एक शिक्षकको ज्यान गयो, नौबुँदेमा हस्ताक्षर भयो, बाँकीले रमाइलो पाए

 न्युज डेस्क

काठमाडौं – “शिक्षक आन्दोलन सकियो!” भन्ने खबर सुन्नासाथ धेरैले राहतको सास फेरे। तर राहतको त्यो सासमा लुकेको थियो एक शिक्षकको मृत्यु, एक पत्रकारको आँखाको क्षति, र हजारौं विद्यार्थीको समयको बलिदान। आन्दोलनले देशभरको ध्यान खिच्यो, शिक्षामा सुधारको आवाज उठायो, तर अन्त्यमा के प्राप्त भयो? न विधेयक, न ठोस नीति। प्राप्त भयो त केवल सरकारसँग गरिएको नौबुँदे सहमति— जुन कागजमा त छ, तर कार्यान्वयनको ग्यारेन्टी छैन। यस आन्दोलनमा सहभागी भएका शिक्षकहरूले सडक ओगटेका थिए। उनीहरूले आँसु बगाए, चिच्याए, बोले— “शिक्षामा राजनीति हटाऊ!” तर आन्दोलनको अन्त्यमा थोरैले सेल्फी खिचे, चिया खाए, काठमाडौंबाट घर

समाचार  संग सबंधीत छ |

पृथ्वीनारायण क्याम्पसप्रति गरिमाहीन टिप्पणीप्रति स्वतन्त्र विद्यार्थी युनियनको आपत्ति, क्षमायाचनासहित कडा चेतावनी

 न्युज डेस्क

पोखरा, वैशाख १७, २०८२:कास्की जिल्लामा चिकित्सकहरूले थालेको आन्दोलन नियन्त्रणका क्रममा जिल्ला प्रशासन कार्यालयअन्तर्गत एक प्रहरी अधिकृतद्वारा दिइएको अभिव्यक्तिलाई लिएर स्वतन्त्र विद्यार्थी युनियन, पृथ्वीनारायण क्याम्पस, पोखराले कडा आपत्ति जनाएको छ। “पृथ्वीनारायण क्याम्पसमा पढेको विद्यार्थी जस्तो कुरा नगर्नु” भन्ने भनाइप्रति युनियनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। उक्त टिप्पणीले देशभरबाट आएका हजारौं विद्यार्थी, प्राध्यापक, कर्मचारी र शिक्षाप्रेमीहरूको भावनामा चोट पुर्‍याएको भन्दै युनियनले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरेको हो। स्ववियुका अध्यक्ष विष्णु पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा शान्तिपूर्ण आन्दोलनलाई समर्थन गर्दै त्यस्ता गरिमाविहीन अभिव्यक्ति स्वीकार्य नहुने स्पष्ट गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “देशका सबै क्षेत्रका

समाचार  संग सबंधीत छ |

लोकप्रिय कलाकार मदनकृष्ण श्रेष्ठको जन्मदिन फरक-फरक मितिमा मनाइँदै, तर वास्तविक जन्म मिति कहिले हो?

 न्युज डेस्क

काठमाडौं, वैशाख १८ – नेपाली हास्यकलाका महान कलाकार मदनकृष्ण श्रेष्ठको जन्मदिन पछिल्ला केही वर्षयता फरक–फरक मितिमा मनाइँदै आएको देखिएको छ। सामाजिक सञ्जालमा उनका प्रशंसक, पत्रकार, विभिन्न कलाकार र संस्थाहरूले उनलाई जन्मदिनको शुभकामना दिने क्रम बढिरहेको छ, तर ती शुभकामनाहरू हरेक वर्ष फरक फरक मितिमा देखिन्छन्। सन् २०२२ मा अप्रिल २० (वि.सं. २०७९/०१/०७), सन् २०२३ मा अप्रिल २३ (वि.सं. २०८०/०१/१०), सन् २०२४ मा मे १० (वि.सं. २०८१/०१/२८) र सन् २०२५ मा अप्रिल ३० (वि.सं. २०८२/०१/१७) मा जन्मदिन मनाइएको भेटिएको छ। यी सबै मितिहरू फरक भए पनि, समानता यो छ कि सबैजसो

समाचार  संग सबंधीत छ |

विश्व मजदुर दिवस २०२५ को अवसरमा शुभकामना व्यक्त गर्दै विभिन्न कार्यक्रम सम्पन्न २०७९ सालदेखि बढ्दो रूपमा मजदुर अधिकारका सवालमा जनचेतना वृद्धि

 न्युज डेस्क

काठमाडौं, वैशाख १८ – आज मे १ अर्थात् विश्व मजदुर दिवस २०२५ को अवसरमा नेपालभर विभिन्न संघसंस्थाहरू, ट्रेड युनियनहरू र मजदुर अधिकारकर्मीहरूले विविध कार्यक्रम आयोजना गरी मजदुर वर्गप्रति सम्मान व्यक्त गरेका छन्। देशभरका मुख्य सहरहरूमा र्‍याली, सभा र सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरिएको छ। काठमाडौंको भृकुटीमण्डपमा आयोजित मूल समारोहमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीले सबै श्रमिकहरूलाई शुभकामना दिँदै सरकार मजदुरहरूको हितमा काम गर्न प्रतिवद्ध रहेको बताए। नेपाल ट्रेड युनियन महासंघ (GEFONT), नेपाल मजदुर किसान पार्टी, नेपाल राष्ट्रिय कर्मचारी संगठन लगायतका संस्थाहरूले संयुक्त विज्ञप्तिमार्फत न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षाको प्रत्याभूति र सुरक्षित कार्यस्थलको

समाचार  संग सबंधीत छ |

नदी किनार उकासेर सडक विस्तार : मुग्लिन–पोखरा मार्गमा तीव्र गतिमा काम

 न्युज डेस्क

तनहुँ, वैशाख १८ – मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित विमलनगर क्षेत्रमा तीव्र गतिमा सडक विस्तार कार्य भइरहेको छ। विस्तार कार्यअन्तर्गत यहाँ मर्स्याङ्दी नदीको किनारलाई उचालेर सडक चौडाइको काम अघि बढाइएको छ। एकातर्फ ठूला चट्टान र अर्कोतर्फ नदी रहेकाले चुनौतीपूर्ण अवस्थामा निर्माण कार्य जारी रहेको छ। निर्माण कम्पनीले नदी किनारतर्फको भूभागलाई भरिई सतह माथि उठाउँदै डबल लेन सडक तयार गरिरहेको छ। स्थानीय तहका अनुसार, सडक चौडाइसँगै यस क्षेत्रमा सवारी आवागमन थप सहज हुने छ भने पर्यटकीय दृष्टिले पनि क्षेत्रको महत्त्व बढ्ने अपेक्षा गरिएको छ। यस क्षेत्रको सडक विस्तार

समाचार  संग सबंधीत छ |

नेपालकै कान्छा स्ववियु सभापति बने ऐश्वर्या बहुमुखी क्याम्पस, धनगढीका दीपकराज भट्ट

 न्युज डेस्क

धनगढी, कैलाली — स्ववियु निर्वाचन २०८१ मा देशकै सबैभन्दा कान्छा सभापति बन्ने गौरव ऐश्वर्या बहुमुखी क्याम्पस, धनगढीका दीपकराज भट्टले प्राप्त गरेका छन्। २०६२ सालको भाद्र महिनामा जन्मिएका भट्टले कम उमेरमै नेतृत्व क्षमता देखाउँदै स्ववियु सभापति पदमा विजयी हुँदै कीर्तिमान कायम गरेका हुन्। उक्त निर्वाचनमा प्रतिस्पर्धा गर्दै भट्टले व्यापक मतान्तरसहित जित हासिल गरेका छन्। विद्यार्थी हित, शिक्षाको गुणस्तर सुधार, पारदर्शी प्रशासन र क्याम्पसको समग्र विकासका मुद्दालाई प्राथमिकतामा राखेर उनले चुनावी अभियान सञ्चालन गरेका थिए। क्याम्पसमा नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै आएका भट्टले अबका दिनहरूमा विद्यार्थीहरूको हकअधिकार सुनिश्चित गर्न र शैक्षिक तथा भौतिक

समाचार  संग सबंधीत छ |

पूर्व राजा ज्ञानेन्द्र शाहलाई अनौपचारिक नजरबन्दीमा राखिएको छ

 न्युज डेस्क

पूर्व राजा ज्ञानेन्द्र शाहलाई नेपालमा शान्ति र सुरक्षा बिगार्ने आरोपमा सरकारद्वारा अनौपचारिक नजरबन्दीमा राखिएको छ। शुक्रबार रातिबाट सुरक्षा बलहरूले उनका निवास वरिपरि गस्ती बढाएका छन् र उनलाई बाहिर जान रोकिएका छन्। साथै, आगन्तुकहरूको निगरानी पनि कडा गरिएको छ। सरकारले उनको पासपोर्ट रद्द गर्ने प्रक्रिया सुरु गरेको छ, जसका कारण उनले अन्तर्राष्ट्रिय यात्रा गर्न कठिनाई भोग्नेछन्। यस कदमको कारण भनेको प्रजातन्त्र दिवसको पूर्व सन्देशपछि राजा शाहका समर्थकहरूले नवराज सुवेदी र दुर्गा प्रसाईं जस्ता नेताहरूको नेतृत्वमा गरेका हिंसात्मक विरोध प्रदर्शनहरू हुन्। ती विरोधहरूका कारण ठूलो अशान्ति फैलिएको थियो र दुई जनाको ज्यान

समाचार  संग सबंधीत छ |

पूर्वराजा ज्ञानेन्द्रलाई गरिएको जरिवानाविरुद्ध जनस्तरबाट आर्थिक संकलन जारी , काठमाडौंमा झडप र एक पत्रकारको मृत्यु

 न्युज डेस्क

काठमाडौं, चैत १७ – काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेपछि उनका समर्थकहरूले जनस्तरबाटै रकम संकलन अभियान सुरु गरेका छन्। पूर्वराजाको पक्षमा खुलेर समर्थन जनाउँदै सर्वसाधारणले स्वेच्छिक रूपमा रकम जुटाइरहेका छन्। यसबीच, काठमाडौंका विभिन्न स्थानमा तनावपूर्ण अवस्था सिर्जना भएको छ, जसमा तीनकुने क्षेत्रमा झडप हुँदा एक निर्दोष युवक गोली लागेर घाइते भएका छन्। त्यस्तै, आगजनीका कारण Vaenues Television का पत्रकार सुरेश रायकको मृत्यु भएको छ। पूर्वराजाका समर्थकहरूले जरिवानाविरुद्ध राजधानीका विभिन्न स्थानमा विरोध जनाइरहेका छन्। जनस्तरबाट रकम संकलनकै बीचमा तीनकुने क्षेत्रमा हिंसात्मक घटना भएको

समाचार  संग सबंधीत छ |

उज्यालो समाचार

विद्यालय शिक्षा विधेयकमा तीव्र छलफल: असार १५ मै संसदमा पेस गर्ने तयारी ।

६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला लाई,२ लाख रुपैयाँ धरौटीमा,छाड्न आदेश ।

रास्वपा र राप्रपाका सांसदहरूले आज पनि प्रतिनिधिसभा बैठक बहिस्कार गरे ।

काठमाडौंको धुम्बाराहीमा अनियन्त्रित यात्रुवाहक बस नालीमा खस्यो, एक जना घाइते ।

आज पाँच प्रदेशमा ,भारी वर्षाको सम्भावना ।