तनहुँ मा डा.स्वर्णिम वाग्लेको अग्रता कायमै
न्युज डेस्क

तनहुँ १ उप निर्वाचन क्षेत्रमा रा.स्वपाका उमेद्वार डा.स्वर्णिम वाग्लेको अग्रता कायम रहेको छ कुल मत सङ्ख्या २४८४९५ रहेकोमा हाल सम्म १८०६५ मत गणना गर्दा डा.स्वर्णिम वाग्लेले १०२५५ मतका साथ अग्रता लिइ रहेका छन् भने उनका प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका उमेदवार गोविन्द भट्टराईले ५०१० र नेकपा एमालेका उमेदवार सर्वेन्द्र खनालले २८०० भोत प्राप्त गरेका छ्न डा.स्वर्णिम वाग्लेका कट्टर प्रतिद्वन्द्वी गोविन्द भट्टराई ५२४५ मत सङ्ख्याले पछि छन् |
भित्री वस्त्र नधुएको कारण कार्यलय सहयोगी निलम्बन
न्युज डेस्क

 खोटाङ- कार्य सम्पादनमाथि चित्त नबुझेको आरोप लगाउँदै डा. मेहताले कार्यालय सहयोगी दुर्गाप्रसाद आचार्यलाई सेवाबाट हटाएका हुन्। कार्यालय प्रमुख बनेर आए लगत्तै करारका ल्याब असिस्टेन्ट उर्मिला बस्नेत र पुरुष थेरापी नवीन आचार्यलाई हटाएका मेहताले कार्यालय सहयोगी आचार्यलाई पनि हटाएका हुन्। २०७१ असोज १७ गते करारमा कार्यालय सहयोगीको नियुक्ती पाएका आचार्यलाई डा. मेहताले गत माघ १ गतेदेखि हाजिर गर्न दिएका छैनन्। सेवाबाट हटाइएपछि आर्थिक रुपमा विपन्न आचार्यको रुवाबासी सुरु भएको छ। मेहताले पटक–पटक कार्यालय नआउन दबाब दिँदै आएको आचार्यले गुनासो गरे। तर, आचार्य दैनिक कार्यालयमा पुगेर आफ्नो काम गरिरहेका छन्। कार्यालय