सरकारी निकायले अनुगमन नगरेकै कारण सहकारीमा विकराल रुप आएको हो : अभियन्ता पाठक
न्युज डेस्क

भक्तपुर – भ्रस्टाचार विरोधी अभियन्ता हेम पाठकले सहकारी क्षेत्रमा देखा परेको विकराल समस्याको मुख्य कारण सरकारी निकायको लापरबाही रहेको बताएका छन्। नेपाल प्रेस सोसाइटीले सूर्यविनायकमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पाठकले भने, “सहकारी क्षेत्रमा देखिएको आर्थिक संकट दुई प्रमुख कारणले आएको हो। पहिलो, सरकारको सहकारी नीति र दोस्रो, सरकारी निकायको अनुगमनको अभाव।” उनले भने, “नेपाली जनताले विभिन्न माध्यमबाट जम्मा गरेको पैसा – चाहे त्यो मकै पोलेर, टमाटर बेचेर, दुध बेचेर वा अन्य व्यापार व्यवसायबाट आएको होस् – सबै सहकारीमा जम्मा गरियो। सरकारले सहकारी खोल्ने व्यक्तिको पृष्ठभूमि, क्रेडिट हिस्ट्रीजस्ता महत्त्वपूर्ण पक्षहरू