न्युज डेस्क
तीन वर्षपछि सत्तामा फर्किए ओली,सोमबार शपथ ग्रहण
न्युज डेस्क

काठमाडौं । संसद्को तेस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पालैपालो काँध थापेर १८ महिनासम्म सत्ताको साँचो दिएका नेपाली कांग्रेस र नेकपा (एमाले) ले आफ्नै सरकार गठन गरेका छन् । बाँकी संसद्को कार्यकाल आधा-आधा सरकारको नेतृत्व गर्ने सहमति गरेका उनीहरूले पहिलो अवसर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दिएका छन् । प्रतिनिधि सभाको दुईवटा प्रमुख दल कांग्रेस र एमालेका सांसदको समर्थनमा संविधानको धारा ७६(२) अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरिसकेका छन् भवने सोमबार शपथ ग्रहण गर्नेछन् । यसअघि ओली २४ असोज २०७२ मा