न्युज डेस्क
गोरखा मिडियामा सहकारीहरुबाट रकम ल्याउने सम्पूर्ण प्रक्रियामा रास्वपा सभापति लामिछानेको संलग्नता नरहेको पुष्टि
न्युज डेस्क

काठमाडौँ । सहकारीको रकम अपचलनबारे छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले सहकारीको रकम ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वमन्त्री रवि लामिछाने संलग्न नरहेको प्रतिवेदन तयार गरेको छ । सोमबार समितिको तर्फबाट सभापति सूर्यबहादुर थापाले संसदमा यो सम्बन्धि प्रतिवेदन पेश गरेका छन् । उक्त प्रतिवेदनमा विभिन्न सहकारीहरुबाट ६५ हरोड रुपैयाँ हाराहारी रकम गोरखा मिडिया नेटवर्क प्रालीमा गैह्र कानुनी ढंगबाट गएको तर सो रकम गोरखा मिडियामा आउने प्रक्रियामा रवि लामिछाने संलग्नता पुष्टी हुने कुनै प्रमाण नभेटिएको उल्लेख छ । सहकारीको रकम नेटवर्कमा आइसकेपछि भने त्यस कम्पनीको प्रबन्ध निर्देशकको रुपमा परिचालन