सन्दिप लामिछानेले पाए सफाइ : निर्दोश ठहर
न्युज डेस्क
![](https://www.ujyaalosamachar.com/wp-content/uploads/2024/05/IMG_3592-300x175.jpeg)
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै उनलाई निर्दोष ठहर गरेको हो ।
१०० रुपैयाँको नोटमा नयाँ नक्सा छाप्ने सरकारको निर्णय
न्युज डेस्क
![](https://www.ujyaalosamachar.com/wp-content/uploads/2024/05/IMG_3141-300x175.jpeg)
काठमाडौं । सरकारले नेपालमा हाल चलन चल्तीमा रहेको १०० रुपैयाँको नोटमा नयाँ नक्सा छाप्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । पुरानो नक्सा परिवर्तन गरेर नयाँ नक्सा राखेर डिजाइन परिवर्तन गर्न राष्ट्र बैंकलाई अनुमति दिने निर्णय गरेको जानकारी दिइन् । यसअघि पुरानो नक्सा भएको नोट रहेको थियो ।
आजदेखि पूर्वी सीमानाका बन्द
न्युज डेस्क
![](https://www.ujyaalosamachar.com/wp-content/uploads/2024/04/Kakarvitta_naka-1713887917-300x175.jpg)
झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका सीमानाका आज साँझ ६ बजेदेखि ७२ घण्टाका लागि बन्द गरिएका छन्। भारतमा यही वैशाख १४ गते हुने दोस्रो चरणको लोकसभा निर्वाचनका लागि भारतीय आग्रहमा नेपाली नाका बन्द गरिएका हुन्। बन्द अवधिमा सर्वसाधारण र सवारी साधनको आवतजावत निषेध हुने स्थानीय प्रशासनले जनाएको छ। झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले काँकडभिट्टा, भद्रपुर, टाघनडुब्बा र गौरीगञ्ज नाका उक्त अवधिमा बन्द रहने जानकारी दिए। आज साँझ ६ बजे बन्द भएका ती नाका वैशाख १४ गते साँझ ६ बजे खुल्ने भएका छन्। भारतमा लोकसभाको दोस्रो चरणको निर्वाचन पश्चिम बङ्गालको