क्यासेट विवादमा ओलीको कडा प्रतिक्रिया : ‘सरकारले सत्य बाहिर ल्याउनुपर्छ’

 Bipin Dhungana

भक्तपुर-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीले नेताहरुविरुद्ध बोलेको सुनिने क्यासेटबारे जवाफ माग गरेका छन् । शनिबार राजधानीमा आयोजित कार्यक्रममा ओलीले ‘कस्तो कस्तो मान्छेलाई विगतमा प्रधानन्यायाधीश र अहिले प्रधानमन्त्री बनेछन्‌’ भन्दै आक्रोश पोखे । ‘दुर्गा प्रसाईंको अरू के हो म जान्दिनँ । उनले निकालेको क्यासेटको सम्बन्धमा नेपाली जनतालाई सरकारले बताउनुपर्छ’, उनले भने, ‘प्रधानमन्त्रीले त्यो क्यासेट के हो बताउनुपर्छ ?’ जेनजी आन्दोलनकै बेला हेलिकप्टर उडेको देखिएकै बेला उक्त क्यासेटमा प्रधानमन्त्री कार्कीको गैरजिम्मेवार अभिव्यक्ति सुनिएको उनको भनाइ छ । उनले भने, ‘सेनाले नेताहरूलाई बचायो भन्दा किन बचाउने भन्ने पूर्वप्रधानन्यायाधीश र

उज्यालो समाचार, मुख्य समाचार, राजनिती, शिक्षा, समाचार  संग सबंधीत छ |

एनपीएलमा मार्क वाटको ऐतिहासिक प्रदर्शन, कर्णालीको पहिलो जीत दर्ता

 Bipin Dhungana

भक्तपुर- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई हराएको छ । लुम्बिनीले दिएको १ सय ५७ रनको लक्ष्य पछ्याएको कर्णालीले १२ ओभर २ बलमा १ विकेट गुमाएर भेटायो ।कर्णालीका मार्क वाटले शतक बनाए । उनले ४४ बलमा अविजित १ सय १४ रन बनाए । यस्तै विलियम बोसिस्टोले अविजित २९ रन बनाए । लुम्बिनीका शेर मल्लले १ विकेट लिए । त्यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङ गरेको लुम्बिनीले ८ विकेट गुमाएर १ सय ५६ रन बनायो । लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले ४९ रुबेन ट्रम्पेलम्यानले अविजित २९ र

उज्यालो समाचार, खेलकुद, मुख्य समाचार  संग सबंधीत छ |

भोज विवादमा प्रहरीबाटै वडाध्यक्षको हत्या, प्रहरी जवान पक्राउ ।

 Bipin Dhungana

धनुषाको मिथिला बिहारी नगरपालिका–९ का अध्यक्ष विन्देश्वर यादवको हत्या आरोपमा प्रहरी जवान शम्भु यादव पक्राउ परेका छन्। भोज खाने विषयमा विवाद हुँदा प्रहरी जवान यादवले वडाध्यक्ष यादवमाथि गोली प्रहार गरेको प्रहरी नायब उपरीक्षक गणेश बमले बताए। उक्त घटनामा केही व्यक्ति घाइतेसमेत भएका प्रहरीको भनाइ छ। घाइतेहरूको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ। मृतक यादवको शव परीक्षणका लागि अस्पतामा ल्याइएको छ। गोली प्रहार गर्ने यादव धनुषा प्रहरीमा कार्यरत रहेको प्रहरीको भनाइ छ। प्रहरी नायब उपरीक्षक गणेश बमले घटनाबारे अनुसन्धान सुरु भएको जानकारी दिए।


राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सन्तोष परियारले पार्टी छाडे, नयाँ अभियान घोषणा ।

 Bipin Dhungana

भक्तपुर-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सन्तोष परियारले पार्टी छाडेका छन् ।पार्टीबाट राजीनामा दिएर छुट्टै अभियान सुरु गर्न लागेको परियारले बताए ।उनी विघटित प्रतिनिधिसभामा पार्टीको प्रमुख सचेतक थिए ।उनले पार्टीको सदस्यबाट दिएको राजीनामा पत्र पार्टीका कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कविन्द्र बुर्लाकोटीलाई बुझाएका छन् ।निरन्तर पार्टीमा विचारको बहस गरिरहँदा पनि त्यसलाई स्थापित गर्न नसकेको भन्दै उनले त्यसलाई आफ्नो कमजोरकोरूपमा लिएको बताएका छन् । साथै नेपाली समाजको बनावट र चरित्र अनुसारको पार्टीको विचार निर्माण गर्न नसकेकोमा पनि आफू दुःखी रहेको उनले बताएका छन् । ‘बद्लिँदो परिस्थितिलाई आत्मसात् गर्दै यस ऐतिहासिक

उज्यालो समाचार, मुख्य समाचार, राजनिती, समाचार, समाज  संग सबंधीत छ |

काडामाण्डौमा ‘वडा अध्यक्ष कप’ भलिबल प्रतियोगिता आजदेखी सुरु ।।

 Bipin Dhungana

तिर्थ नेपाली —डोटी, असोज १८ डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिका–५ काडामाण्डौमा दीपावलीको अवसरमा आयोजित ‘वडा अध्यक्ष कप भलिबल प्रतियोगिता’ शनिबारदेखि सुरु भएको छ। “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने मूल नारासहित सुरु भएको प्रतियोगिता असोज २० गतेसम्म सञ्चालन हुनेछ। कार्यक्रमका प्रमुख अतिथि तथा पूर्वीचौकी गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्यायले उद्घाटन गर्दै खेलकुद क्षेत्रको विकासमा आफुले गरेको प्रयासबारे जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “जननिर्वाचित भएपछि मैले भलिबल प्रशिक्षक नियुक्त गरेर खेलाडीको विकासमा टेवा पुर्‍याएको छु। खेलमैदान निर्माण गर्न चाहन्छौं, तर आवश्यक जग्गा अभाव छ।” उद्घाटन कार्यक्रममा वडा अध्यक्ष तथा कार्यक्रमका सभापति खड्कबहादुर साउद,

उज्यालो समाचार, मनोरंजन, मुख्य समाचार, समाचार, समाज  संग सबंधीत छ |

आजदेखि देशभर ‘रुट परमिट’ खुला, टिकट भने अनिवार्य ।

 Bipin Dhungana

भक्तपुर-यात्रुवाहक सार्वजनिक सवारी साधनमा सोमबारदेखि रुट परमिट अनुमति खुला भएको छ । देशभरको सार्वजनिक यातायातलाई चाडपर्वको बेलामा सहज ढङ्गले सञ्चालन गर्नका लागि आजदेखि देशभर रुट परमिट खुला गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिनुभयो । रुट परमिट खुला गरेसँगै अब रुट नलिइन सार्वजनिक यातायात गन्तव्यस्थलसम्म जान पाउनेछन् । कुनै बाटोको विशेष प्रकृतिका कारण सो बाटोमा चल्न निषेध गरिएका आकार प्रकारका सार्वजनिक सवारी साधनलाई भने सो बन्देज कायमै राखिने भएको छ । रुट परमिट खुला आगामी असोज २२ गतेसम्म कायम रहने अध्यक्ष स्वाँरले बताउनुभयो । सार्वजनिक सवारी

अर्थ, उज्यालो समाचार, मुख्य समाचार, राष्ट्रिय, शिक्षा, समाचार, समाज  संग सबंधीत छ |

“नेपालको भविष्य: सक्रिय, जिम्मेवार र जागरूक नागरिकमा”

 Bipin Dhungana

तिर्थ नेपालि काठमाण्डौ नेपालमै जन्मियो, नेपालमै हुर्कियो, यही माटोले हामीलाई परिचय दिलायो। यही माटोले परिवर्तनका लागि सडकदेखि संसदसम्म खबरदारी गर्न सिकायो। दशकौँको संघर्षपछि हाम्रो मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो। २०६२–६३ कोजनआन्दोलनको आधारमा गठन भएको संविधानसभाले २०६५ जेठ १५ गते मुलुकलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्‍यो। गणतन्त्र स्थापना गर्न लागिएको आन्दोलनमा जीवन उत्सर्ग गर्ने सम्पूर्ण शहीदहरूप्रति हाम्रो सदैव सम्मान र श्रद्धा कायम छ। उनीहरूको बलिदानबिनाको लोकतन्त्र अधुरो रहन्थ्यो। राष्ट्र भएमा मात्रै नागरिक रहन्छ। तर राज्यका अभिभावकहरूले शोषण, उत्पीडन र दमन निरन्तर गर्दै आएका छन्। संघीय लोकतान्त्रिक शासन प्रणाली भए पनि

उज्यालो समाचार, ब्लग, राष्ट्रिय, व्यक्तित्व, समाज  संग सबंधीत छ |

आज संविधान दिवस तथा राष्ट्रिय दिवस देशभर मनाइँदै ।

 Bipin Dhungana

भक्तपुर -आज संविधान दिवस तथा राष्ट्रिय दिवस देशभर मनाइँदैछ । संविधानसभाबाट (नेपालको संविधान, २०७२ साल असोज ३ गते आजकै दिन घोषणा भएको थियो । वि.सं २०७२ साल असोज ३ गते तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले संविधान जारी भएको घोषणा गर्नुभएको थियो । वर्तमान संविधान घोषणाको एक दशक पुरा भएको छ । संविधान दिवस–२०८२ लाई आज विभिन्न कार्यक्रम गरी देशभर मनाइँदैछ । सरकारले देशको परिवर्तीत राजनीतिक उपलब्धिको संरक्षण गर्ने मूल कानुन ‘संविधान’ जारी भएको दिनलाई देशव्यापी रुपमा मनाउन आह्वान गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा आज बिहान सैनिक मञ्च,

अर्थ, उज्यालो समाचार, मनोरंजन, मुख्य समाचार, राष्ट्रिय, समाचार, सम्पदा संस्कृति  संग सबंधीत छ |

उज्यालो समाचार

विमानस्थलमा ८ अर्ब भ्रष्टाचार : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा

नाइट क्लबमा आगलागी, कम्तीमा २३ जनाको मृत्यु

दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्पको धक्का

धादिङमा ७ सवारी ठोक्किँदा ३५ जना घाइते, अधिकांश विद्यार्थी

हेटौंडामा सडक विस्तार तीव्र : घर,पसल खाली गर्दै स्थानीय ।