आज “व्रत, पूजा र नाच–गानको पर्व तीज, दिदीबहिनीको एकता र उल्लासको दिन”।
Bipin Dhungana
भक्तपुर-आज भाद्र शुक्ल तृतीयाका दिन सनातन धर्मावलम्बी महिलाले उमामहेश्वरको व्रत र पूजा–आराधना गर्दै हरितालिका तीज पर्व मनाइरहेका छन्। परम्पराअनुसार बिहान सबेरै उठी स्नान गरी दिनभर व्रत बस्ने र साँझ उमामहेश्वरको पूजा–कथा श्रवण गर्ने चलन छ। सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले निराहार व्रत बसी कठिन तपस्या गरेर महादेवलाई पति पाएको धार्मिक सन्दर्भ यस पर्वसँग जोडिएको छ। त्यसैले विधिपूर्वक व्रत बस्दा मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ। धर्मशास्त्रीका अनुसार तीज व्रतका तीन किसिम छन् – निराहार, जलाहार र फलाहार। ‘सक्नेले निराहार, नसक्नेले जलाहार र त्यो पनि नसक्नेले फलाहार व्रत बस्न सक्ने’ उनले बताए। भोलिपल्ट
