको थियो । आज सिफारिस भावी प्रधानन्यायाधीश राउतलाई सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिमा सुनुवाइ भएर अनुमोदन गरेपछि राष्ट्रपति नियुक्ति गर्ने

उज्यालो समाचार, मुख्य समाचार, राष्ट्रिय, समाचार  संग सबंधीत छ |

उज्यालो समाचार

वीरगन्जको कृषि औजार कारखाना महावीर पुनको मात्र नभई हामी सबै नेपालीको हो : विद्यार्थी प्रनव अर्याल

अरनिको राजमार्गमा पर्ने साँगा–धुलिखेल सडकखण्डको काम ,बर्षाको कारण रोकियो ।

मलेशियालाई ९ विकेटले हराउँदै ,नेपाल ’यू–१६ इस्ट जोन कप’ को फाइनलमा ।

देशभर वर्षा र चट्याङ : को–को क्षेत्र छ,उच्च जोखिममा?

करेन्ट लाग्दा एकै परिवारका ३ जना घाइते, एक वर्षीया शिशु समेत अस्पतालमा