थापाथली चोकमा सडक सुरक्षामै खटिएकी प्रहरीलाई सडकमै टेम्पोले दियो ठक्कर ।

 Bipin Dhungana

काठमाडौंको थापाथली चोकमा ड्युटीमा खटिएकी ट्राफिक प्रहरी जवानलाई टेम्पोले ठक्कर दिएको छ।बिहीबार बिहान ९ः४० बजे थापाथली चोकमा ड्युटीमा रहेकी ट्राफिक प्रहरी जवान वर्षा शाहलाई टेम्पोले ठक्कर दिएको हो।बा १ घ ४१८८ नम्बरको टेम्पोको ठक्करबाट घाइते भएकी प्रहरी जवान शाहलाई उपचारको लागि नर्भिक अस्पताल लगिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीले जानकारी दिए। प्रहरीले टेम्पो र चालक नम्फा लामालाई नियन्त्रणमा लिएको छ। चालक र टेम्पो ट्राफिक प्रहरी प्रभाग थापाथलीमा छन्।उनका अनुसार प्रहरी जवान शाहको बाहिरी चोट देखिएको छैन।‘बाहिरी चोट केही देखिएको छैन। भित्री चोट छ कि भनेर उपचार भइरहेको छ,’

मुख्य समाचार, समाचार, स्वास्थ्य  संग सबंधीत छ |

भ्रष्टाचार गरेको आरोपमा- कामपाका प्रमुख प्रशासकीय अधिकृतदेखि इन्जिनियरसम्म ७ जनामाथि भ्रष्टाचार मुद्दा

 Bipin Dhungana

भक्तपुर-काठमाडौँ महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।सामाखुसी कोरिडोरअन्तर्गत बसुन्धरादेखि म्हेपीसम्मको ढल निर्माणको ठेक्कासम्बन्धी खरिद प्रक्रियामा भ्रष्टाचार गरेको आरोपमा परियारसहित सात जना विरुद्ध विशेष अदालतमा आरोपपत्र दायर भएको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए। परियारसँगै रवीनमान श्रेष्ठ, शिवराज अधिकारी, वसन्त आचार्य, नमराज ढकाल, इन्जिनियर जनार्दन गिरी र सहायक निर्देशक उत्तम दाहालसमेतको संलग्नता रहेको अख्तियारले जनाएको छ। उनीहरुमाथि बदनियतपूर्वक मूल्याङ्कन प्रतिवेदन तयार गरी सार्वजनिक सम्पत्तिमा हानी नोक्सानी पुर्‍याएको, साथै अघिल्लो एक ठेक्कासम्बन्धी विवादलाई मनसायपूर्वक अपव्याख्या गरेर निर्माण व्यवसायीलाई अयोग्य ठहर गराएको आरोप छ।

अर्थ, मुख्य समाचार, समाज  संग सबंधीत छ |

“भारतबाट फर्किनेहरूमा कोरोना संक्रमण! सुदूरका चार नाकामा हेल्थ डेस्क फेरि सक्रिय : किट थोरै, चाप धेरै”

 Bipin Dhungana

भारतबाट फर्कने व्यक्तिहरूमा कोरोनाको सङ्क्रमण देखापर्न थालेपछि सुदूरपश्चिमका सीमा नाकामा रहेका ‘हेल्थ डेस्क’ मा स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको छ।भारतसँग सीमा जोडिएका प्रदेशका चारवटा क्षेत्रमा हेल्थ डेस्कमार्फत शङ्कास्पद बिरामीको ‘एन्टिजेन’ परीक्षणको व्यवस्था गरिएको सुदूरपश्चिम प्रदेश प्रादेशिक आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकारी हेमराज जोशीले जानकारी दिए। उनका अनुसार कञ्चनपुरको गड्डाचौकी, कैलालीको गौरीफण्टा, बैतडीको झुलाघाट र दार्चुलाको पुलघाट सीमा नाकामा रहेका हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीहरूले कोरोनाका शङ्कास्पद बिरामीको पहिचान गरी एन्टिजेन परीक्षणको कार्य गरिरहेका छन्। ‘कोरोना परीक्षणका लागि प्रयोग हुने किट चारवटै हेल्थ डेस्कमा पुर्याइ परीक्षण कार्य भइरहेको छ,’ जोशीले भने, ‘किटको

अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार, समाज, स्वास्थ्य  संग सबंधीत छ |

चितवनमा ३९ डिग्री तापक्रम! जनजीवन अस्तव्यस्त ‘‘हिट स्ट्रोक’बाट बिरामी पर्न थाले

 Bipin Dhungana

चितवनमा चर्को गर्मीका कारण जनजीवन प्रभावित बनेको छ। लगातार ३८–३९ डिग्री सेल्सियस तापक्रमले वृद्ध, बालबालिका र बाहिर काम गर्ने श्रमिकहरू बढी प्रभावित छन्। गर्मीका कारण केही स्थानीय तहले विद्यालय बन्द गरेका छन् भने दिउँसो सडक र बजार सुनसान देखिन्छ। भरतपुरको चौबिसकोठीमा मकै बेच्ने चन्द्रकुमारी पुनमगर भन्छिन्, “घाम र आगोको बीचमा दिन बित्छ, शरीर थाकेर गाह्रो हुन्छ। ग्राहक नै हराएजस्तो छन्।”अटो चालक खलबहादुर मगरको भोगाइ पनि उस्तै छः “सडकको रापले काम गर्नै सकिन्न, तर काम नगरी बस्न मिल्दैन।” यस्तै त्रिचोकतर्फ हिँडिरहेका भगवान् शाहीले भने, “गर्मीले समयमै काममा पुग्नै गाह्रो भएको छ।

उज्यालो समाचार, मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज, स्वास्थ्य  संग सबंधीत छ |

गृहमन्त्रीको राजीनामा आउँदैन, संसदीय समिति बनाउनेबारे छलफल जारीः सरकारका प्रवक्ता गुरुङ

 Bipin Dhungana

 सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रतिनिधि सभाको अवरुद्ध बैठक छिट्टै सुचारु हुने बताएका छन्।बुधवार मन्त्रिपरिषद्को बैठकपश्चात सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संसद आइतबार वा सोमबारसम्म सुचारु हुने आशा व्यक्त गरे। विपक्षी दलहरू भिजिट भिसा प्रकरणका कारण गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै संसद अवरुद्ध गर्दै आएका छन्। प्रवक्ता गुरुङले अख्तियारले एक जना कर्मचारीमाथि छानबिन थालेको भन्दै त्यो आधारमा गृहमन्त्रीको राजीनामा आवश्यक नरहेको स्पष्ट पारे। उनले भने, “एउटा कर्मचारीमाथि छानबिन हुँदा मन्त्रीले राजीनामा दिँदै जाने हो भने सरकार चल्नै सक्दैन।” उनका अनुसार संसदको अवरोध हटाउने विषयमा सत्ता पक्ष

मुख्य समाचार, राजनिती, राष्ट्रिय, समाचार  संग सबंधीत छ |

भक्तपुरमा पहिलोपटक ‘फिसटनेल एक्सपो २०८२’ — पानीमुनि टनेलमा रंगीचंगी माछा हेर्ने अवसर !

 Bipin Dhungana

भक्तपुर- जिल्लामा पहिलोपटक ‘फिसटनेल एक्सपो २०८२’ हुने भएको छ ।जेठ २९ देखि साउन १० सम्म आयोजना हुन लागेको ‘फिसटनेल एक्सपो २०८२’ मा सम्पूर्ण परिवारलाई लक्षित गरेर विभिन्न जलजीव अवलोकन र साहसिक खेलकुद प्रस्तुत गरिने आयोजक औद्योगिक शान्ति नेपाल संस्थाले उज्यालो समाचारलाई जानकारी दिएको छ । राधेराधे, भाटभाटिनी पछाडि रोयल थाइसँगैको चौरमा निःशुल्क प्रवेशमा हुन गईरहेको यस मेलामा पहिलोपटक सिंगापुर शैलीको एसी अण्डरवाटर टनेल विश्वभरका रंगीचंगी माछाहरू प्रत्यक्ष नियाल्न र सुनामी थ्री–सिक्स्टी भाइल पिङमा मज्जा लिन सकिनेछ । औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महत भन्छन्, “हामीले यो कार्यक्रममार्फत नेपाली दर्शकलाई

अर्थ, मनोरंजन, मुख्य समाचार, समाज, साहित्य  संग सबंधीत छ |

अन्तर्राष्ट्रिय खेल दिवस: खेल हो भविष्यको बिमा, खेलाडी हैन भने पनि खेल आवश्यक!

 Bipin Dhungana

‘हरेक दिन खेल रोजौँ’ भन्ने नाराका साथ आज बुधबार विश्वभर अन्तर्राष्ट्रिय खेल दिवस विविध कार्यक्रमसहित मनाइँदैछ। यस दिवसको सन्दर्भमा बालबालिकाको समग्र विकासका लागि खेललाई मेरुदण्डको रूपमा स्वीकार्दै यसलाई प्रवर्धन, संरक्षण र प्राथमिकता दिन सरोकारवाला निकायहरूमाथि जोड दिइएको छ। खेल केवल मनोरञ्जनको साधन मात्र होइन, सामाजिक समावेशीकरण, मानसिक स्वास्थ्य सुदृढीकरण र आपसी सम्बन्ध निर्माणको महत्वपूर्ण सेतु हो। विशेष गरी बालबालिकाका लागि खेलले नेतृत्व विकास, समस्या समाधान क्षमतामा वृद्धिदेखि समूहमा काम गर्ने सीपसम्मको आधार तयार पार्दछ। संयुक्त राष्ट्रसङ्घको बालअधिकारसम्बन्धी महासन्धिको अनुच्छेद ३१ ले खेललाई प्रत्येक बालबालिकाको आधारभूत अधिकारको रूपमा मान्यता दिएको छ।

अन्तर्राष्ट्रिय, खेलकुद, मुख्य समाचार, समाज, स्वास्थ्य  संग सबंधीत छ |

“गर्मीले थाकेका काठमाडौंवासीलाई साँझको वर्षाले दियो राहत”

 Bipin Dhungana

भक्तपुर-मंगलबार दिनभरि उखरमाउलो गर्मीले आक्रान्त बनेको काठमाडौं उपत्यकामा साँझपख परेको वर्षाले सर्वसाधारणलाई राहत दिएको छ। वर्षासँगै तापक्रममा गिरावट आएपछि मौसम शीतल बनेको छ।काठमाडौंको अधिकतम तापक्रम मंगलबार दिउँसो ३० डिग्री सेल्सियस पुगेको थियो। साँझपख परेको पानीले तापक्रम घटाएर २८ डिग्री सेल्सियसमा झारिदिएको मौसम विभागले जनाएको छ। जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि हल्का वर्षाको सम्भावना समेत देखाएको छ। केही समययता वर्षा नहुँदा उपत्यका, तराई–मधेसलगायत अधिकांश क्षेत्रमा तापक्रम बढेको छ। महाशाखाका मौसमविद् प्रतिमा मानन्धरले देशको पश्चिम र मध्य भू–भागमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको र कोशी प्रदेशका भू–भागमा मनसुनी वायु

अर्थ, मुख्य समाचार, शिक्षा, समाज, स्वास्थ्य  संग सबंधीत छ |

उज्यालो समाचार

४५ वर्ष पुरानो पुल भाँचिदा काभ्रे–भक्तपुर वैकल्पिक सडक ठप्प, राजधानी आवतजावत प्रभावित!

भक्तपुर फिस ‘टनेल एक्स्पोमा २० हजार भन्दा बढीले गरे अवलोकन – विध्यार्थीहरुलाई विशेष छुट ।

वीरगन्जको कृषि औजार कारखाना महावीर पुनको मात्र नभई हामी सबै नेपालीको हो : विद्यार्थी प्रनव अर्याल

अरनिको राजमार्गमा पर्ने साँगा–धुलिखेल सडकखण्डको काम ,बर्षाको कारण रोकियो ।

मलेशियालाई ९ विकेटले हराउँदै ,नेपाल ’यू–१६ इस्ट जोन कप’ को फाइनलमा ।